शुक्रबार, साउन १, २०८३

साफ च्याम्पियनसिप : नेपालले आज बंगलादेशको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपालले आज (शनिबार) समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आयोजक राष्ट्र बंगलादेशसँग खेल्दै छ । खेल बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६:४५ बजेपछि शुरु हुनेछ ।

नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण छ ।

गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने हुदा पहिलो खेलले नै दुई टोलीको टुङ्गो लगाउनेछ । पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जित हात पारे पाकिस्तानको अघि बढ्ने सम्भावना बलियो हुनेछ । भुटानसँग पाकिस्तान पराजित भएको खन्डमा नेपाल र बंगलादेशले बराबरी खेले दुवै टोलीले अन्तिम चारमा स्थान बनाउनेछन् । बंगलादेशमाथिको जितले नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ ।

बंगलादेशमा पराजित भएको खन्डमा नेपालको यात्रा गोलअन्तरमा नै भर पर्नेछ । जारी प्रतियोगिताको प्रदर्शन हेर्ने हो भने घरेलु टोली बंगलादेशलाई पराजित गर्न नेपाललाई निकै गाह्रो हुनेछ । बंगलादेशले समूह चरणमा शतप्रतिशत जित निकालेकाले पनि बंगलादेशलाई पराजित गर्न त्यति सहज हुनेछैन । बंगलादेशको बलियो डिफेन्स, छरितो मिडफिल्ड र आक्रमक फरवार्डलाई रोक्न नेपाललाई मुस्किल हुनेछ । टोपु बरमान, विप्लो अहमद, मेहबुबुर रहमान लगायतका खेलाडीलाई रोक्न नेपालको लागि चुनौतिपूर्ण हुनेछ ।

यता, नेपालले समूह चरणको पहिलो खेलमा राम्रो खेल्दा खेल्दैपनि पाकिस्तानसँग अन्तिम समयमा गोल खादै पारजित हुन पुगेको थियो । भुटानविरुद्धको दोस्रो खेलमा अघिल्लो खेलको कमजोरी सुधार गरेर खेल्दा नेपालले भुटानमाथि ४–० को सहज जित निकाल्न सफल भयो । नेपालले भुटानविरुद्धको खेलमा सबै पक्षमा चुस्त प्रर्दशन गरेको थियो । त्यही खेललाई निरन्तरता दिने सके नेपालले भुटानलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।