शनिबार, असोज १३, २०८०

विश्व स्वास्थ्य संगठनले कर्णालीलाई दियो १७५ थान कन्सन्ट्रेटर

विश्व स्वास्थ्य संगठनले कर्णाली प्रदेशलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।
 |  सोमबार, साउन २५, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

sagarmatha cement

सुर्खेत- विश्व स्वास्थ्य संगठनले कर्णाली प्रदेशलाई १७५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश साम्बाजिराव पाण्डवले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। 

यसैबीच मुख्यमन्त्री शाहीले प्रतिनिधिमण्डललाई कोरोनाविरुद्धको खोपमा सहयोग गर्न विश्व स्वास्थ्य संगठनको टोलीलाई आग्रह गरेको छ। कर्णाली प्रदेशमा झन्डै १२ लाख खोप आवश्यक भएको भन्दै मुख्यमन्त्रीलाई कोरोनाविरुद्धको खोप सहयोग गर्न आग्रह गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

त्यस्तै कोरोना रोकथाम कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा खोपको अवस्थाबारेमा विश्व स्वास्थ्य संगठनको प्रतिनिधिमण्डल र स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीको टोलीले प्रदेश सरकारसँग छलफल गरेको छ। प्रतिनिधिहरुलाई प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री, प्रदेश सरकारका प्रमुख सचिव गणेशप्रसाद पाण्डे र क्षेत्रीय स्वास्थ्य निर्देशक रविन खड्काले कोरोना नियन्त्रणमा भएका प्रयासबारे जानकारी गराएका थिए।

प्रकाशित: Aug 09, 2021| 18:40 सोमबार, साउन २५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।