आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चितवन-२ मा कृष्णभक्त र उमेशलाई रवि कति भारी?

२०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका एमाले उम्मेदवार पोखरेल यस पटक ह्याट्रिक गर्ने दाउमा छन् भने कांग्रेसका उम्मेदवार श्रेष्ठले विकासको एजेन्डालाई प्राथमिकता दिएकाले आफ्नो जित निश्चित भएको बताउँछन्। एमाले, कांग्रेसका नेताभन्दा आफ्नो पक्षमा माहोल बनिरहेकाले जित आफ्नै पोल्टामा पर्ने विश्वासमा छन्, रवि लामिछाने।
 |  सोमबार, कात्तिक २१, २०७९
nespernesper

निशा श्रेष्ठ

निशा श्रेष्ठ

सोमबार, कात्तिक २१, २०७९

भरतपुर– आगामी ४ मंसिरमा हुने आमनिर्वाचन नजिकै जाँदा चितवन क्षेत्र–२ को चुनावी माहोल थप तातेको छ। यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार १६ जना  चुनावी मैदानमा छन्। तर यीमध्ये चितवन–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, एमाले नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेबीच खास प्रतिस्पर्धा हुँदै छ।

triton college

अहिले यी उम्मेदवार मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो पुगिरहेका छन्। सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि यो क्षेत्रमा उम्मेदवार बनेसँगै चर्चाको विषय चुलिएको छ। यस्तै, अर्का उम्मेदवार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठ पहिलो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्। उनी यसअघि समानुपातिकबाट सांसद बनिसकेका हुन्। अर्का नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल यो क्षेत्रका लागि नयाँ अनुहार होइनन्। पोखरेल यस पटक ह्याट्रिक जितको दाउमा छन्। पोखरेलले २०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका थिए। उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका शेषनाथ अधिकारीलाई १७ हजार ३५६ मतले हराएका थिए। पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा अधिकारीले २७ हजार ३१४ मत ल्याएका थिए। 

काठमाडौं घर भएका रास्वपाका लामिछाने अहिले चितवनका डाँडाकाँडा उक्लिन व्यस्त छन्। भूगोल नबुझेको क्षेत्रमा उम्मेदवारी दिएको भन्दै आलोचित बनेका लामिछानेलाई अहिले मतदाताको घर पुग्न भ्याइनभ्याई छ।  लामिछाने २०७६ साउनमा आफ्नै सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेर चितवनमा हिरासतमा बसेका थिए। लामिछाने निर्दोष रहेको भन्दै त्यस बेला उनको समर्थनमा दैनिकजसो प्रदर्शन भए। ९ दिने हिरासत बसाइपछि रिहा भएका लामिछानेले नारायणी किनारमा ठूलो सभा राखेर आफूप्रति सहनाभूति राख्नेलाई धन्यवादसमेत दिएका थिए।

त्यसबेला नै लामिछानेले राजनीतिमा आउने छनक दिएका थिए। उनले पार्टी खोलेपछि चितवनलाई नै रोज्नुको एक कारण पुडासैनी आत्महत्या प्रकरणमा पाएको समर्थन रहेको बताउँदै आएका छन्। चितवन–३ बाट उम्मेदवारी दिने चर्चाका बीच उनले अन्तिम समय चितवन–२ रोजेका थिए। काठमाडौं–३ का मतदाता रहे पनि लामिछाने सञ्चारकर्ममा आफूले बनाएको नाम र पुडासैनी प्रकरणमा पाएको साथको सेन्टिमेन्टलाई लिएर मतदातासमक्ष पुगिरहेका छन्। उनले गठबन्धन र एमालेका दुवै मतदातालाई आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन्। 

२०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका एमाले उम्मेदवार पोखरेल यस पटक ह्याट्रिक गर्ने दाउमा छन् भने कांग्रेसका उम्मेदवार श्रेष्ठले विकासको एजेन्डालाई प्राथमिकता दिएकाले आफ्नो जित निश्चित भएको बताउँछन्। एमाले, कांग्रेसका नेताभन्दा आफ्नो पक्षमा माहोल बनिरहेकाले जित आफ्नै पोल्टामा पर्ने विश्वासमा छन्, रवि लामिछाने। 

कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका अर्का उम्मेदवार उमेश श्रेष्ठ भने विकास र समृद्धिको नारा बोकेर मतदातासमक्ष धाइरहेका छन्। रविजस्तै श्रेष्ठ पनि राजनीतिक रूपमा यो क्षेत्रका लागि नयाँ अनुहार भए पनि व्यावसायिक रूपमा भने चिरपरिचित अनुहार हुन्। यहाँको शैक्षिक र होटल क्षेत्रमा श्रेष्ठको ठूलो लगानी छ।

Metro Mart
vianet

एमाले उम्मेदवार पोखरेल गत स्थानीय तह निर्वाचन र आफूले पटक–पटक जित्दै आएको ठाउँ भएकाले १० हजार बढी मतले विजयी हुने दाबी गर्दै आएका छन्। यद्यपि यो क्षेत्रमा लामिछानेको प्रवेशले त्रिपक्षीय भिडन्त हुने भएको छ। एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चितवन–२ मा स्थानीयमाझ लोकप्रिय उम्मेदवार भएका र राष्ट्रिय एजेन्डाका आधारमा गठबन्धनभन्दा पोखरेललाई तुलनात्मक रूपमा जित्न सहज हुने दाबी गर्छन्। उनले लामिछाने र श्रेष्ठ दुवै यहीँ क्षेत्रको नभएकाले मतदाताले पोखरेललाई चुन्ने जिकिर गरे। ‘अहिले सामाजिक सन्जालतिर माहोल बिगार्न खोजेजस्तो देखिन्छ। तर जनताको सुखदुःखमा आइपुग्ने भनेको कृष्णभक्त नै हुनुहुन्छ’, उनले भने।

जिल्लामा अन्य पार्टीभन्दा सांगठनिक हिसाबले एमाले बलियो भएकाले पनि जित्ने आधार उनी देखाउँछन्। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ भने चितवन–२ का मतदाताले नयाँ अनुहार चुन्न खोजिरहेको घरदैलो पुग्दा महसुस गरेको सुनाउँछन्। ‘१० वर्षसम्म कृष्णभक्तको काम जनताले महसुस गरेका छन्। अहिले जनताले नयाँ अनुहार खोजेका छन्। म नयाँ अनुहार हो। जितेर  काम गरेर देखाउन चाहन्छु’, उनले भने। 

रवि लामिछाने। 
आफूले निर्वाचन जितेपछि चितवन–२ को विकास निर्माण र समृद्धिमा योगदान दिने उनले बताए। ‘अहिलेसम्म मैले चितवन–३ मा काम गरिरहेको थिएँ। चुनाव जितेपछि एउटा आँखा राष्ट्रलाई र अर्को आँखा चितवन–२ मा लगाउँछु’, उनले भने। 

राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन अध्यक्ष धर्मेन्द्र सापकोटा आफूहरूको पक्षमा माहोल आइसकेको बताउँछन्। ‘हामी अहिले घर–घरमा पुगिरहेका छौं। जनताको भावना बुझ्ने कोसिस गरिरहेका छौं’, उनले भने, ‘रविजी इच्छाकामना र कालिकाका गाउँ–गाउँ पुग्दा माहोल फेरिएको छ।’ 

निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धा ठानेर आफूहरूले स्वीकारेर जित्ने माहोल बनाइरहेको उनले सुनाए। ‘हामीले चुनावको स्याम्पल सर्वेक्षण गरेका थियौं। यसमा राम्रो नतिजा देखिएको छ। जित सुनिश्चित छ’, उनले भने। 

स्थानीय तह चुनावको मत परिणाम
यो क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरका १० वटा वडा पर्छन्। भौगोलिक हिसाबले हेर्दा यो क्षेत्र चितवनको सबैभन्दा बढी पहाडी भेग भएकाले अन्य क्षेत्रभन्दा  विकट र कठिन मानिन्छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने दुई पालिका  इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले जित निकालेको छ। यो क्षेत्रमा पर्ने इच्छाकामनाका ७ वडा, कालिका नगरपालिका–११ र भरतपुरका  १० वटा वडामध्ये सत्ता गठबन्धनले १७ वटा वडा जितेको छ भने एमाले एक्लैले ११ वडा जितेको थियो।

स्थानीय तहको वडाध्यक्षको मत जोड्दा एमाले गठबन्धनभन्दा सत्ता गठबन्धन १४९ मतले अगाडि छ। सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारले ३५ हजार ३९४ मत ल्याएका छन् भने एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५४३ मत पाएका छन्। 


प्रकाशित: Nov 07, 2022| 15:49 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।