शनिबार, वैशाख २२, २०८१

बाईबाई गण्डकी, कर्णालीमा भेटौंला

११ टिम सम्मिलित खेलकुदमा आर्मीले सर्वाधिक १०० भन्दा धेरै स्वर्ण जितेको छ। यससँगै आर्मी विजेता बनेको हो। प्रदेशहरुको गण्डकी शीर्षस्थानमा छ। अघिल्लो खेलकुदमा झैँ यो वर्ष पनि गैरआवसिय नेपाली (एनआरएन) को पनि सभागीता रहेको थियो। एनआरएनले पनि १० स्वर्ण जितेको छ। यससँगै एनआरएनले छैटौं स्थान हात पारेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, कात्तिक ४, २०७९

पोखरा- नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुदको बिहीबार साँझ समापन भएको छ। गण्डकी प्रदेशको कास्की, गोरखा, बाग्लुङ, म्याग्दीलगायतका जिल्लामा सञ्चालन भएको प्रतियोगिताको पोखरा रंगशालामा समापन गरिएको हो।

triton college

रंगशालामा भव्य समारोहका माझ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गरे। अब १० औं संस्करणको खेलकुद भने कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले जनाएको छ। राखेपको बुधबार राति बसेको ११ औं बोर्ड बैठकले २०८१ को मंसिरमा गर्ने निर्णय गरेको छ। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशलाई झण्डा वितरण गरेका छन्।

कर्णालीका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले झण्डा स्वीकार गरेसँगै नवौं खेलकुद सकिएको हो। बिहीबार सम्पन्‍न भएको खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित ३७१ पदक जितेको छ। आर्मीले लगातार दोस्रो पटक राष्ट्रिय खेलकुदमा १०० भन्दा धेरै स्वर्ण जितेको हो। उसले ११० रजत जित्दा ८९ काश्य पदक जितेको छ।

प्रतियोगितामा सर्वाधिक स्वर्णसँगै सबैभन्दा धेरै रजत र काश्य जित्ने टिम पनि आर्मी नै बनेको छ। अर्को विभागीय टिम एपीएफले भने ६५ स्वर्ण, ७२ रजतसँगै ८२ काश्य जितेको छ। एपीएफले समग्रमा २१९ पदक जितेको राखेपले जानकारी दिएको छ। तेस्रो भएको नेपाल पुलिसले भने ६१ स्वर्णसहित १९५ पदक जितेको छ। प्रदेशहरुमा सबैभन्दा धेरै पदक जितेको आयोजक गण्डकी भने चौथो स्थानमा छ।

विभिन्‍न ३६ खेलमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब पहिलो भएको छ। त्यस्तै विभागीय टिम एपीएफ क्लब दोस्रो र तेस्रो स्थानमा पुलिस क्लब रहेको छ। त्यस्तै आयोजक गण्डकी प्रदेश चौथो भएको छ।

corrent noodles
Metro Mart

११ टिम सम्मिलित खेलकुदमा आर्मीले सर्वाधिक १०० भन्दा धेरै स्वर्ण जितेको छ। यससँगै आर्मी विजेता बनेको हो। प्रदेशहरुको गण्डकी शीर्षस्थानमा छ। अघिल्लो खेलकुदमा झैँ यो वर्ष पनि गैरआवसिय नेपाली (एनआरएन) को पनि सभागीता रहेको थियो। एनआरएनले पनि १० स्वर्ण जितेको छ। यससँगै एनआरएनले छैटौं स्थान हात पारेको छ।

समापनमा नेपाली कलाकार प्रकाश सपुत, मिलन नेवारलगायतले प्रस्तुति दिएका थिए। समापन समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराले ओलम्पिक चार्ट निभाएका थिए। त्यसअघि बोल्दै उनले अब १२ वर्षपछि गण्डकीमा यस्तै खेलकुदको माहोल फर्किने बताएका छन्।

प्रतियोगिताको अन्तिम खेलस्वरुप भएको पुरुष फुटबलको फाइनल खेलअन्तर्गत सडन डेथमा एपीएफल आर्मीलाई ६–५ ले हराएसँगै खेलकुदको समापन भएको हो। अन्तिम दिनमा भएको उसु खेलमा आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कास्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ। विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कास्की पदक जितेको छ।

त्यस्तै, जुडोमा आर्मीले ९ स्वर्ण पदक जितेर विजेता भयो। समग्रमा विजेता बनेको आर्मीले कबड्डीमा पनि डिफेन्डिङ च्याम्पियनले दोहोरो स्वर्ण जित्यो। अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो।

अन्तिम दिनको स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बन्यो। गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिंहालाई ३–० को सोझो सेटमा हराए।

नवौं राष्ट्रिय खेलकुदको विदाइकै दिन महिला फुटबल पनि भएको थियो। स्याङ्जामा भएको प्रतियोगितामा भने पुलिसलाई हराउँदै एपीएफको टिमले स्वर्ण जितेको छ। प्रतियोगिताको अन्तिम स्वर्ण जित्ने भाग्यमानी टिम भने आर्मी रह्यो। उसले पोखरा रंगशालामा प्रधानमन्त्री शेरबहादुर देउवासामु स्वर्ण जित्यो।


समापनमा नेपाली कलाकार प्रकाश सपुत, मिलन नेवारलगायतले प्रस्तुति दिएका थिए। समापन समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराले ओलम्पिक चार्ट निभाएका थिए। त्यसअघि बोल्दै उनले अब १२ वर्षपछि गण्डकीमा यस्तै खेलकुदको माहोल फर्किने बताएका छन्।

‘अब सबै प्रदेशमा सकिएपछि अब १२ वर्षपछि फेरि राष्ट्रिय खेलकुद गर्ने पालो गण्डकीको आउनेछ। तपाईहरु अब त्यसको तयारी गर्नुहोला,’ मन्त्री गहतराजले भने। यता प्रधानमन्त्री देउवाले यो प्रतियोगिताबाट पाढ सिकेर अघि बढ्नुपर्ने बताएका छन्। ‘प्रतियोगिताको समाप्तिसँगै यसदौरान सिकिएका पाठबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्ने गरि अघि बढ्न आवश्यक छ,’ उनले भनेका छन्।

उनले यस्तो खेलकुद प्रतियोगिता नियमित तवले भइरहनु पर्ने पनि बताएका छन्। ‘खेल नियमित हुन नसक्दा खेल प्रतिभा पलायन हुन सक्ने सम्भावना रहन्छ,’ देउवाले भने।

देउवाले समापन मन्तव्य दिएपछि अर्को खेलकुदको प्रतियोगिता आयोजक कर्णाली प्रदेशले पनि आफ्नो प्रस्तुति दिएको थियो। यता प्रधानमन्त्री देउवाले खेलकुदको च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई रनिङ ट्रफी प्रदान गरेका छन्।

आर्मी क्लब १० लाखको रनिङ ट्राफी पाउने पहिलो क्लब भएको छ। राष्ट्रिय खेलकुदमा यसै वर्षबाट मात्र रनिङ ट्रफी दिने चलन बसाइएको हो। कार्यक्रममा आतिसबाजी गरेर समापनको संकेत गरिएको थियो। आतिसबाजीका लागि भारतबाट विभिन्‍न खाले पटाका ल्याइएको थियो।

प्रकाशित: Oct 21, 2022| 09:20 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।