शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • खेल सामग्री, पोसाक वितरण, स्थल व्यवस्थापन, प्राविधिक जाँचमा प्रश्नैप्रश्न

खेल सामग्री, पोसाक वितरण, स्थल व्यवस्थापन, प्राविधिक जाँचमा प्रश्नैप्रश्न

राष्ट्रिय खेल प्रतियोगितामा व्यवस्थापन भद्रगोल हुँदा उसु, ब्याडमिन्टन कबड्डी, फुटबललगायतका खेल झगडाका कारण ढिलो सञ्चालन गरियो भने खेलाडीलाई खेलका लागि आवश्यक सामग्रीसमेत वितरण गरिएन।
 |  बिहीबार, कात्तिक ३, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, कात्तिक ३, २०७९

पोखरा– पोखरामा बिहीबार नवौं राष्ट्रिय खेलकुदको अन्तिम दिन। अघिल्लो दिन बसेको राष्ट्रिय खेलकुद परिषद्को ११औं बैठकले अन्तिम दिनबारे टुंगो लगाइसकेको छ। राखेपका सदस्य एवं समारोह समिति संयोजक एकेन्द्र कुँवरका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकुदको समापन गर्नेछन्।

triton college

प्रतियोगिताअघि कुनै बाधा–व्यवधानबिनै खेलकुद सकिन्छ भन्ने राखेपले दाबी गरेको थियो। विशेषतः सदस्य सचिव टंकलाल घिसिङले सबै कुरा मापदण्डअनुसार र ठीक तरिकाले खेलकुद हुने विश्वास गरे पनि खेलकुदमा दर्जन बढी झगडा भएका छन्। उसु, ब्याडमिन्टन कबड्डी, फुटबललगायतका खेल यस्तै झगडाका कारण ढिलो हुन पुगेका छन्।

४० वर्ष पुराना सामग्रीमा जिम्न्यास्टिक
खेल सामग्री गुणस्तरीय नहुँदा खेलाडीका साथै जर्ज असन्तुष्ट भएका छन्। ४० वर्ष पहिले पोखरामा दोस्रो राष्ट्रिय खेलकुद हुँदा खेलिएका सामग्रीमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेल खेलाउनुपरेको बताएका छन्। 

ग्राउन्ड फ्लोरमा प्रयोग गर्ने म्याडसमेत उपयुक्त नभएको उनीहरूको गुनासो छ। गुणस्तरहीन सामग्री उपयोग गर्नुपर्दा खेलाडीलाई चोटपटक लाग्न सक्ने सम्भावना बढी हुने जजको भनाइ छ। कमसल सामग्रीका कारण ढुक्कसँग आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको खेलाडीले बताएका छन्। 

फुटबल खेलमा झेल
फुटबलमा राखेपले नियमविपरीतका खेलाडी दर्ता गरेपछि खेलको नतिजा नै उल्टिएको छ। पहिलो खेलमै एनआरएनएले प्रदेश १ लाई हराएको थियो। तर एनआरएनएले नेपालमा रहेका खेलाडी खेलाएको भन्दै विरोध गरेपछि यो खेल नै रद्द भयो।

corrent noodles
Metro Mart

पछि प्रदेश १ को पक्षमा ३–० को जितको नतिजा पुगेको थियो। उसले आठभन्दा धेरै खेलाडी नेपालमै रहेकालाई समावेश गरेको थियो। ती खेलाडी खेलाउन नपाएपछि उसको टिममा १२ खेलाडी मात्र रहे। दुई जना चोटले खेल्न नसक्ने अवस्थामा भएपछि उसका खेल रद्द भए।

यता, प्रदेश १ ले फुटबलको छनोटमा मनोमानी गर्यो। यस्ता कुरालाई राखेपले आँखा चम्लिएर सदर गरेको छ।

मापदण्डविपरीतका पौडीपोखरी

मापदण्डअनुसार सर्ट कोर्समा पौडीपोखरी २५ गुणा १८ दशमलव पाँच ५ को हुनुपर्छ। यसमा ६ वा त्योभन्दा धेरै लेन र डेढ मिटर गहिरो हुनुपर्छ। यही मापदण्डअनुसार पौडीका प्राविधिकले राष्ट्रिय खेलअघि पोखराको पौडीपोखरी जाँच गरेका थिए। त्यसपछि अशोक वज्रचार्य संयोजक रहेको समितिले प्रतियोगिता गर्न मिल्ने बताएको थियो।

पोखराको फिस्टेल एकेडेमीमा पौडी खेल सञ्चालन भएका छन्। दर्जन बढी राष्ट्रिय रेकर्ड कायम भएका छन्। तर पोखरीको लम्बाइ भने १४ सेन्टिमिटर छोटो पाइएको छ। सर्ट कोर्समा १४ सेन्टिमिटर छोटो भएपछि ४०० मिटर पौडीमा धेरै लम्बाइमा फरक पर्ने हुन्छ।

यद्यपि पौडी संघले यी सबै रेकर्डलाई मान्यता दिएको छ। ‘आज १४ सेन्टिमिटर छोटो पोखरीमा रेकर्ड दिएपछि अब आधा मिटर छोटो पुलमा रेकर्ड बन्यो भने मान्यता दिने कि नदिने?’ पौडीका एक पदाधिकारीले नेपाल समयसँग भने। उनका अनुसार यो रेकर्ड रद्द हुने अवस्थामा छन्।

कबड्डीमा बाजाबाज 

अहिले पोखराको एसआरकेसी बेंक्वेटमा कबड्डीका खेल भइरहेका छन्। पहिल रञ्जना पार्टी प्यालेसमा गर्ने भनिए पनि आयोजकले पैसा बचाउन यो बेंक्वेटमा प्रतियोगिता आयोजना गर्यो।

तर प्रतियोगितामा उस्तै समस्या आयो। गण्डकीका खेलाडीले रेफ्रीको क्षमतामाथि नै प्रश्न उठाएका छन्। गण्डकीको पक्षमा बोल्दै एक  अफिसियलले भनेका छन्, ‘यहाँ २० मिनेट खेलाउनुपर्ने हो। तर टाइम आउटको समयलाई पनि घटाइएको छैन। खेल सुरु भएको जति समय भएको छ, त्यसको आधारमा २० मिनेट खेलाउँदा खेलाडीले १८ मिनेट पनि खेल्न पाएनन्।’

यस्तै विषयमा विवाद सुरु भएपछि हात हालहालको अवस्थामै खेल पुगेको थियो। 

‘दुई प्वाइन्टमा प्रश्न गरेका छन् खेलाडीले। पूरा समय खेलाइएन अनि गण्डकीलाई अंकित गरेर जति समयमा प्वाइन्ट दिनुपर्ने हो, त्यो समय दिइएन। समय बितेपछि दिइयो,’ कास्की जिल्ला खेलकुद अध्यक्ष तोरणबहादुर बानियाँ भन्छन्।

‘रेफ्रीलाई कसरी खेलाउने हो, नियम नै थाहा छैन। अब हामीलाई रेफ्रीको सर्टिफिकेट चाहियो। नभए नवौं राष्ट्रिय खेलकुदमा कबड्डीको खेल हुँदैन,’ एक खेलाडीले भनेका छन्। तर भोलिपल्ट मात्र विवाद समाधान भएपछि खेल सुरु भएका थिए। त्यसअघि गण्डकीका खेलाडीले रिङमै सुतेर खेल अवरोध गरेका थिए।

आर्चरीमा कमजोर सामान, भ्रष्टाचारको आशंका
आर्चरीका एक खेल सञ्चालक रेफ्रीले सामान कमजोर र काम गर्न नसक्ने अवस्थाका रहेको बताएका छन्।

प्रतियोगिताका बेला प्रयोग गएका एरो पनि कमसले सामानबाट बनेको पाएइको छ। सीधै लक्ष्यमा नजाने खाले रहेको छ। त्यस्तै, खेल स्थलमा उपलब्ध लक्ष्यमा राखिने डिस्क पनि कमसल र चाँडै च्यातिएर जाने ती रेफ्रीले बताए।

भलिबलमा खेलाडीलाई चोट
रंगशालाको गेटैछेउमा भएको पुरुष भलिबलमा ठूलो संख्यामा दर्शकको उपस्थिति थियो। तर खेलाडी लड्ने र चोट लाग्ने भइरहे। भलिबलको तेस्रो दिन मात्र चारभन्दा धेरै खेलाडी चोटग्रस्त भएका थिए।

यसै कारण मैदानमा कार्पेट राख्ने र निकाल्ने काम भइरहे। भलिबलमा अक्सर नराखिने र कमसल कार्पेट राखेपछि खेलाडीलाई चोट लागेको हो। यसरी चोट लागेपछि राम्रो टिमका उत्कृष्ट खेलाडीले खेल्न पाएनन्।

चोट लागेर खेल्नै नसक्ने अवस्थामा खेलाडीलाई भलिबल छाड्न बाध्य बनाउनेसम्म हुन सक्छ। भलिबलको ग्राउन्ड व्यवस्थापनमा गम्भीर लापर्वाही भएको छ।

कर्णालीको तेक्वान्दो टिमले पाएन किट

 

कर्णालीका २६ खेलाडी र केही अफिसियलले खेल सकिँदासम्म किट नै पाएनन्। लामो पदयात्रा र विमानमा पोखरा पुगेका खेलाडी र अफिसियलले किट नपाएका हुन्।

तेक्वान्दो खेल म्याग्दीको बेनीमा सञ्चालन भएको थियो। त्यसका लागि कर्णालीको ३३ जनाको टोली खेलस्थल पुगेको थियो। राखेपले पोखरा आउने भत्ता दिए पनि त्यसले प्लेनको यात्रा र होटल व्यवस्थापनमा खर्च पुग्ने अवस्था थिएन। उनीहरू उद्घाटन समारोहमा पोखरा आए।

आफ्नो भागको किट माग्दा केहीले मात्र पाए। ‘मलाई एउटा किट दिइएको छ। ज्याकेटको चेनै लाग्दैन। मलाई ४४ नम्बरको जुत्ता लाग्नेमा ४२ नम्बरको दिइएको छ। कसलाई भन्ने?’ ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सुदन केसीले गुनासो पोखे।

कर्णाली टिमका व्यवस्थापक हुन् दिलीप श्रेष्ठ। उनको प्रश्न छ, ‘अस्ति उद्घाटनमा पाएनन्, पाएनन्। अब समापन समारोहमा पनि नदिने हो भने हामीले त्यो किट कहिले लगाउने हो?’ उनले राखेप कर्मचारीले गम्भीर लापर्वाही गरेको आरोप लगाए।

प्रकाशित: Oct 20, 2022| 12:46 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।