शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मैत्रिपुर्ण खेलमा ब्राजिल र अर्जेन्टिनाको सहज जित : नेयमारको गोल  

मैत्रिपुर्ण खेलमा ब्राजिल र अर्जेन्टिनाको सहज जित : नेयमारको गोल  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अमेरिकामाथि २-० को सहज जित निकालेको छ । ब्राजिलको जितमा कप्तान नेयमार र फिर्मिनोले एक एक गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । न्यु जर्सीमा शनिबार बिहान भएको खेलमा ब्राजिलले रोबर्टाे फिर्मिनोको गोलबाट अग्रता बनाएको थियो । फिर्मिनोले डुगलस कोस्टाको क्रस पासमा पोस्ट नजिकैबाट गोल गरेका थिए ।

घरेलु टोलीलाई दवावमा राखेपनि ब्राजिलले त्यसपछि गोल गर्न ४३ औं मिनेट कुर्नुपरेको थियो । स्टेफनले पेनाल्टी बक्समा नेयमारलाई लडाएपछि ब्राजिलले पेनाल्टीको मौका पाएको थियो । जसमा नेयमार चुकेनन् । पहिलो हाफमा २-० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन । यता घरेलु टोलीले गोलका केही मौकाहरु खेर फाल्दा २-० ले पराजित हुन पुग्यो ।

शनिबार बिहान नै भएको अर्को मैत्रीपूर्ण खेलमा उरुग्वेले मेक्सिकोमाथि ४-१, कोलम्वियाले भेनेजुएलामाथि २-१, इकुयाडरले जमाइकामाथि २-० र स्टार खेलाडी मेस्सी बिना मैदान प्रवेश गरेको अर्नेनिटनाले ग्वाटेमालाई ३-० ले पराजित गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।