बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नारायणी किनारमा यसरी मनाइयो छठ पर्व

छठ पर्वको महत्वपूर्ण दिन आइतबार साँझ नारायणी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी मनाइएको छ। सूर्यदेवको अनुष्ठान गरी मनाइने छठपर्व नारायणी किनारमा पनि उल्लासमय तवरले मनाइएको हो।
 |  आइतबार, कात्तिक १३, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

आइतबार, कात्तिक १३, २०७९

ntc landingntc landing

भरतपुर- छठ पर्वको महत्वपूर्ण दिन आइतबार साँझ नारायणी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरी मनाइएको छ। सूर्यदेवको अनुष्ठान गरी मनाइने छठपर्व नारायणी किनारमा पनि उल्लासमय तवरले मनाइएको हो। 

himalayan bank box

छठ मनाउनका लागि नारायणी किनारको सजावट आकर्षक बनाइएको छ। नारायणी किनारमा छठ मनाउने र छठको रमाइलो हेर्न जानेको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो। 

नारायणी किनारमा तराई सामुदायिक सेवा केन्द्रले छठ पूजा व्यवस्थापन गर्दै आएको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै नारायणी नदीमा नुहाउन र अर्क चढाउनका लागि विशेष व्यवस्थापन गरेको समितिका सचिव नारद परिहस्तले बताए। 

छठमा पछिल्लो समय पहाडी समुदाय र युवा पुस्ताको बढी आकर्षण रहेको उनले बताए। आइतबार मात्रै करिब १० हजार जना छठ पर्वमा सहभागी भएको उनले दाबी गरे। भरतपुर १० बाट पहिलोपटक छठ पूजा गर्न आएकी भोलादेवी कुँवर चोखो खाएर अर्घ्य दिन आएको बताइन्। 

‘युट्युब टिकटिकमा सबैले छठ पूजाको बारेमा राखेको देखेर पहिलोपटक पूजा गर्न आएकी हुँ,’उनले भनिन्। नेपालीहरुको ठूला पर्व दसैं तिहार सकिएसँगै छठमा हुने भिन्नै किसिमको रौनकले आफूलाई आर्कर्षित गरेको उनले सुनाइन्।


११ वर्षदेखिे व्रत बस्दै आएकी माडीकी निलम चौधरी छठ पर्वको विशेष महिमा रहेको बताउँछिन्। ‘मेरो बाबु जब बिरामी परेको थियो जब मैले छठीमैँयासँग भने निको बनाइदिनुस। छठीमैँया कृपालु हुनुहुन्छ त्यहीँ समयदेखि छठ पूजा गर्दै आएकी छु,’ उनले भनिन्। 

छठको पूजा गर्दा उँखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफुल, वतासाजन्य मिठाई जस्ता सामाग्रीहरु आवश्यक पर्ने उनले बताइन्। चितवनमा नारायणगढ नारायणी किनारमा मात्रै नभएर पदमपुरको खगेरी खोलामा, माडी, पर्साजस्ता ठाउँका जलाशयहरुमा पनि छठ मनाउनेहरुको भिडभाड हुने गरेको छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको समापन हुने गर्दछ।


प्रकाशित: Oct 30, 2022| 20:50 आइतबार, कात्तिक १३, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।