शनिबार, चैत १४, २०८२

आसिफ शेषले यु १९ को कप्तानी पाएपछि वीरगंजमा खुशियाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वीरगंज- भारत भ्रमणमा जाने यु १९ राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व यहाँका यूवा महम्मद आसिफ शेषले गर्ने भएपछि गृहनगरमा खुशियाली छाएको छ । क्रिकेटमा राष्ट्रिय टोलीको कप्तानीको कमान सम्हाल्ने अवसर पाएका उनी नेपाली क्रिकेट इतिहासमै वीरगंजको पहिलो खेलाडी हुन् ।
 
यसअघि छिमेकी बारा जिल्ला सदरमुकाम कलैयाका पवन अग्रवाल र विनोद दासले राष्ट्रिय टोलीको नेतृत्व गरेपनि आँगनमै क्रिकेट मैदान भएको वीरगंजका खेलाडीका लागी अवसर जुरेको थिएन ।

भारतमा ११ सेप्टेम्बरदेखि नेपाल,भारत,अफगानिस्तान, भारतकै नेशनल क्रिकेट एकेडेमी सहितको टोलीबीच मैत्रीपूर्ण लिग क्रिकेट हुँदैछ । सन २०१२ देखि नै उमेर समूहको क्रिकेटमा राष्ट्रिय टोलीबाट सहभागी भएका उनले पहिलो पटक कप्तानी सम्हाल्दैछन् । आसिफ विकेट किपर र शुरूवाती ब्याट्सम्यानका रूपमा खेल्दै आएका छन् ।

ठूलो सपना साकार भएको छ, आसिफका बुवा महम्मद सलाम शेषले भावुक हुँदै नेपाल समयसँग भने, दुःखजिलो गरेर छोराहरूलार्इ सक्दो अगाडी बढाउने कोशिश गरे, आज भगवानले पनि सुने । राष्ट्रिय क्रिकेटमा शेष ब्रदर्स भनेर चिनिएको राष्ट्रिय क्रिकेट खेलाडीद्व महम्मद आरिफ र आसिफ उनको छोरा हुन् । स्कूले उमेरमै टोलकै चौरमा पहिलो पटक ब्याट समात्दा टाउकोमा बलले नराम्ररी चोट लागेपछि कहिल्यै ब्याट नसमातेका सलामले छोराहरूको क्रिकेट खेलप्रतिको लगावलार्इ प्रारम्भदेखि नै हौंस्याए ।

क्रिकेटको सामाग्री हाम्रो लागी महगो नै थियो,ट्रयाक्टर टेलरको वर्कसप संचालन गर्दै आएका उनले विगत सम्झदै भने,घरको आवश्यक्ताहरूलार्इ थाती राखेरै भएपनि छोराहरूलार्इ खेल्ने सामाग्री जुटाउने कोशिश गरे ।

स्थानीय विद्यासदन स्कूलमा दुबै खेलाडीलार्इ पढाउने मात्र नभएर खेल मैदानमा थपडी बजाएर हौंस्याएका प्रधानाध्यापक लालबहादुर गुरूगंले,चेलाले अवसर पाउँदा गुरूलार्इ गर्वको अनुभूती हुनु स्वाभाविक भएको प्रतिकृया दिए । उनीहरूको लगन देखेर खुशी लाग्थ्यो, प्रधानाध्यापक गुरूगंले भने, स्कूलको प्रशिक्षक जहुर अंसारीको पनि ठूलो योगदान छ, आफूले क्रिकेट खेलमा देखेको सपना उनले सानानानीहरूलार्इ अघि बढाएर पुरा गर्दैछन् । 

स्कूल स्तरिय क्रिकेटबाट नै राम्रा खेलाडीको पहिचान हुने भएकोले वीरगंजबाट आसिफ, आरिफ जस्ता उम्दा खेलाडीको उत्पादन हुनुमा विद्यासदन स्कूलको महत्वपूर्ण योगदान रहेको छ । पर्सा क्रिकेट संघका अध्यक्ष महम्द दाउद अंसारी भन्छन्, उमेर समूहको क्रिकेट खेलमा विद्यासदनका खेलाडीको तुलना अरूसँग गर्न सकिन्न ।

७ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेको हो, क्यान प्रदेश २ का प्रशिक्षक प्रकाश शर्माले प्रशिक्षण शिविरको नियमित समय सकिएपनि दुबै दाजुभार्इले अतिरिक्त समय खेल अभ्यास गराउन कर लगाउने गरेको बताए । उनले भने, अरू खेलाडीहरू क्याम्पको समय सकिएपछि विश्राम गर्न जान्थे तर यी दुबै दाजुभार्इले अतिरिक्त समय पनि खेल सिक्ने धैर्यता हुन्थ्यो ।

मैत्रीपूर्ण भएपनि यो टुर्नामेन्ट जस्तै हो, आसिफले भ्रमणको तयारीबारे प्रतिकृया दिंदै भने, हाम्रो टीम यंग छ, उत्साह भरपूर छ । राम्रा टीमसँग खेल्न पाउँदा धेरै सिक्ने अवसर पाइन्छ । आफ्नो खेल कुन स्तरको छ भन्ने जाँच्ने मौका पनि हो । आसिफ नेतृत्वमा नेपाली टोली सोमबार भारत भ्रमणका लागी प्रस्थान गर्नेछ । आसिफसँगै प्रदेश २ को वीरगंजबाट पेस बलर रासिद खान, कलैयाबाट पवन सर्राफ, ट्रिट राज दास, निखिल सिंह, रवि साह १५ सदस्यीय टोलीमा अटाएका छन् ।

नेपालको पहिलो खेल एनसीएसँग १२ सेप्टेम्बरमा, दोश्रो खेल १४ सेप्टेम्बरमा भारतीय टोलीसँग र तेश्रो खेल १६ सेप्टेम्बरमा अफगानी टोलीसँग हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।