बिहीबार, वैशाख १३, २०८१

रुपन्देही–३ : खाणलाई जनमुक्तिको भर, बोहरालाई एमालेकै डर

२०७४ सालमा कांग्रेसको समर्थनमा निर्वाचन क्षेत्र–३ बाट चुनाव लडेका बोहरा यस पटक अघिल्लो पटक प्रतिस्पर्धी रहेको एमालेको समर्थनमा खाणसँग चुनावी मैदानमा छन्। खाणले पाँच दलीय गठबन्धनबाट आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् भने बोहरा एमालेको समर्थन आफूलाई रहेकाले जित निश्चित भएको बताउँछन्।
 |  सोमबार, कात्तिक २१, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, कात्तिक २१, २०७९

बुटवल– रूपन्देहीमा सबै राजनीतिक दलका नेताहरूले चर्चा गर्ने गर्छन्, ‘एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस नेता बालकृष्ण खाण र राप्रपा नेता दीपक बोहराबीच सँगै चुनाव नलड्ने अघोषित एकता छ।’

triton college

यी तीनै नेताबीच विकासमा एकता र सहकार्य गर्ने र चुनावमा पनि प्रतिस्पर्धी नबन्दा अघोषित तालमेलको चर्चा गरिएको हो। तर आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने यो चर्चा खण्डित भएको छ। 

२०४८ यता भएका चुनावमा कहिल्यै एकअर्काका प्रतिस्पर्धी नभएका गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र राप्रपाका वरिष्ठ नेता दीपक बोहरा चुनावी मैदानमा आमनेसामने भएका छन्। संयोग के छ भने २०७४ मा खाणले दीपक बोहरालाई टिकट दिएर आफू समानुपातिकमा बसेका थिए। 

२०७४ मा कांग्रेसको समर्थनमा निर्वाचन क्षेत्र–३ बाट चुनाव लडेका बोहरा यस पटक अघिल्लो पटक प्रतिस्पर्धी रहेको एमालेको समर्थनमा खाणसँग चुनावी मैदानमा छन्। २०७४ मा तिनै दीपक बोहरालाई हराउने घनश्याम भुसाल एमाले परित्याग गरेर निर्वाचन क्षेत्र–१ मा गएका छन्– त्यो पनि सत्ता गठबन्धनको समर्थनमा। भुसाल र खाणबीच यतिखेर घनिष्ट सम्बन्ध छ।

जबकि यी दुई नेता २०७० मा प्रतिस्पर्धी बने। त्यतिबेलाका एमाले नेता भुसाललाई खाणले पराजित गरेका थिए। 

corrent noodles
Metro Mart
२०७४ सालमा कांग्रेसको समर्थनमा निर्वाचन क्षेत्र–३ बाट चुनाव लडेका बोहरा यस पटक अघिल्लो पटक प्रतिस्पर्धी रहेको एमालेको समर्थनमा खाणसँग चुनावी मैदानमा छन्।

अघिल्लो निर्वाचनमा आफैंले सघाएका दीपक बोहरासँग एमालेले तालमेल गर्नुलाई खाण भने अप्राकृतिक ठान्छन्। अघिल्लो पटक उहाँहरू (राप्रपा) ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र मानेको थियो। त्यसैले हामीले संविधान मान्ने र व्यवस्था मान्ने दलको उम्मेदवारका रुपमा सघाएका हौं। तर यस पटक उहाँ (राप्रपा) ले संवैधानिक राजतन्त्र मान्ने र यो संविधान नमान्ने भनेको छ। त्यसैले एमाले–राप्रपा गठबन्धन स्वाभाविक छैन,’ खाणले भने।

उनले विभिन्न चुनावी कार्यक्रममा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपासहितको गठबन्धन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मान्नेहरूको स्वाभाविक गठबन्धन भएको बताइरहेका छन्। 

त्यसो त, एमाले, राप्रपा र जसपा तालमेल पनि प्राकृतिक भएको सोही गठबन्धनमा आबद्ध नेताहरूको दाबी छ। गृहमन्त्री खाणका प्रत्यासी दीपक बोहराका प्रचारक एवं राप्रपा नेता पूर्वमन्त्री निरञ्जन थापा सत्ता गठबन्धनपछि मात्रै आफूहरूको गठबन्धन बनेको बताउँछन्। चुनावी अभियानमा थापा बोहरा नै साझा उम्मेदवार भएको दाबी गर्छन् । २०७४ मा गृहमन्त्री खाणकै कारण कांग्रेसको समर्थनमा चुनावी मैदानमा भिडेका बोहरा यस पटक खाण नै प्रतिद्वन्द्वी हुने कुरालाई थापाले स्वाभाविक बताउने गरेका छन्।

‘राष्ट्रिय राजनीतिक अवस्थाले तालमेल गर्ने कुरा हो,’ उनले भने, ‘एमाले–राप्रपा तालमेल यो ठाउँमा पहिल्यै पनि भएको हो। यो राष्ट्रिय संकटका कारण भएको हो।’ 

दीपक बोहरा बोल्न सक्दैनन्  

मतदातासँग दीपक बोहरा (कालो चश्मामा)।
रुपन्देहीको निर्वाचन क्षेत्र–३ मा एमाले, राप्रपा र जसपा गठबन्धनका उम्मेदवार दीपक बोहरा घरदैलो र चुनावी कार्यक्रममा सरिक हुन्छन्। तर, उनी बोल्दैनन्। चुनावी प्रचारमा कार्यकर्ताहरू बोहराको नजिक हुन्छन् तर उनले आशय गर्छन र जवाफ नजिकै रहेका प्रचारक पूर्वमन्त्री राप्रपाका नेता निरञ्जन थापाले नै जवाफ दिने गरेका छन्। विपक्षी सत्ता गठबन्धनका उम्मेदवारले बेलाबेला भाषणमा समेत बोल्न नसक्ने उम्मेदवारले के नीति र योजना बनाउन सक्छन् भनेर प्रश्न गरिरहेका छन्। 

खासमा यस्तो अवस्था आउनुुमा बोहराको स्वास्थ्य समस्या हो। उनी निकट परिवारका अनुसार ६ महिनादेखि बिरामी भएपछि बोहोरा बोल्न नसक्ने भएका हुन्। कोभिड पोस्टका कारण भ्वाइस रेस्टमा बस्नुुपरेको बताउने गरेका छन्। तर, बोहरा बोल्न नसकेको भने लामै समय भइसक्यो। बोहराले लेखेर वा इशारामार्फत आफ्नो प्रचारकका रूपमा थापालाई नै खटाउने गरेका छन्। 

यस्तो छ अंक गणित 
सत्ता गठबन्धनका उम्मेदवार रहेका खाण देउवा सरकारका शक्तिशाली गृहमन्त्री हुन्। प्रधानमन्त्री देउाव निकट भएकै कारण समानुपातिक सूचीमा रहेका खाणले गृहमन्त्री पाएका हुन्। बहालवाला गृहमन्त्री र त्यसमा पनि सत्ता गठबन्धनको समर्थन भएकाले खाणले यस पटक चुनाव जित्ने दाबी गर्दै आएका छन्।

जति खाणको गठबन्धनमा भरोसा छ, त्यति नै भरोसा पूर्वमन्त्री राप्रपाका वरिष्ठ नेता बोहराले एमालेसँग राखेका छन्। खाणले रुपन्देही–३ बाट २०६४ र २०७० मा दुई पटक संविधानसभा निर्वाचन जितेको अनुुभव छ।  खाणले २०७० मा एमालेका भुसाललाई झिनो मतान्तर (८२) ले हराएका थिए। बोहराले २०७० मा भने साविक रुपन्देही–२ (भैरहवा क्षेत्र) बाट चुनाव जितेका थिए।   

गत वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत परिणामलाई आधार मान्ने हो भने कांग्रेस–माओवादी, लोसपा गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धनको मत बढी छ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी, नेकपा एस र लोसपा गरी ४० हजार १८५ मत छ। यसमा रुपन्देही क्षेत्र–२ मा प्रतिनिधिसभातर्फ गठबन्धनलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरेपछि ३ मा जनमुक्तिको मत जोडिनेछ। जनमुक्तिको ४ हजार मतलाई जोड्दा गठबन्धनको ४४ हजार १८५ मत देखिन्छ।

भोट माग्दै बालकृष्ण खाण।
त्यस्तै, एमाले, राप्रपा र जसपाको मत ४८ हजार ६२८ रहेको छ। यस आधारमा क्षेत्र–३ मा एमाले–राप्रपा गठबन्धन अझै पनि ४ हजार बढी मतले अगाडि देखिएको छ। मत परिणामले गृहमन्त्री खाणलाई निर्वाचन जित्न चुनौतीपूर्ण नै देखिन्छ।

स्थानीय तहको मत परिणामअनुसार कांग्रेस ३४ हजार १५३, एमाले २९ हजार ४८, राप्रपा १३ हजार ३९७, जसपा ६ हजार १८३, नेकपा माओवादी २ हजार ८८१, नेकपा एकीकृत समाजवादी ९७७, लोसपाको २ हजार १७४ मत रहेको छ।

निर्वाचन क्षेत्र–३ मा बुटवल उपमहानगरका वडा–१४–१९, सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिकाका ७ र ८, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सियारी गाउँपालिकाका १, २, ३, ६ र ७ नम्बर वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा पर्छन्। 

बोहरालाई एमालेको भोट नजाने चिन्ता
स्थानीय तहको मत परिणामअनुसार सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धन दुवै उम्मेदवारका लागि निर्वाचन चुनौतीपूूर्ण छ । सत्ता गठबन्धनका लागि इमानदार देखिएका खाणले एमाले समर्थनमा प्रतिस्पर्धामा उत्रिएका बोहराको चुनौती सामना गर्न चुनावी प्रचारमा विपक्षीको आलोचना निकै कम गर्ने गरेका छन्। खाणले चुनावी अभियानमा एमालेप्रती सद्भाव राख्दै विकासका लागि आफूलाई मत दिन अपिल गरिहेका छन्। 

खाणले चुनावी अंक गणितमा एमाले–राप्रपा गठबन्धनभन्दा कम भएपछि रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीलगत्तै जनमतको हिसाबले बलियो रहेको राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा सूर्यवंशीलाई समर्थन गरेर गठबन्धन उम्मेदवार बनाउन सफल भए। यसो हुँदा खाणको चुनौतीको घेरा साँघुरिए पनि टरिसकेको छैन। 

त्यसो त, दीपक बोहरालाई पनि त्रास उस्तै छ। बोहराले चुनावीसभाको प्रचारमा स्वास्थ्य समस्याले आफ्नो मत अभिव्यक्त गर्न पाएका छैनन्। त्यसमा पनि संवैधानिक राजा र हिन्दु राष्ट्रको मुुद्दाका कारण एमाले कार्यकर्ताले भोट नराख्ने सम्भावना बढी छ। केही दिनअघि वाम बुद्धिजीवीसमेत रहेका लेखक ऋषि आजादले सामाजिक सन्जालमार्फत राप्रपाका बोहरालाई भोट नदिन अपिल नै जारी गरे। जबकि आजादले रुपन्देही–२ मा पौडेलको विकल्प नभएको बताउने गरेका छन्। एमाले निकट बुद्धिजीवीले गणतन्त्र विरोधी शक्तिसँगको तालमेलका कारण अरुचि देखाएका छन्। 

यस आधारमा कतै सूर्यले हलोमा भोट नहाल्ने त होइन भन्ने त्रास बोहरालाई छ। यसैगरी सत्ता गठबन्धनबाट उम्मेदवार खाणलाई पनि गठबन्धन दल सबैले भोट हाल्छन्-हाल्दैनन् भन्ने त्रास देखिएकै छ। बोहरा एमालेमाथि नै भर परेका छन् भने खाण त्यही एमालेको मत तानेर सहज रुपमा जित निकाल्ने दाउमा छन्।

चुनावमा स्थानीय तहको चुनावी अंक गणित मात्रै निर्णायक हुँदैन। यसर्थ, रुपन्देही–३ को चुनावी भिडन्त रोचक हुने निश्चित छ। 

प्रकाशित: Nov 07, 2022| 18:40 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।