महेन्द्रनगर- आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि कञ्चनपुरमा तत्कालीन संविधानसभा र प्रतिनिधिसभाका नौ जना पूर्वसांसद चुनावी मैदानमा उत्रिएका छन्।
तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।
कांग्रेस नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवान विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को ‘१’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार छन्। संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका नेत्री वीना मगरलाई पराजित गरी संविधानसभा सदस्यमा निर्वाचित भएका विष्ट यस पटक भने पूर्वमन्त्री मगरलाई प्रतिनिधिसभा सदस्यमा सहयोग गरिरहेका छन्।
त्यसैगरी कांग्रेसका अर्का नेता एवं सविधानसभा सदस्य बहादुरसिंह थापा यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘२’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन्।
उक्त निर्वाचन क्षेत्रमै थापा र संविधानसभा सदस्य एवं एमालेका नेता कृपाराम रानाबीच प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ। एमालेका उम्मेदवार राना दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सांसद थिए।
त्यसैगरी संविधानसभा सदस्यको पहिलो निर्वाचनमा जितेका माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार छन्। सत्ता गठबन्धनको भागबण्डाका क्रममा उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को ‘१’ बाट उम्मेदवार छन्। संविधानसभा निर्वाचनमा भट्टले त्यो बेला कांग्रेसका नेता थापालाई पराजित गरेका थिए। अहिले उनको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का नेता एवं सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीसित छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ का एमालेबाट पूर्व सांसद नरबहादुर धामीले सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेसका नेता नारायणप्रकाश साउँदलाई चुनौती दिइरहेका छन्। विसं २०७४ को निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका उनलाई तिनै एमाले नेता धामीले पराजित गरेका थिए।
तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।
उक्त निर्वाचन क्षेत्रमा रहेका प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य बहादुरसिंह थापा, कृपाराम राना र प्रदेशका पूर्वमन्त्री लालबहादुर खड्का चुनावी मैदानमा छन् भने उक्त क्षेत्रको प्रदेश ‘१’मा सत्ता गठबन्धन र एमालेका दुवै उम्मेदवार नयाँ अनुहारका छन्। यहाँ गठबन्धनबाट ओमविक्रम भाट र एमालेबाट वचनबहादुर सिंह चुनावी भिडन्तमा छन्।
त्यसैगरी निर्वाचन चर्चामा केन्द्रमा रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक र एमालेका निरुदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेबाट समानुपातिक सांसद भएकी पाल प्रत्यक्षतर्फ यहाँ पहिलो पटक निर्वाचन लड्दैछिन् भने कांग्रेस नेता लेखक यहाँ २०५६ सालयता चुनावी प्रतिस्पर्धा गर्दै आएका छन्।
सत्ता गठबन्धनका राना यसअघिको निर्वाचनमा पराजित भएका थिए, भने विष्टको प्रदेशसभाको पहिलो यात्रा हो। विसं २०७४ को निर्वाचनमा यहाँका प्रतिनिधिसभा र प्रदेशका छवटै क्षेत्रमा पराजय बेहोरेको कांग्रेस यस पटक भने गठबन्धन भएकाले सबैतिर हारको बदला लिने दाउमा छ भने एमाले जितलाई निरन्तरता दिने रणनीतिमा छ।