नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डे नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका हुन्। वाल्मीकि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति, नेपाल विद्यार्थी संघको उपसभापति भइसकेका पाण्डे २०७० मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा राष्ट्रिय सभा सदस्य र २०७४ मा राष्ट्रिय सभा सदस्य भइसकेका छन्। कांग्रेसको दुई पटक केन्द्रीय सदस्य भइसकेका पाण्डे पार्टीको १४औं महाधिवेशनबाट सह–महामन्त्री चुनिएका हुन्। बाजुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पाण्डेसँग आगामी निर्वाचनमा कांग्रेसले लिएको रणनीति र गठबन्धन दलबीचको सम्बन्धबारे खिला कार्कीले गरेको कुराकानीः
चुनावी मैदानमा हुनुहुन्छ, कत्तिको लागेको चुनाव?
चुनाव लागिसक्यो। प्रचार–प्रसारलाई अगाडि बढाइसकिएको छ । जिल्ला–जिल्लामा उमेदवारहरू जनताको घरदैलोमा जाने काम भइरहेको छ। आमसभा भने निर्वाचन आयोगले १७ दिन अगाडि नगर्न भनेकाले भएका छैनन्। अहिले पार्टीको घोषणापत्र लेखनको काम भइरहेको छ। चुनावी कार्यक्रम अगाडि बढिरहेका छन्।
यो चुनावमा कांग्रेसका खास एजेन्डा के हुन्?
कांग्रेसको मुख्य एजेन्डा भनेको राजनीतिक स्थिरता हो। कांग्रेस नेतृत्वको गठबन्धनले जित्नासाथ हामी प्रतिनिधिसभा विघटन हुने अवस्था सिर्जना हुन दिँदैनौं। अब आउने प्रतिनिधिसभालाई पूर्ण कार्यकालसम्म लैजान्छौं। प्रतिनिधिसभाको निरन्तरता भएपछि सरकार पनि स्थिर हुन्छ। पाँच वर्ष प्रतिनिधिसभाको आयु र सरकारको आयुमाथि कुनै प्रश्न आउँदैनन्। यसले राजनीतिक स्थिरता दिन्छ। राजनीतिक स्थिरताले समृद्धिको ढोका खोल्छ। कांग्रेस र कांग्रेससँग जोडिएको गठबन्धनको मुख्य एजेन्डा यही हो।
२०७४ को चुनावमा पनि गठबन्धन गरेका वामपन्थी दलहरूले राजनीतिक स्थिरताको कुरा गरेका थिए। अहिले विचार र सिद्धान्तै नमिल्ने दलहरूको गठबन्धनले राजनीति स्थिरता दिन्छ भनेर कसरी पत्याउने?
उहाँहरूको विचार मिले पनि व्यवहार र गुण मिलेको थिएन। एकअर्काप्रति सद्भाव र सहिष्णुता देखिएको थिएन। सोही कारण उहाँहरूले राजनीतिलाई स्थिर बनाउन सक्नुभएन। उहाँहरू टुटफुटमा पुग्नुभयो। हाम्रो सिद्धान्त मिल्दैन। वामपन्थी र हामी लोकतन्त्रवादी एक ठाउँमा छौं। हामी एउटा कारणले एउटा बिन्दुमा उभिएका हौं। दुई–दुई पटक प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भन्ने विषयमा हाम्रो एक मत छ। वामपन्थी र लोकतन्त्रवादी एक ठाउँ हुने सम्बन्धको पृष्ठभूमि प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भन्ने नै हो। यही जगमा उभिएर हामी अगाडि बढिरहेका छौं। स्थानीय निर्वाचन नै तालमेल गरेर सम्पन्न गरिसकेका छौं। हामी यो गठबन्धनलाई अझ कसिलो बनाउन चाहन्छौं। स्थानीय तह निर्वाचनका बेलाभन्दा अहिले गठबन्धन कसिलो बन्दै गएको छ। यो गठबन्धनलाई प्रतिफलमुखी र परिणाममुखी बनाउने कोसिसमा हामी छौं।
वामपन्थी र लोकतन्त्रवादी एक ठाउँ हुने सम्बन्धको पृष्ठभूमि प्रतिनिधिसभा विघटन असंवैधानिक थियो भन्ने नै हो। यही जगमा उभिएर हामी अगाडि बढिरहेका छौं। स्थानीय निर्वाचन नै तालमेल गरेर सम्पन्न गरिसकेका छौं। हामी यो गठबन्धनलाई अझ कसिलो बनाउन चाहन्छौं।
हामी प्रतिनिधिसभामा लगभग बहुमतको छेउछाउ पुग्छौं। अहिले हामीसँग राष्ट्रिय सभामा बहुमत छैन। हामी राष्ट्रिय सभामा पनि बहुमत बनाउनेछौं। अबको २ वर्षपछि राष्ट्रिय सभाको चुनाव हुन्छ। अर्को २ वर्षपछि फेरि राष्ट्रिय सभाको चुनाव हुन्छ। त्यो क्रममा राष्ट्रिय सभामा हाम्रो संख्या थपिँदै जान्छ। हामीसँग प्रतिनिधिसभा मात्रै साथमा भएर हुँदैन, कानुन बनाउन राष्ट्रिय सभाको पनि साथ चाहिन्छ। सोही कारण राष्ट्रिय सभामा बहुमत बनाउन आवश्यक छ। राष्ट्रिय सभामा बहुमत पुर्याउन पनि अहिलेको गठबन्धन आवश्यक छ। अहिलेको मुख्य आधार भनेको गठबन्धन राजनीतिक बाध्यता हो। सरकार बनाएर नागरिकलाई ‘डेलिभरी’ दिन प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रिय सभामा पनि बहुमत आवश्यक छ। हामीबीच वैचारिक कुरा मिलेका छैनन् तर अहिलेको नीतिगत कुरामा सहमति छ। यो संविधानलाई कार्यान्वयन गर्ने कुरामा हामी इमानदार छौं। प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष चलाउनुपर्छ भन्नेमा हामीबीचमा सहमति छ। राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभामा बहुमत ‘होल्ड’ गरेर सरकारलाई पाँच वर्ष लैजानुपर्छ भन्नेमा हाम्रो सहमति छ। गठबन्धनमा भएका दलहरूको विश्वास, सम्बन्ध सबैको आधार यही हो।
यसको मतलव पाँच वर्ष सरकार पनि सँगै चलाउने भन्ने सहमति गठबन्धनमा आबद्ध दलहरूबीचमा भइसकेको हो?
एक कार्यकाल गठबन्धनमा रहेका दलहरू एकैसाथ जानुपर्छ भन्ने छ। कांग्र्रेसको नेतृत्वमा भएका गठबन्धन दलहरू मिलेर जानुपर्छ। यो हाम्रो राजनीतिक र संवैधानिक बाध्यता हो। यो विषयमा पहिले नै सहमत भइसकेको हो। पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने, प्रतिनिधिसभालाई पूर्ण कार्यकाल लैजाने भन्ने कुरा सबैले बुझेको र बुझिने विषय हो। हामी राष्ट्रिय सभामा ५९ जनामा जम्मा ११ जना मात्र छौं। ३० जना राष्ट्रिय सभा सदस्य चाहिन्छ बहुमतका लागि। अहिलेको गठबन्धनमा रहेका दलहरूको सहयोग चाहिन्छ। राष्ट्रिय सभामा बहुमत नभई कानुन पास हुँदैन। त्यसो भएकाले हामी अहिले गठबन्धनमा रहेका दलहरूबीच एकअर्कामा आवश्यकता र बाध्यता भएका छन्।
जनताका मुद्दाका सवालमा तपाईंहरूका एजेन्डामा पर्दैनन्?
जनताका मुद्दा जिल्ला, क्षेत्रअनुसार फरक–फरक हुन्छन्। म बाजुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै छु। जिल्ला र निर्वाचन क्षेत्रअनुसार जनताका मुद्दा फरक–फरक हुन्छन्। तर जनताका मुद्दा राजनीतिक स्थिरता र समृद्धि नभईकन सम्बोधन हुन सक्दैनन्। मुलुकलाई समृद्धिको बाटोमा लैजान सर्वप्रथम राजनीतिमा सुधार ल्याउन जरुरी छ। दलहरूमा सुधार नभई राजनीतिमा सुधार हुँदैन। राजनीतिमा सुधार नभई देशमा केही सुधार हुँदैन। देशमा सुधार नभई जनताको मुहारमा हाँसो र खुसी देख्न सकिँदैन। हाम्रो राजनीतिको ध्येय भनेको जनताको मुहारमा हाँसो र खुसी ल्याउनु हो। यसका लागि सबैभन्दा पहिला राजनीतिक दललाई सुधार गर्नुपर्यो। राजनीतिक दल सुधार गर्न सबैभन्दा पहिलो दलका नेताहरू सुधारिनुपर्यो। राजनीतिक पात्रमा सुधार हुनुपर्यो। राजनीतिमा देखिएको विकृति र विसंगति अन्त्य गर्ने अभियान हाम्रो हो। देशलाई एउटा असल राजनीतिक बाटोमा हिँडाउने अभियान छ। यो अभियानको नेतृत्व पार्टीको तहमा पार्टी पदाधिकारीको हैसियतले एवं राज्यको तहका प्रतिनिधिसभा सदस्यको हैसियतले लगनशील र क्रियाशील प्रतिनिधिसभा सदस्यको भूमिका निर्वाह गर्नेछु।
राष्ट्रिय सभामा बहुमत पुर्याउन पनि अहिलेको गठबन्धन आवश्यक छ। अहिलेको मुख्य आधार भनेको गठबन्धन राजनीतिक बाध्यता हो। सरकार बनाएर नागरिकलाई ‘डेलिभरी’ दिन प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रिय सभामा पनि बहुमत आवश्यक छ। हामीबीच वैचारिक कुरा मिलेका छैनन् तर अहिलेको नीतिगत कुरामा सहमति छ।
तपाईं उम्मेदवारहरू चुनावी अभियानमा होमिइसक्नुभयो। तर पार्टीको घोषणापत्र तयार भएको छैन नि?
घोषणापत्र लेखन समितिमा म पनि छु। घोषणापत्र लेखनको काम भइरहेको छ। हामीले दिएको जिम्माअनुसार सुझाव संकलनको काम सकिएको छ। अहिले विशुद्ध प्राविधिक टिमले यसमा काम गरिरहेको छ। डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेललगायतका साथीहरूले काम गरिरहनुभएको छ। हामीले कार्यसम्पादन समितिको बैठकमा छलफल गरिसकेका छौं। अब घोषणापत्र सार्वजनिक गर्न ढिलो हुँदैन। उम्मेदवार प्रचार अभियानमा घरदैलोमा पुग्दै गर्दा समस्या हुन्न। सम्बन्धित जिल्ला, क्षेत्रमा घोषणापत्र पुग्छ।
कांग्रेसको प्रत्यक्षतर्फ कति सिटमा जित्ने आकलन हो?
हामीले उम्मेदवार दिएका अधिकांश क्षेत्रमा कांग्रेसले जित निकाल्छ भन्ने हो किनभने हाम्रो पार्टी अधिकांश क्षेत्रमा पहिलो दल छ। बाँकी धेरैमा दोस्रोमा छ। पहिलो भएका स्थानमा कांग्रेस यसै पहिलो छ। दोस्रो भएका ठाउँमा गठबन्धनका दलहरूको मत मिसिँदा त्यहाँ पनि जित निकाल्न सहज हुन्छ। यसका लागि कांग्रेसले इमानदारीपूर्वक सबै गठबन्धन दलहरूलाई भोट हाल्नुपर्छ। गठबन्धन दलका सबै भोट कांग्रेसका उम्मेदवारलाई आउनुपर्छ। हामीले भोट ट्रान्सफर गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूले सबै प्रदेशमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको हो। त्यो कार्यक्रममा सबै प्रदेशअन्तर्गतका जिल्लाका प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवार, जिल्लाका नेताहरूलाई सहभागी गराइएको छ। त्यसले गर्दा हामीले दाबी गरेका उम्मेदवारले जित निकाल्ने अवस्था हो। दलहरूका बीचमा देखिएको शंका पनि यो प्रशिक्षणले निवारण गर्दछ। यो प्रशिक्षण प्रदेश हुँदै जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडासम्मै पुग्नेछ। त्यसले गठबन्धनलाई मजबुत पनि बनाउँछ। गठबन्धनभन्दा अन्यत्र भोट हाल्नु भनेको विपक्षीलाई जिताउनु हो भन्ने सन्देश दिने हो। सबैलाई गम्भीर र सचेत हुन आह्वान गर्छौं। यो स्थानीय तह चुनावका बेलाभन्दा परिणाममुखी हुन्छ भन्ने लाग्छ।
कांग्रेसभित्रको आन्तरिक समस्या समाधान भएको हो? डा. शेखर कोइरालाले पनि पार्टीको समस्या समाधान भएको बताउनुभयो नि?
हो। नेताहरूले बोलिरहनुभएको छ। यसको सन्देश भनेको हामी अधिवेशनका बेला एकआपसमा प्रतिस्पर्धामा थियौं। टिकट वितरणमा पनि प्रतिस्पर्धामा थियो, कसले लिने भन्नेमा। अब अधिवेशनका बेलाको प्रतिस्पर्धा र टिकट पाउने प्रतिस्पर्धाको चरण सकिएको छ। अब अधिवेशनको प्रतिस्पर्धा पनि होइन, टिकट लिने प्रतिस्पर्धा पनि होइन। अब विपक्षीसँगको प्रतिस्पर्धा गर्ने चरणमा छांै। यो बेला तेरो, मेरो भन्ने हुँदैन। न्याय/अन्याय के भयो भन्ने कुरा अहिलेलाई थाती राखेर पछि समीक्षा गर्ने गरी एकसूत्रीय अभियान हाम्रो पार्टीलाई जिताउने हो। पार्टी जितेर बलियो बनाएपछि बलियो पार्टीमा बहस गर्ने हो, छलफल गर्ने हो, न्याय खोज्ने हो, मूल्यांकन खोज्ने हो।
त्यसो भए पार्टीभित्रको समस्या सुल्झिएको होइन, स्थगित भएको हो?
यसलाई जसरी बुझ्दा पनि भयो। हामीमा विगतमा जुन ढंगको विवाद थियो, त्यो अहिले छैन। अहिले सबैले न्याय पाए। सबै ठीक भयो भन्ने पनि छैन। तर अहिलेलाई जे–जे भयो, त्यसैलाई स्वीकारेर पहिले पार्टी जिताउने, त्यसपछि पार्टीभित्रको न्याय/अन्यायको कुरा छलफलमा ल्याउने हो। डा. शेखर कोइरालाले पनि यही सन्देश दिनुभएको हो। पहिला पार्टी बलियो बनाउने, त्यसपछि बहस, छलफल र प्रतिस्पर्धा गर्ने हो। बलियो पार्टीभित्र अब न्याय खोज्ने हो।
अब तपाईंको निर्वाचन क्षेत्रमा चुनावी चर्चामा जाऔं। बाजुरामा चुनावी अभियान कसरी सञ्चालन गरिरहनुभएको छ ?
मनोनयनपछि म अस्वस्थ भएर बस्नुपर्यो। मलाई डेंगु भएपछि काठमाडौं फर्किएँ। तर साथीहरूले घरदैलो गर्ने, अन्तरक्रिया गर्ने, गठबन्धनका दलहरूसँग छलफल गर्ने काम भइरहेको छ। अब हामी मतदाताका घर–घर पुगेर संवाद गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि निर्वाचन आयोगले तय गरेको निर्वाचन हुनुभन्दा १७ दिन पहिले प्रारम्भ गर्ने निर्वाचन कार्यक्रममा केही स्थानमा ठूला–ठूला आमसभा गर्नेछौं। गठबन्धनका अन्य दलहरूलाई एकैसाथ लिएर जान्छौं। बाजुरामा गठबन्धनले प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य जित्ने गरी चुनावी अभियान सञ्चालन गर्छौं।
हामीमा विगतमा जुन ढंगको विवाद थियो, त्यो अहिले छैन। अहिले सबैले न्याय पाए। सबै ठीक भयो भन्ने पनि छैन। तर अहिलेलाई जे–जे भयो, त्यसैलाई स्वीकारेर पहिले पार्टी जिताउने, त्यसपछि पार्टीभित्रको न्याय/अन्यायको कुरा छलफलमा ल्याउने हो। डा. शेखर कोइरालाले पनि यही सन्देश दिनुभएको हो।
तपाईं आफैं केन्द्रमा बसेर राजनीति गर्नुभयो। नेविसंघको राजनीति अनि त्यसपछि कांग्रेसको राजनीति केन्द्रबाटै गर्नुभयो र स्थापित हुनुभयो। अहिले पहिलो पटक चुनाव लड्न बाजुरा जाँदै हुनुहुन्छ। कस्तो ‘रेस्पोन्स’ पाउनुभएको छ?
मैले जिल्लामा अत्यन्तै राम्रो रेस्पोन्स पाएको छु। म आमचुनावको मैदानमा पहिलो पटक जिल्ला जान लागेको हो। बाजुराबासीले मतदान नै नगरीकन राजनीतिको एउटा बिन्दुसम्म पुग्ने क्षामता राखेकाले जिल्लाले आफ्नो स्वामित्व लिनुपर्छ भन्ने छ। हामीले पनि जिल्लाको उन्नति र विकासका लागि साथ दिनुपर्छ। सहयोग गर्नुपर्छ भन्ने देखिएको छ। बद्री पाण्डेको राजनीति करियरमा जिल्लाको पनि योगदान हुनुपर्छ भन्ने देखिएको छ। यस पटक बद्री पाण्डेलाई जिताउने अवसर पनि हो भन्ने भावना मैले बाजुराबासीमा पाएको छु। बद्री पाण्डे हाम्रो जनप्रतिनिधि भए विकास र समृद्धिको ढोका खुल्छ भन्ने विश्वास मैले बाजुराबासीमा पाएको छु। बाजुराबासीको विश्वास मैले देखेको छु। म बवाजुरामा प्रत्यक्ष चुनावमा होमिएको तिनै बाजुराबासीको विश्वासको जगमा हो। मेरो जितको आधार पनि यही हो।
बाजुरामा चुनावी मैदानमा होमिँदै गर्दा बाजुराबासीको रेस्पोन्स राम्रो पाए भन्नुभयो। तपाईंको जितको आधार के हो? गठबन्धन मात्रै हो कि?
स्थानीय तह चुनावमा बाजुरामा कांग्रेसको गठबन्धन थिएन। कतिपय पालिकामा एमाले र माओवादीबीच गठबन्धन भएको थियो। कतिपय पालिकामा समाजवादी, माओवादी र कांग्रेस गठबन्धनमा थियौं। कहीँ समाजवादी र माओवादीबीचमा पनि गठबन्धन भएको थियो। स्थानीय तह चुनावमा झन्डै हामी एक्लै चुनाव लडेको अवस्थामा थियौं। अहिले स्थानीय तह चुनावमा कांग्रेसले प्राप्त गरेको मत हेर्दा गणितीय हिसाबले पनि हामी जित्छौं। अर्को जितको आधार भनेको प्रतिस्पर्धी उमेदवारहरू पटक–पटक परीक्षण भइसक्नुभएको छ। पटक–पटक चुनाव जितिसक्नुभएको छ। उहाँहरूको हकमा जिल्लामा म नयाँ अनुहार पनि हो। जिल्लाबासीमा नयाँ मान्छेलाई अवसर दिनुपर्छ भन्ने छ। मैले यो भावना बाजुराबासीमा पाएको छु। २०७४ मा हामीले स्थानीय तह निर्वाचन जितेको अवस्थामा पनि प्रदेश र प्रतिनिधिसभामा जित निकाल्न सकेनौं। स्थानीय तह निर्वाचनमा २०७४ को जस्तो अवस्था नभए पनि यो पटक प्रदेश र प्रतिनिधिसभा जित्ने आधार छ। जित निकाल्ने धरातलीय यथार्थ अनि गठबन्धन पनि जितको अर्को आधार हो।
तपार्इं एक पटक सांसद भइसक्नुभयो। अहिले प्रत्यक्ष चुनाव लड्न बाजुरा जाँदै हुनुहुन्छ। बाजुरामा के–के काम गर्ने योजना छ?
म बाजुराबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि बन्न चाहन्छु। म प्रत्यक्ष निर्वाचनमा सहभागी नभईकन पनि सांसद भएँ। तर त्यो अवस्थामा राज्यका निकायमा बस्ने अधिकारीको बुझाइचाहिँ यो कांग्रेसको सांसद हो भन्ने हुँदो रहेछ। त्यस कारण म जिल्लाको सांसद हुन चाहन्छु। बाजुरा सबै कुराले पछि परेको छ। पहिलो मेरो प्रतिबद्धता भनेको बाजुरालाई अरु जिल्लाको हाराहारी पुर्याउने भन्ने हो। पूर्वाधार विकासका हिसाबले, सामाजिक हिसाबले, शिक्षा, स्वास्थ्य सुविधाका हिसाबले समृद्धिका हिसाबले अरु जिल्लाको हाराहारी पुर्याउने हो। अरु जिल्लाको हाराहारीमा बाजुरालाई पुर्याउँदा पनि सबै समस्याको समाधान हुँदैन। त्यसपछि बाजुराका थप आवश्यकतालाई सम्बोधन गर्न लागिपर्नेछु।
तपाईं सधैं सत्ता र शक्तिको नजिक रहनुभयो। दुई–दुई पटक सांसद हुनुभयो। त्यतिबेला बाजुराका लागि के गर्नुभयो?
हामीले बाजुराका लागि धेरै काम गरेका छौं। पूर्वाधार क्षेत्रमा हामीले कर्णाली करिडोर करिब–करिब अलपत्र अवस्थामा पुगेको थियो। सुशील कोइराला प्रधानमन्त्री हुनुभएका बेला हामीले निर्माणको जिम्मा नेपाली सेनालाई दिए मात्र बल्ल निर्माणको बाटो समात्छ भन्ने सुझाव दियौं। प्रधानमन्त्रीलाई पटक–पटक आग्रह गरेपछि सेनाले जिम्मा लियो। अहिले त्यो करिडोर बाजुरालाई छिचोलेर हुम्दा गइसकेको छ। यद्यपि यो गुणस्तरीय छैन। सेती लोकमार्गलाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौं। साँफेबगर–मार्तडी कोल्टीको सडकलाई प्राथमिकतामा राखेका छौं। काम भइरहेको छ। गुणस्तरीय सडक छैन। थप बजेट आवश्यक छ।
विद्युतीकरणका क्षेत्रमा ठूला मेगा प्रोजेक्टको काम भइरहेको छ। कबाडीमा सम्भाव्यता अध्ययन गरिएको छ। डिपिआर तयार हुँदै छ। अरु केही ठाउँमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ। बूढीगंगामा स्मल बूढागंगा भनेर अछामको अहिले अगाडि बढेको आयोजनाका अतिरिक्त अर्को ठाउँमा सम्भाव्यता अध्ययन भइरहेको छ। पर्यटन, शिक्षा क्षेत्रमा उच्च प्राथमिकतामा पर्ने जिल्लाको जस्तो योजना, बजेट जान सकेको छैन। तर हाम्रो प्रयत्न प्रचुर मात्रामा भएको छ। केही खाका बनिसकेको अवस्था छ। बाजुराको सेरोफेरोमा बग्छ, कर्णाली। यो कर्णाली क्षेत्रमा मेगा प्रोजेक्ट गर्न सकिन्छ कि भनेर सम्बन्धित क्षेत्रमा आवाज उठाइरहेका छौं।
बाजुराको छरपस्ट बस्तीले यहाँको विकासमा उत्पन्न हुने समस्यालाई दृष्टिगत गरी एकीकृत बस्ती विकासका लागि आवश्यक कार्यक्रम ल्याउन भूमिका खेलेको छु। धनगढी–बहुनियाँ हुँदै आउने सेती लोकमार्गको उत्तर–दक्षिण कनेक्टिभिटीका लागि आवश्यक काम गर्ने भूमिका खेलेका छौं। बाजुरामा सडक, विद्युत्, टेलिफोनलगायत विकासका पूर्वाधार निर्माण गर्न आवश्यक समन्वय र काम गरेको छु।