शनिबार, चैत १४, २०८२

केनले स्विटजरल्यान्डविरुद्ध नखेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-इंग्लयान्डका तथा टोटनह्यामका फरवार्ड ह्यारीकेले स्विजरल्यान्डविरुद्ध मंगलबार हुने खेल नखेल्ने भएका छन् । 

रुसी विश्वकपका गोल्डेन बुट विजेता केनललाई मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले विश्राम दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । २५ बर्षीय केनले रुस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जितेका थिए । उनले इंग्लयान्डका लागि यु–१७ देखी हाल सम्म ६१ खेल खेली सिकेका छन् ।

नेशन्स लिगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका केनलाई आरामको आवश्यता रहेकाले उनलाई मैत्रिपुर्ण खेलमा नराखिएको प्रशिक्षक ग्यारेथ साउथगेटले जानकारी दिए । 

उनले भने ‘आराम गर्नु उनका लागि यो राम्रो अवसर हो ।’ साउथगेटले केनले मैत्रिपुर्ण खेलमा आराम गरे नेशन्स लिगको अन्य खेलमा सहज हुने बताएका छन् ।
केनको कप्तानीमा रहेको इंग्ल्याण्डले नेशन्स लिग अन्तर्गतको आफ्नो पहिलो  स्पेनविरुद्धको खेलमा २–१ ले हार बेहोरेको थियो ।  त्यस्तै मैत्रिपुर्ण खेलमा डेन अलीपनि नखेल्ने भएका छन् । उनि पनि चोटका कारण आराम गरिरहेका छन् । 

२५ बर्षे टोटनह्यमका स्ट्राइकर केन र डेन नखेल्ने भए पनि इंग्ल्याण्डलाई खासै दबाब नपर्ने प्रशिक्षक साउथगेट बताउछन् । अली र केनको स्थानमा अन्डर २१ टिमका बेन चिलवेल र डिमारे ग्रेलाई मौका दिईने प्रशिक्षकले प्रष्ट पारेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।