शुक्रबार, साउन १, २०८३

हाइटीको कीर्तिमानी, सिन्ट मार्टेनलाई १३–० ले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–कन्काकाफ नेसन्स लिग छनोट अन्तर्गत हाइटी राष्ट्रिय फुटबल टोलीले सिन्ट मार्टेनको राष्ट्रिय टोलीलाई १३–० ले पराजित गर्दै कीर्तिमानी जित दर्ता गरेको छ । पहिलो हाफमा ५–० ले अगाडी रहेको हाइटीले दोस्रो हाफमा ८ गोल गरेको थियो ।

हाइटीको घरेलु मैदानमा भएको खेलमा हाइटीका लागि फरवार्ड डकेन्स नाजोनले ५ गोल गरे । डिफेन्डर अर्केस कार्लेन्सले ११ औं मिनेटमा पहिलो गोल गर्दै सुरु भएको गोलवर्षा अन्तिम मिनेटसम्म चालेको थियो । हाइटीका लागि फ्रान्जी पेरटले दुई गोल थप्दा सोनी मुस्तीभार, हेरोल्ड चार्ल्स, जेफ लुइस र डेरीक एटिएनले १–१ गोल गरे । अर्को एक गोल भने डिआरो फोर्सिथले आत्मघाती गोल गरेका थिए ।

कन्काकाफ नेसन्स लिग छनोटमा ३४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरेर ४ चरणको खेल तालिका सार्वजनिक गरिएको छ । 

हाइटीले पहिलो चरणको खेलमा सहज जित निकालेको हो । अर्को खेलमा क्युबाले पनि टर्क्स आइल्यान्डलाई ११–० ले पराजित गर्दै सुखद सुरुआत गर्यो । क्यानाडाले यूएस भर्जिन आइल्यान्डलाई ८–० ले हराउँदा फ्रेन्च गुयानाले एन्गिलालाई ५–० ले पन्छायो । डोमिनिकन रिपब्लिकले पनि बोनाएरलाई ५–० ले नै पराजित गर्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।