शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • आफ्नै गल्ती ढाकछोप गर्दै पौडी संघ, मापदण्डको धज्जी उडाएर राष्ट्रिय प्रतियोगिता र रेकर्ड

आफ्नै गल्ती ढाकछोप गर्दै पौडी संघ, मापदण्डको धज्जी उडाएर राष्ट्रिय प्रतियोगिता र रेकर्ड

पोखरामा धमाधम पौडी खेलका रेकर्ड बन्ने थालेपछि पोखरीको मापदण्डबारे प्रश्न उठेका छन्। पोखरी मापदण्डभन्दा १४ सेन्टिमिटर छोटो पाइएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक ३, २०७९

पोखरा– पौडीबाज डुआना थापाले नवौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण जितिन्। नवौं राष्ट्रिय खेलकुदमा नेपाली पौडीले पाएको नयाँ प्रतिभा बनिन् उनी। उनले २०० मिटर ब्रिस्टस्ट्रोक, सोही विधाको १०० मिटर, ८०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रिस्टरोक रिलेमा रेकर्डसमेत बनाइन्। अहिले उनको नाममा पाँच राष्ट्रिय कीर्तिमान बनेका छन्।

triton college

पौडीका खेल सकिएपछि खेलाडी डुआनाले माछापुच्छ्रे हेर्दै पौडी खेल्दा रमाइलो लागेको बताइन्। उनले पोखराको कोर्टमा रेकर्ड बनाउन सजिलो रहेको दाबी गरिन्।

‘मैले यहाँ अभ्यासमा भन्दा राम्रो खेल्न सकें। कुनै कुनै खेलमा म आफैं अचम्म पर्ने समय निस्किएको छ। त्यसरी निस्किएला भनेर सोचेकी थिइनँ। मलाई लागेको थिएन, यति धेरै गोल्ड जित्नेछु। मलाई लाग्छ, अब यी रेकर्ड ब्रेक गर्न गाह्रो छ। मेरो आफ्नै रेकर्ड ब्रेक गर्न पनि अब गाह्रो छ।’ उनले आफ्नो २०० मिटर फ्रिस्टाइलबाहेक फिस्टेलको पोखरीमा पर्सनल बेस्ट आएको बताएकी छन्।

पौडीमा राम्रो गरे पनि एस्ली र गौरिकासँग धेरै प्रतिस्पर्धा गर्नु नपर्दा उनलाई खल्लो लागेको छ। ‘उनीहरूविरुद्ध खेलेको भए प्रतिस्पर्धा धेरै हुने थियो होला,’ उनले अन्तिममा भनिन्। पोखरामा धमाधम रेकर्ड बन्ने थालेपछि पोखरीको मापदण्डबारे नै प्रश्न उठेका थिए। पछिल्लो जानकारीअनुसार पोखरी मापदण्डभन्दा १४ सेन्टिमिटर छोटो पाइएको छ।

पौडी खेल पोखरामा गराउन नेपाल पौडी संघ अध्यक्षसमेत रहेका अशोक बज्राचार्यले ठूलो प्रयास गरेको बताउँछन्। उनको संयोजकत्वपमा पोखरामा पौडी गराउने/नगराउने सन्दर्भमा प्राविधिक समिति बनेको थियो। उनले गराउने मिल्ने भन्दै सिफारिस गरेका थिए। यसबारे कुरा हुँदा उनले तीन/चार इन्च फरक परेको मात्र बताए।

corrent noodles
Metro Mart

‘अहिले काठमाडौंबाहिर प्रतियोगिता गराउन  सजिलो छैन। पहिले नेपालगञ्जमा पनि त्यस्तै भयो। हुँदैन भनिरहेका बेला मैले हुन्छ भनेर प्रतियोगिता गराएँ। त्यतिबेला नगरेको भए अहिले पनि हुँदैन थियो होला। देशका राम्रा खेलाडीले काठमाडौंबाहिर पनि प्रतियोगिता खेल्न पाएका छन्। खेलाडीलाई माइलेज भयो,’ मापदण्ड मिचेरै खेल सम्पन्न गरेपछि व्रजचार्यले भनेका छन्।

उनले अगाडि भने, ‘यो एउटा भेन्यु भयो। यति नहुँदा अस्ति धेरै द्विविधा थियो, जसको काठमाडौंको पुलमा टाइमिङ मिलिरहेको छैन उनीहरूको यहाँ मिलेको छ र रेकर्ड बनिरहेका छन्। हामी अब हरेक वर्ष यहाँ प्रतियोगिता गर्नेछौं।’ 

उनले पोखरामा अब मेयर कप पौडी प्रतियोगिता गर्ने दाबी गरेका छन्। ‘मैले यहाँका मेयरसँग कुरा गरेर मेयर कपका नाममा प्रतियोगिता गराउनेछु। यसरी अघि बढ्दै गए नयाँ कुरा आउँदै गर्छन्। यहाँ प्रतियोगिता गर्न मलाई मात्र रहरको कुरा हो?’ मापदण्ड मिचेको कुरा उठेपछि उनी केही आक्रोशित सुनिए।

वज्रचार्यसँगको कुराकानी

तपाईंका प्राविधिकले नापे कि नापेनन्?
हामीले नापेका छौं।

१४ सेन्टिमिटर छोटो भयो भनेर नयाँ तथ्यांक आएको छ?
त्यो मान्छेको टेपको कुरा हो। हाम्रो अफिसियल टेपको कुरा गर्दा एक–दुई इन्चको फरक हो। त्यसलाई मात्र सोच्ने हो भने काठमाडौंबाट बाहिर ननिस्कने भइयो। अब देशको इनिसिएसन आएको छ।

सुरुमै प्रतिवेदन बुझाउने क्रममा अलिकति तलमाथि भएको थियो भन्नुभएको रहेछ नि?
यसरी सबै कुरा भन्ने हो भने मैले ठाउँ छाडिदिनुपर्छ। तपाईंहरूले खुलाउँदै जाँदा मैले परिषद्लाई दोष दिने, उहाँ (परिषद्)ले संघको दोष मान्ने भन्ने कुरा हुन थाल्यो भने के हुन्छ? यो प्रतियोगितामा मेरो बर्थडे मनाएको त होइन,  मिस अन्डरस्ट्यान्डिङ हुन्छ। मलाई अघि पनि त्यही कुरा सोधिएको छ।

प्रतिवेदनमा भएजस्तै हो वा केही फरक हो भन्ने प्रश्न हो, खासमा।
प्रतिवेदनका सन्दर्भमा साधारण अलिकति कुरा आएका छन्। यसले गर्दा मिस अन्डरस्ट्यान्डिङ हुन्छ। त्यसैले मैले यी कुरा आफैंले दायित्व जिम्मेवारी वहन गरेको हुँ। यसलाई म ढाँट्दिनँ। यो कुराको जिम्मेवारी लिन तयार छु। हेर्दा कति सेन्टिमिटर कम छ, अघि कुरा(१४ सेन्टिमिटरको) पनि आयो। मापदण्डमा दिइरहेका कुरा मिलाएर गर्दा काठमाडौंबाट निस्किनै सकिँदैन।

अब प्रदेशमा इनिसिएसन आयो नि। तर मलाई  अहिलेसम्म गरेको प्रतियोगितामध्येकै बेस्ट मानेको छु। अब अन्य प्रदेशहरूले पनि बनाउँछन्। पहिले यहाँ हुने भनेको प्रतियोगिता पनि काठमाडौंमै हुने भनिएको थियो। मैले गर्दा नै यहाँ ल्याएको हो। त्यसका लागि हामीले छलफल गरेका छौं। यसको दोष म आफैं भोग्न तयार छु।

०००

यो वर्ष गौरिका सिंह पहिलो दिनको हिट चरणका खेलपछि अस्वस्थ भइन्। उनले फाइनल राउन्ड खेल्न सकिनन्। अस्वस्थ भएर डाक्टरको रिपोर्ट ल्याइएपछि उनले एउटा इभेन्ट खेलिनन्। तर त्यही दिन भएको अर्को इभेन्टमा उनले खेलिन्। ‘केही समयअघि मात्र अस्वस्थ भएकालाई अर्को खेल खेल्न डाक्टरको रिपोर्ट चाहिँदैन?’ पौडीबारे जानकार एक व्यक्तिले प्रश्न गरेका छन्।

नेपालका लागि धेरै प्रतियोगिता खेलिसकेकी गौरिकाले यो प्रतियोगितामा तुलनात्मक रूपमा कम जितिन्। धेरै इभेन्टमा ड्रप भए पनि उनले आफू सहभगी प्रतिस्पर्धामा स्वर्ण जितेकी छन्।

नेपाली घरेलु प्रतियोगितामा यो वर्ष थपिएको नाम हो, एस्ली सापकोटा। उनले ६ वटा स्वर्ण पदक जितिन्। गैरिका सिंहले प्रतिस्पर्धा नगरेको १०० मिटर बटरफ्लाईमा भने एस्लीले दुई सेकेन्डले तोडेकी छन्। गौरिकाको रेकर्ड तोडेपछि एस्लीले भनेकी छन्, ‘मलाई गौरिकासँग धेरै सिक्न मन छ। उनले कति चाँडै पौडिरहेकी हुन्छिन्, त्यो कसरी हो, मलाई जान्न मन छ। उनी राम्ररी बोल्छिन्। उनको त्यो कुरा मलाई मन पर्छ।’ गौरिकाको स्विमिङबाट प्रभावित एस्लीले उनकै रेकर्ड तोडेकी हुन्।

४०० मिटरमा पोखरमा नासिर याहा हुसेनले २४ सेकेन्ड बढीले आफ्नै रेकर्ड तोडेका छन्। पौडीमा आफ्नै रेकर्ड यति धेरै समयले तोडिनु नौलो कुरा हो। त्यसो त, अभिनव सुब्बाको नाममा रहेको १०० मिटर बटरफ्लाईमा पनि नयाँ युवा खेलाडी आशीष सापकोटाले रेकर्ड तोडे। उनी एनआरएनएका खेलाडी हुन्।

त्यस्तै, २०० मिटर ब्याकस्ट्रोकमा सुभम श्रेष्ठले बनाएको रेकर्ड आशीष सापकोटा र विकास कुमालले तोडे। अहिले यो कीर्तिमान आशीषको नाममा पुगेको छ। यी सबै खेलाडी क्षमतावान् छन्। उनीहरूको क्षमतामा प्रश्न गर्ने ठाउँ छैन। तर गलत तरिले प्रतिस्पर्धा गरेपछि बनेको रेकर्डबारे सही नियम पालना गरेर बनेका कीर्तिमान पछि परेको अवस्थामा ती खेलाडीलाई अन्याय हुने देखिन्छ।

यसरी काठमाडौंबाहिर प्रतियोगिता गराउने नाममा मापदण्डविपरीत बनेका पोखरीमा बनाएको कीर्तिमानको के अर्थ?

‘अब यसरी छोटो पुलमा प्रतियोगता आयोजना गरेर रेकर्ड कायम गर्दै जाने हो भने भोलि अर्कोले आधा मिटर छोटोमा प्रतिस्पर्धा गराउला। त्यसमा आएको समय पनि रेकर्ड मान्न मिलेन!’ पौडी संघका एक पदाधिकारीले भनेका छन्।

प्रकाशित: Oct 20, 2022| 16:31 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।