एजेन्सी-यस अघि युएसमा हुने भनिएका स्पेनिस ला लिगाका खेलहरु युएसमा हुने ९० प्रतिशत सम्भावना रहेकको ला लिगाका प्रमुख जेभियर टेबासले बताएका छन् । जनवरीमा बार्सिलोना र गिरोनाबीच गिरोनाको घरेलु मैदानमा हुने जेभियरले एक अन्तराष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उक्त उत्तरी अमेरिकामा हुने ला लिगा खेललेबाट २ सय मिलियन युरो कामाई हुने समेत बताएका छन् । जेभियरले भने, ‘गिरोनाको प्रमुख सेयरदाताको बहुमतसँग म्यानचेस्टर सिटीले पछिल्ले महिना अमेरिकी मनोरञ्जन कम्पनी रिलेभेन्टसँग हस्ताक्षर गरेको थियो ।’ हस्ताक्षरमा दुई पक्षबीच १५ बर्षको सँमझौता भएको छ ।
उक्त सम्झौता अनुसार युएसमा खेल्न क्याटलान पक्षलाई पोत्साहन गरेको खुलेको छ । जबकी कुनै पनि टोली युएसमा खेल्न मानिरहेका छैनन् ।
‘गिरोना र बार्सिलोनाबीचको खेल संयुक्त राज्य अमेरिकामा हुने ९० प्रतिशत सम्भावना छ ।’ ला लिगा प्रमुख जेभियरले भने, ‘तर सम्झौता एक खेलका लागि मात्र हैन । यो एक प्रक्रिया हो जो धेरै ठुलो हो ।’ उनले थपे, ‘हामीले एक बोली प्रक्रिया आयोजित गर्यौ र विभिन्न कम्पिनिलाई समावेश गरेका थियौ । युएसमा एक खेल खेल्न टिमका लागि कुनै दायित्व छैन् । मात्र क्लब जो स्वयंसेवक मानिन्छन् । तर, यो एक खेल भन्दा पनि रणनितिक र प्रायोजनका लागि धेरै महत्वपुर्ण छ ।’
जेभियरका अनुसार गिरोना र बार्साबीचको खेल हार्ड रक स्टेडियम फ्लोडामा हुने छ । जसको क्षमता ६५ हजार दर्शन अट्ने रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४