शनिबार, चैत १४, २०८२

ब्राजिलको जितमा नेयमारको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-ब्राजिलले म्यारील्यान्डमा भएको मैत्रीपूर्ण खेलमा एल साल्भाडोरलाई ५-० ले पराजित गरेको छ । ब्राजिलले राष्ट्रिय टोलीबाट पहिलो पटक सुरुवाती रोजाईमा खेलिरहेका एभरटनका रिचार्लीसनले दुई गोल गरेपछि एल साल्भाडोरलाई ५-० ले पराजित भएको हो ।

विश्व वरियताको ७२ औं स्थानमा रहेको एल साल्भाडोरविरुद्ध ब्राजिलले तेस्रो मिनेटमा नै अग्रता लियो ।  रिचार्लीसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गरे ।

त्यसको केहि मिनेटपछि रिचार्लीसन आफैंले गोल गरे ।  उनले १५ मिटर टाढाबाट गरेको उत्कृष्ट प्रहार टप कर्नरमा छिरेको थियो । खेलको आधा घण्टा समय नबित्दै ब्राजिल ३-० ले अगाडी बढ्यो ।  नेयमारको पासमा फिलिपे कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ब्राजिललाई सहज जिततर्फ उन्मुख गराए ।

दोस्रो हाफ शुरु भएको पाँचौ मिनेटमा नै ब्राजिलले चौथो गोल गर्यो । मार्किन्हसले खेलको अन्तिम मिनेटमा नेयमारको कर्नरमा हेडर मार्फत गोल गर्दै सहज जित पक्का गरे ।

प्रशिक्षक टिटेले गोलरक्षक नेटो र डिफेन्डर एडार मिलिसाओलाई डेब्यु गराएको खेलमा पहिलो रोजाइमा परेका रिचार्लीसन फरवार्ड र आर्थरले मिडफिल्डमा खेलेका थिए । ब्राजिलले अब अर्को महिना हुने मैत्रीपूर्ण खेलमा साउदी अरेबियाको सामना गर्नेछ ।  त्यसको ४ दिन पछि अर्जेन्टिना र ब्राजिल खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।