बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

लैलामजनू-सांगीतिक प्रेमकथा

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
फिल्मको कथा कश्मिरको सुन्दर लोकेशनबाट शुरू हुन्छ । एतिहासिक प्रेमकथाका पात्र लैलामजनुकै प्रेमकथालाई फिचरिङ गरेका छन् । 

अलिको लैला (तृप्ती मिडरी) मन छुने भूमिकामा छिन् । उनी आफ्नो सुन्दरतालाई चिन्दछिन् र पुरूषहरूसँग कसरी रमाइलो गर्नुपर्छ भन्ने उसलाई थाहा छ । जब कैस (अविनाश तिवारी) लैलालाई भेट्छन् दुबै एकअर्कातिर आकर्षित हुन्छन् ।

कैस मदिराप्रेमी र स्त्रीगमन छन् भन्ने थाहा हुन्छ । कैसको यस किसिमको आदातललाई लैलाले थप मन पराउछिन् । फ्लर्टबाट सुरू भएको कुरा प्रेममा बदलिन्छ ।  लैलाको बुवा एक पावरफुल मान्छे हुन्छन् । यता कैसको बुवा (बेंजामिन गिलानी)सँग सम्पत्तिको कारण झगडा हुन्छ । यसकारण दुबै परिवारले लैजा मजनूको प्रेमलाई स्वीकार्दैनन् । मजनू देश छोडेर जान्छन् चार वर्षपछि उनी फर्किन्छन् । तर ऊ पागलजस्तै भएर फर्केको हुन्छ । 

रोमान्टिक लवस्टोरी फिल्म बनाउने छवि बनाएका इम्तियाज अलिले उही पुरानो लैला मजनुको प्रेम कथालाई देखाएका छन् । फिल्मलाई उनकै भाइ साजिदले निर्देशन गरेका छन् । कश्मिरको सुन्दरतालाई शंशाक भट्टचार्यले गज्जबले खिचेका छन् । 

पुराना कथालाई अहिले पनि उत्तिकै सुन्दर र मिठासले बनाएका छन् । अहिलेका हलुका प्रेमकथामा बनेका फिल्म प्रेमको गहिराइ देखाउने कोसिस गरिएको छ। दुबै प्रेमिप्रेमिकाहरू प्रेममा बेहिसाब पागल छन् । साचो विश्वासको साथ फिल्म अगाडि बढ्दै जान्छ ।   

धेरै सुन्दर देखिएकी तृप्ति आफ्नो भूमिका गज्जबले निभाएपनि कैस बनेका अविनाश तिवारी नै लिड देखिन्छन् । मुख्य कैसको भूमिकातिर नै बढी फोकश गरेका छन् । यस्तो भन्न सकिन्छ कि, ‘एउटा शानदार अभिनेता हुन् ।’ २ घण्टा १५ मिनेटको यस फिल्ममा कुनै पात्रलाई खाली भड्काएका छैनन् । 

अन्तिममा इमोशनल सिनले दर्शकलाई केही गलाउछ । फिल्मको मुख्य आकर्षण म्युजिक रहेको छ । फिल्ममा दश ओटा गीत छन् फेरि पनि अझै भइदिए हुन्थ्यो जस्तो लाग्छ । संगीत निलादरी कुमार र जाँई बरुआ भनिन्छ । यो वर्षको उत्कृष्ठ संगीत हुन सक्ला।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्