शुक्रबार, साउन १, २०८३

स्पेनविरुद्धको खेलमा केनले गोल्डेन बुट लगाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेनविरुद्ध शनिबार हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल्डेन बुट लगाउने भएका छन् । रुसमा सम्पन्न विश्वकपमा ६ गोल गर्दै उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका थिए । केनले विश्वकपमा ६ गोल गरेपनि भित्रदेखि खुसी नभएको खुलासा गरे । 

केनले विश्वकपपछि समर्थकहरुले टोलीबाट अपेक्षा गर्नु पनि जायज रहेको बताए । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक विश्वकप सेमिफाइनलसम्म पुगेको थियो । ‘अब टोलीमा केहि थप दबाब छ । यो राम्रो कुरा पनि हो । प्रतियोगितामा दबाब झेल्दै अगाडी बढ्द अझै राम्रो प्रदर्शन गर्न सकिन्छ,।’

उनले भने, ‘म त्यसबेला एकदम फिट थिएँ । मैले विश्वकपमा अझै धेरै गोल गर्नुपर्ने थियो । मैले केहि राम्रो गोल गरे तर केहि अवसर मैले गुमाएँ । मैले अझ राम्रो खेल्न सक्थें ।’ उनले विश्वकपमा गोल्डेन बुट जित्नु व्यक्तिगत रुपमा भने निकै ठुलो सफलताका रुपमा लिएका छन् ।

मैत्रीपूर्ण खेलको अघिल्लो दिन नै रंगशालाको सबै टिकट सकिनु सकारात्मक पक्ष भएको केनले बताए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।