आइतबार, वैशाख १६, २०८१

पाकिस्तानी क्रिकेटले देखाएको जादू

अस्ट्रेलियामा भइरहेको विश्वकप तालिकामा गज्जबका संयोग देखिए। संयोगकै कारण भन्नुपर्छ, यो वर्ष पाकिस्तानलाई जिम्बाबेले हरायो अनि नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका हा¥यो। पाकिस्तान बनेको ४० वर्षमा उसले विश्वकप जित्यो। १५० वर्षे लामो इतिहास बोकेको क्रिकेट मैदानमा ऐतिहासिक उपाधि पाकिस्तानका लागि निकै सानदार थियो।
 |  मंगलबार, कात्तिक २२, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– सामान्यतया खेलमा भनिने गरेको छ,  कोही बेला भाग्यले साथ दिन्छ, कोही बोला दिँदैन। अझ मैदानमा क्रिकेट चलिरहेको छ भने ‘लक’ को कुरा झनै आउँछ। बलरले तीव्र गतिमा फालेको बल ब्याटमा बजारिएर हावामा उडिरहँदा मैदानभित्र फिल्डर नजिकै झर्न पनि सक्छ, बाउन्ड्रीबाहिर जान पनि सक्छ।

triton college

यस्तै जोखिम, कौशल र संयोगको रोमाञ्चक खेलमा पाकिस्तानको कथा उस्तै गज्जबको  छ। क्रिकेटमा टी–२० क्रिकेटको कुरा छ भने कुन बेला पासा पल्टिन्छ, थाहा हुँदैन। उसको खेलमा मात्र होइन, यो वर्ष अस्ट्रेलियामा भइरहेको विश्वकप तालिकामा पनि उस्तै संयोग देखिए। संयोगकै कारण भन्नुपर्छ, यो वर्ष पाकिस्तानलाई जिम्बाबेले हरायो अनि नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका हार्‍यो। संवेदनशील भएर खेल्न सकेको भए कथा फरक हुने थियो होला।

चार दिनअघि जब दक्षिण अफ्रिका आईसीसी विश्वकप सेमिफाइनलमा पुग्नै लागेको थियो, उसले अप्रत्यासित हार बेहोर्‍यो। त्यसअघि दुई हार बेहोरेर पाकिस्तानको सेमिफाइनल नपुग्ने लगभग पक्काजस्तै भइसकेको थियो।

यस्तै–यस्तै कमजोर अवस्थाबाट शक्तिमा पुग्न सकिने हुँदा नै क्रिकेटको मजा फरक छ। यो विश्वकपमा पाकिस्तानको यस्तै ‘जादूयी भर्सन’ देख्न पाइएको छ। ग्रिक मिथोलोजीमा फिनिक्स चराको कथा छ! खरानीबाट उठेर फेरि चरा बन्ने। यो वर्ष पाकिस्तानको कथा लगभग त्यस्तै रह्यो। अन्तिम खेलमा बंगलादेशलाई हराएर ताराको आकृति बनाएर उत्सव मनाएका पाकिस्तानी खेलाडीलाई सेमिफाइनलमा न्युजिल्यान्डले पर्खिरहेको छ।

विश्वकपमा अबको तगारो न्युजिल्यान्ड नै हुनेछ, पाकिस्तनका लागि। दुई टिमबीच आगामी बुधबार पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। ‘न्युजिल्यान्डले पाकिस्तानलाई अन्डरस्टिमेट गरेको छैन,’ न्युजिल्यान्डका बलर टिम साउथीले भनेका छन्।

corrent noodles
Metro Mart

‘जब कुनै टिम शीर्ष चारमा पुग्छ, उसको उत्ति नै अवसर हुन्छ,’ साउथीले भनेका छन्, ‘हामीले पछिल्लो समय पाकिस्तानसँग खेलिरहेका कारण उनीहरू खतरनाक टिम हुन् भन्ने थाहा छ।’

पाकिस्तानको सन् १९९२ को विश्वकपमा पनि केही यस्तै थियो। अहिलेझैं कमजोर सुरुआत गरेको पाकिस्तानले एडिलेडमा इंग्ल्यान्डलाई २२ रनले हराएको थियो। पाकिस्तान बनेको ४० वर्षमा उसले विश्वकप जित्यो। १५० वर्षे लामो इतिहास बोकेको क्रिकेट मैदानमा ऐतिहासिक उपाधि पाकिस्तानका लागि निकै सानदार थियो। त्यो प्रतियोगिता अस्ट्रेलिया र न्युजिल्यान्डले पहिलो पटक आयोजना गरेका थिए। अहिले पनि अस्ट्रेलियाले पहिलो पटक विश्वकप आयोजना गरेको हो। त्यसैले यी दुई अवस्थालाई जोडेर हेर्ने गरिएको छ।

अहिले पाकिस्तानको यात्रा सुरुआतमा धेरै कठिनाइ आए। पाकिस्तानले पहिलो खेलमै आफ्नो प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको थियो। क्रिकेटको विश्व मानचित्रमा भारत र पाकिस्तानको खेल विशेष महत्त्वका साथ हेरिन्छ। निकै प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानले चार विकेटको हार बेहोर्‍यो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेट गुमाएर १५९ रन बनाएको थियो। ओपनिङमा कमजोर प्रदर्शन गरेको पाकिस्तानका लागि शाम मसुद र इफितीखर रहमानले अर्धसतक बनाएर सहज अवस्थामा पुर्‍याएका थिए।

मिडल अर्डरमा उत्कृष्ट बलिङ गरिरहेको पाकिस्तानले भारतलाई लक्ष्य पूरा गर्न सकेन। भारतका विराट कोहलीको ब्याटबाट बाउन्ड्री सुरु भयो र अन्तिम बलमा पाकिस्तानले हार बेहोर्‍यो। उसको विश्वकप नै हारबाट सुरु भयो।

अस्ट्रेलियामा भइरहेको विश्वकप तालिकामा गज्जबका संयोग देखिए। संयोगकै कारण भन्नुपर्छ, यो वर्ष पाकिस्तानलाई जिम्बाबेले हरायो अनि नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका हार्‍यो। पाकिस्तान बनेको ४० वर्षमा उसले विश्वकप जित्यो। १५० वर्षे लामो इतिहास बोकेको क्रिकेट मैदानमा ऐतिहासिक उपाधि पाकिस्तानका लागि निकै सानदार थियो।

भारतसँगैको हारले घायल बनाएको पाकिस्तानलाई जिम्बाबेले पनि छाडेन। पर्थमा पाकिस्तानले १३० रनको मध्यम लक्ष्य पाएको थियो। तर पाँच खेलाडी दोहोरो अंकमा रन नबनाईकन आउट भएपछि सान मसुदले बनाएको ४४ रनले पनि पाकिस्तानलाई सहयोग गर्न सकेन।

अन्तिम ओभरमा पाकिस्तानलाई १० रन चाहिएको थियो। पहिलो बलमा ३ र दोस्रो बलमा चौका बनाएपछि पाकिस्तानलाई ४ बलमा ३ रन मात्र आवश्यक रह्यो। तेस्रो बलमा एक रन बनाएर पाकिस्तानले खेललाई आफ्नो खल्तीमा राख्न आँटिसकेकोे थियो।

तर जिम्बाबेका ब्राड इभान्सले अन्तिम दुई बलमा दुई विकेट गिराइदिए। शहिन शाह अफ्रिदी र मोहमद नवाजको विकेट पतनसँगै पाकिस्तानको जितको आशा सकियो। दुई खेलसम्म पराजय हुनुले पाकिस्तान सुपर १२ बाटै आउट हुने संकेत गरिरहेको थियो।

तर सधैं एकनास हुँदैन। नेदरल्यान्ड्स पाकिस्तानको बाटोमा आयो र पाकिस्तानले उसलाई ३७ बल बाँकी रहँदै हरायो। नेदरल्यान्ड्सले दिएको ९१ रनको लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमै पूरा गरेपछि उसलाई नेट रन रेटमा सहयोग पुगेको थियो।

विश्वकपमा दक्षिण अफ्रिकाले भारतलाई हराएर अन्तिम चारमा आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको समय पनि त्यही थियो, जब पाकिस्तानलाई जितबाहेक कुनै अवस्थाले बचाउन सक्ने अवस्था थिएन।

दक्षिण अफ्रिकासँगको खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोज्यो। उसलाई थाहा थियो, मौसम खराब छ र आधा खेल टसबाटै जितिन्छ। इफतिखर र सदाब खानको ब्याटिङ चलेको दिन उसले  १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो। नभन्दै खेल पछि १४ ओभरमा घटाइयो। पाकिस्तानले डिएल मेथडबाट ३३ रनको जित निकाल्यो।

४ खेलबाट २ हार अनि २ जित। अझैसम्म पाकिस्तान आफ्नो खुट्टामा उभिन सक्ने भएको थिएन। उसलाई दक्षिण अफ्रिकाको खेलको भर थियो। त्यस्तो अवस्थामा नेदरल्यान्ड्स यसरी आयो कि दक्षिण अफ्रिकाले देखिरहेको सपना पाकिस्तानको पोल्टामा पुर्‍याइदियो।

आइतबार दिउँसो नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले हरायो। अब पाकिस्तानले एउटा होमवर्क गर्नुपर्नेछ। त्यो हो–बंगलादेशमाथि जित निकाल्नु। ११ बल बाँकी रहँदै ५ विकेट बचाएर उसले जित निकाल्यो। यो जित सेमिफाइनलमा पुग्नकै लागि थियो। एउटा कुरा के भने उसले अपत्यारिलो लाइफलाइन पाएको थियो।

त्यतिबेला सबैलाई लागेको एउटा कुरा के भने अब एडिलेडमा फेरि पाकिस्तान र इंग्ल्यान्डले फाइनल खेल्नेछन्? जसरी उनीहरूले ३० वर्षअघि खेलेका थिए। त्यसले सन् १९९२ को विश्वकपको झल्को दिनेछ।

बंगलादेशलाई जितेपछि पाकिस्तानका ननप्लेइङ खेलाडीले भनेका थिए– थ्यांक यू नेदरल्यान्ड्स। त्यसको केही समयपछि अलि मुस्तफाले भने, ‘परीक्षाको अघिल्लो दिन मात्र पढेर पनि पास भएजस्तै आनन्द आइरहेको छ।’

तर विश्वकप बाँकी छ। यात्रा सकिएको छैन। संघर्ष अझै छन्। सन् २०१९ को एकदिवसीय विश्वकपको उपधि बाँड्नुपरेको पीडा न्युजिल्यान्डसँग छ। ऊ सबै फम्र्याटका प्रतियोगिताको उपाधि जित्न चाहन्छ। दुई वर्षअघि नै उसले टेस्ट च्याम्पियनसिपको उपाधि जितिसकेको छ।

यद्यपि, न्युजिल्यान्डलाई टी–२० का लागि अस्ट्रेलिया भाग्यमानी ठाउँ मानिँदैन। यो वर्ष उसलाई हराउन सजिलो छैन। थप बलियो, मजबुत भएर आएकै कारण न्युजिल्यान्ड समूह ‘ए’को शीर्ष स्थानमा रह्यो। किनभने, उसले डिफेन्डिङ च्याम्पियनलाई समेत ८९ रनले सिकार बनाइसकेको छ। सम्भवतः प्रतियोगिताको सबैभन्दा भोको टिम न्युजिल्यान्ड नै हो।

‘आशा छ, हामीले जसरी खेलिरहेका छौं र जित निकालिरहेका छौं, सेमिफाइनलमा पनि त्यस्तै जितको आशा गरेका छौं,’ साउथीले भनेका छन्।

प्रकाशित: Nov 08, 2022| 07:40 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।