शुक्रबार, साउन १, २०८३

साफ च्याम्पियनसिप: रोकिएको खेल शुरु, नेपाल १-० ले पछाडी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बंगलादेशमा जारी १२ औं साफको नकाउट चरणको खेलमा नेपाल १-० ले पछि परेको छ। डि-बक्सको एक याड बाहिरबाट पाएको फ्रि-किकलाई माल्दिभ्सका अक्रम अब्दुल घानेले सुन्दर गोलमा परिणत गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका हुन्। 

उनले खेलको नौं मिनेटमा नै गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाए। सुरुवाती समय देखिनै माल्दिभ्समाथि नेपालले पमड जमाए पनि आफ्नै गल्तीका कारण गोल खान पुग्यो।

समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो। नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध २-१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो। तर दोस्रो खेलमा भुटानलाई ४–० ले पाखा लगाउँदै नेपाल सेमिफाइनल नजिक पुगेको थियो। 

समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्नैपर्ने अवस्थामा नेपाल २-० ले विजयी हुँदै समूह विजेता बन्न सफल रह्‍यो। 

माल्दिभ्स भने श्रीलंकासँग गोलरहित बराबरीमा खेले पछि प्रतियोगिताको नियमअनुसार टस गरेर समूह उपविजेता छान्ने निषकर्ष भयो। टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल रहयो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।