बिहीबार, असार ४, २०८३

पाटनमा कात्तिक नाचको रौनक [तस्बिरहरू]

ललितपुरको ऐतिहासिक कात्तिक नाचअन्तर्गत आइतबार राति हिरण्य कश्यपुको वध गरिएको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, कात्तिक २१, २०७९

ललितपुरको ऐतिहासिक कात्तिक नाचअन्तर्गत आइतबार राति हिरण्य कश्यपुको वध गरिएको छ। नृशिंहले हिरण्य कश्यपुको वध गर्ने प्रख्यात नाच आइतबार राति प्रदर्शन गरिएको हो। कात्तिक नाचको मुख्य आकर्षण हो नृसिंह अवतार।

National life

३ सय ८१ वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यस वर्ष १० दिनसम्म चल्नेछ। विशेष गरेर कृष्ण लिलामा आधारित नाचमा दिनैपिच्छे फरक–फरक नाचहरू देखाइने गरिन्छ।

नाचमा दैत्य जगाउने परम्परा छ। कात्तिक नाच कात्तिक २२ गते दधिलिलाको नाच देखाएर समापन गरिनेछ। कात्तिक नाचमा राजोपाध्याय, श्रेष्ठ,  प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको छ।

Shivam cement

प्रकाशित: Nov 07, 2022| 08:43 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।