शुक्रबार, साउन १, २०८३

के सलाहले बिर्सेलान त्यो दिन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–लिभरपुल तथा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले अफ्रिका कप आफ नेशन क्वालिफाईको शनिबार निजेरविरुद्धको खेलमा निकैनै रोमाञ्चक खेले प्रदर्शन गरेका छन् । खेलमा यस्तो प्राया कमै देखिन्छ की खेलाडीले एउटै खेलमा दुई गोल, दुई असिस्ट र दुई पेनाल्टी पाएर पनि गुमाउनु । तर, सलाहसँग अफ्रिका कप आफ नेशन क्वालिफाईको निजेरसँगको खेलमा यस्तै भयो । 

जहाँ इजिप्टले निजेरमाथि ६–० ले जित दर्ता गरेको थियो । सलाहले खेलको केहि मिनेटमा आफ्नो पहिलो पेनाल्टी पाएका थिए । तर, उनको त्यो पेनाल्टी निजेरका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । इजिप्टका लागि खेलको १३ औं मिनेटमा मारवान मोहसेनको गोल मार्फत अग्रता लिएको थियो । सात मिनेट पछि सलाहको पासमा अब्दल अशरफको गोलमा अग्रता दोब्बर लिएको थियो । २९ औं मिनेटमा सलाह स्वयमले आफ्नो पहिलो गोल गरेका थिए ।

सलाहले आधिघण्टा खेले पछि पेनाल्टीको मौका पुनः पाए । तर, फेरी पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुके । उनले प्रहार गरेको दोस्रो पेनाल्टी निजेरको गोलरक्षकले बचाउ गरे । यतिबेला सम्म इजिप्ट निजेरविरुद्ध ३–० ले अग्रता लिएको थियो । चौथो गोलका लागि मोहमदले खेलको ७३ औं मिनेटमा सलाह मोहसेनलाई असिस्ट गरेका थिए । 

यो मोहमद सलाहको उक्त खेलमा दोस्रो असिस्ट थियो । त्यसपछि खेलको ८६ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै इजिप्टलाई ५–० को फराकिलो अग्रता दिलाए । खेलको इनजुरी समयमा मोहमद एल्नेनीलले गोल गर्दै निजेरविरुद्ध ६–० को फराकिलो जित निकाले । यस खेलले मारियो अगुइरेको युग स्टाइललाई सम्झाएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।