शनिबार, चैत १४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि माल्दिभ्ससंग भिड्दै नेपाल 

साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि माल्दिभ्ससंग भिड्दै नेपाल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- बंगलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत फाइनल प्रवेशका लागि बुधबार नेपाल माल्दिभ्ससंग भिड्दै छ । नेपाली समयअनुसार बुधबार पौने चार बजे हुने खेलमा जीत निकाल्दै नेपाल इतिहास रच्ने दाउमा छ । 

समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो भने भारतविरुद्ध पराजित हुँदै उपविजेता बनेको माल्दिभ्सले नेपालसँगको भेट पक्का गरेको हो ।

अहिलेसम्म यी दुई टोलीले १५ खेल खेलेका छन् । जसमध्ये नेपालले ४ खेलमा मात्र जित निकाल्न सकेको छ भने ४ खेल बराबरी खेलेको छ । बाँकी ७ खेलमा माल्दिभ्सले बाजी मारेको छ ।

पछिल्लो समय नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४–० को नतिजा निकालेको थियो । नेपालले माल्दिभ्सलाई हराएको त्यही बंगबन्धु राष्ट्रिय रंगशाला हो जहाँ बुधबार पुनः दुवै आमनेसामने हुँदै छन् । 

साफ च्याम्पियनसिप नेपालमा अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन् । एक पटकको विजेता र तीन पटकको उपविजेतालाई पराजित गर्दै फाइनलमा पुग्नु नेपालका लागि चुनौतीपूर्ण नै मानिएको छ । आजको खेल नेपालले आफ्नो पोल्टामा पार्नका लागि सबैखाले रणनीति प्रयोग गर्ने प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । 

यस्तै समूह ‘ए’को उपविजेता बनेसँगै पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग फाइनल प्रवेशका लागि भिड्ने भएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।