शनिबार, वैशाख २२, २०८१

सबैभन्दा शृंगारिक खेलाडीलाई माछापुच्छ्रे हिमालको ऊर्जा

नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडी खेलाडीले पाएको नयाँ प्रतिभा बनिन्, दुआना। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले उनको नाममा पाँच राष्ट्रिय कीर्तिमानसमेत बनेका छन्।
 |  बुधबार, कात्तिक ९, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, कात्तिक ९, २०७९

काठमाडौं– मोडलका लागि शृंगार जति महत्त्वको हुन्छ, खेलाडीका लागि उपाधिको महत्त्व उत्तिकै हुन्छ। अझै एमेच्योर प्रतियोगितामा स्वर्ण पदकले धेरै अर्थ राख्छ। मानिसलाई जति शृंगार गर्‍यो, उति सुन्दर देखिन्छ। शृंगारका अर्थ फरक अवस्थामा फरक हुन्छन्।

triton college

कुनै खेलाडीको शृंगार भनेको उसले जितेको मेडल र उपाधि हो। जसले सबैभन्दा धेरै मेडल जित्छ, ऊ सबैभन्दा शृंगारिक अनि सबैभन्दा सुन्दर खेलाडी। यस्तो कुरा आइरहँदा प्रश्न उब्जन सक्छ, नवौं राष्ट्रिय खेलकुदमा सबैभन्दा शृंगारिक खेलाडी को भयो?

उत्तर सहज छ, ९ स्वर्ण जितेकी दुआना लामा। प्रतियोगिता सकिँदा ९ स्वर्णले सजिएकी दुआनालाई लागेको थिएन–यति धेरै स्वर्ण जितिएला। तर सबैभन्दा धेरै स्वर्ण जित्ने खेलाडी उनै थिइन्। पौडीका विभिन्न विधामा स्वर्ण जित्दा गौरिका सिंह र एस्ली सापकोटा डंगोल पछि परेका थिए।

‘मैले यहाँ अभ्यासमा भन्दा राम्रो खेल्न सकें। कुनै कुनै खेलमा म आफैं अचम्म पर्ने समय निस्किएको छ। त्यसरी निस्किएला भनेर सोचेकी थिइनँ,’ खेलपछिको कुराकानीमा उनले सुनाइन्।


corrent noodles
Metro Mart

अहिले नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडी खेलाडीले पाएको नयाँ प्रतिभा बनिन्, दुआना। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले उनको नाममा पाँच राष्ट्रिय कीर्तिमानसमेत बनेका छन्।

यति धेरै उपाधि र रेकर्ड कसरी? के यहाँको वातावरण नै त्यस्तो हो? ‘हो,’ दुआनाको जवाफ छ, ‘माछापुच्छ्रेको फेदमा आएर खेल्न पाउँदा एकदमै धेरै रमाइलो लाग्यो। पुल पनि राम्रो लाग्यो। बिहान उठेर स्विमिङ पुल आएपछिको हिमालको दृश्य एकदमै रमाइलो लागिरहेको थियो। यसले सकारात्मक ऊर्जा दिइरहेको हुन्छ।’

पौडीका खेल सकिएपछि दुआनाले माछापुच्छ्रे हेर्दै पौडी खेल्दा रमाइलो लागेको बताइन्। उनले पोखराको कोर्टमा रेकर्ड बनाउन सजिलो रहेको दाबी गरिन्।

नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडी खेलाडीले पाएको नयाँ प्रतिभा बनिन्, दुआना। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले उनको नाममा पाँच राष्ट्रिय कीर्तिमानसमेत बनेका छन्।

पौडीमा राम्रो गरे पनि एस्ली र गौरिकासँग धेरै प्रतिस्पर्धा गर्नु नपर्दा उनलाई खल्लो लागेको छ। ‘उनीहरूविरुद्ध खेलेको भए प्रतिस्पर्धा धेरै हुने थियो होला,’ उनले भनिन, ‘नेपालमा नयाँ–नयाँ खेलाडी आइरहेका छन्। नेपालको स्विमिङ विस्तार हुँदै गइरहेको छ। यसले मलाई खुसी दिलाएको छ।’

आशीषले पनि राम्रो खेलेको उनले बताएकी छन्। आशीषले पनि स्वर्ण जितेका छन्। आशीष र एस्ली दिदीभाइ हुन्। उनीहरू दुवै फरक–फरक विधामा च्याम्पियन बने।

ती खेलाडी एनआरएनएका थिए। दुआनालाई नेपालका घरेलु खेलाडीको प्रतिस्पर्धाको स्तर बढिरहेजस्तो लागेको छ। अक्सर युरोपमै बसेर अभ्यास गर्ने दुआनाले भनिन्, ‘यहाँका खेलाडीको फाइटिङ स्पिरिट राम्रो छ। मेरा लागि धेरै राम्रो भयो। कुनै–कुनै इभेन्टमा अझै राम्रो गर्न सक्ने अवस्था भए पनि त्यो गुम्यो। तर म खुसी भएँ।’

दुआनाले अभ्यासमा भन्दा खेलमा राम्रो भएको सुनाइन्। धेरैजसो खेलमा चाहेजस्तै राम्रो समय आए पनि कुनैमा आफूले प्रयास गर्न नसकेजस्तो लागेको छ, दुआनालाई। यद्यपि उनी आफ्नो प्रदर्शनसँग खुसी छन्।

उनले राष्ट्रिय खेलकुदलाई लिएर धेरै सोचेकी थिइनन्। महत्त्वाकांक्षी पनि थिइनन्। यति धेरै गोल्ड जित्ने विश्वासै थिएन। एक–दुई वटामा प्रयास गर्ने उनको लक्ष्य थियो। ‘मलाई यति धेरै गोल्ड जित्नेछु भन्ने नलागे पनि रेकर्डै बने। लाग्छ, अब यी रेकर्ड ब्रेक गर्न गाह्रो छ। मेरो आफ्नै रेकर्ड ब्रेक गर्न पनि अब गाह्रो छ।’ उनले आफ्नो २०० मिटर फ्रिस्टाइलबाहेक फिस्टेलको पोखरीमा पर्सनल बेस्ट आएको बताएकी छन्।


धेरै जितेका गोल्ड देखाउँदै उनले आफ्नो पदक बाबुआमा, नेपालका प्रशिक्षक र स्कुल प्रशिक्षकलाई समर्पण गर्न चाहेको बताएकी छन्। ‘अब मेरो धोको अझै राम्रो अभ्यास गर्ने, समय दिने अनि अर्को रेकर्ड बनाएर नेपालबाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने। नेपालमा पौडी खेललाई धेरै समर्थकमाझ पुर्‍याउने अर्को सपना छ,’ उनले आफ्नो भविष्यको योजनाबारे सुनाइन्।

प्रतियोगिता सकिएपछि अझै धेरै रेकर्ड ब्रेक गर्ने मन छ, उनलाई। प्रतियोगिताअघि रेकर्ड ब्रेक गर्ने सपना मात्रै भए पनि त्यो त्यो अहिले साकार भएको छ।

खेलकुदले उनका लागि पोखरा मन पर्ने सहर बनेको छ। पोखरा सुन्दर भएर मात्र होइन, उनी नेपाली पौडीमा स्थापित भएर पनि त्यो भएको हो। तर यस पटक उनलाई पोखरा डुल्न समय भएन। ‘पोखरा सुन्दर बजार हो। मैले यहाँ यस पटक खासै नयाँ काम केही गरेकी छैन। आराम गर्ने मात्र भइरहेको छ। म पोखरा आइरहेकी हुन्छु। त्यतिबेला सबैतिर घुम्छु,’ उनले अन्तिममा भनिन्।

प्रकाशित: Oct 26, 2022| 08:00 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।