शनिबार, चैत १४, २०८२

सन्दीपले एपीएल खेल्ने, पारस र सोमपाल ड्राफ्टमा परेनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एपीएल)को खेलाडी ड्राफ्टमा छनोट भएका छन् । उनी नङराहार टोलीबाट खेल्ने भएका हुन् । 

अक्टोबर ५ देखि २१ सम्म संयुक्त अरब इमिरेट्सको शारजाह मैदानमा हुने उक्त प्रतियोगितामा पाँच टोली सहभागी रहेका छ । लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तिब्रगतीका बलर सोमपाल कामी भने ड्राफ्टमा पर्न सकेनन् ।
 
सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान र सन्दीप लामिछाने रहेका छन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीइट्सबाट खेलेका थिए । उनले आइपीएलमा दिल्ली डेयरडेभिल्सका लागि पनि खेले । ड्राफ्टका दौरान साहिद अफ्रिदिलाई पक्तियाले पहिलो आइकन खेलाडीको रुपमा टोलीमा समेटेको थियो । 

काबुलले अफगानिस्तानका स्पिनर रसिद खानलाई लिँदा नङगारहारले वेस्ट इन्डिजका आन्द्रे रसल रोज्यो । बल्खले वेस्ट इन्डिजकै क्रिस गेल तथा कान्दाहारले न्यूजिल्यान्डका ब्रेन्डन मक्कुलमलाई आइकन खेलाडी बनायो । आइकन खेलाडीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।