बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पाल्पा–२ : जो सोमप्रसादलाई जिताउन लागे, अहिले तिनै प्रतिष्पर्धी

पाल्पा–२ : जो सोमप्रसादलाई जिताउन लागे, अहिले तिनै प्रतिष्पर्धी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा पाण्डेय भन्दा गैरेको विरोधको स्वर चर्को थियो। संसद् विघटनको विरोधमा गैरेले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्ति अहिले पनि भेटिन्छ। संसद् विघटनकै विषयलाई लिएर एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि भने गैरे १० भाइसँगै नेकपा एमालेमा रहेका हुन्।
 |  मंगलबार, कात्तिक १, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, कात्तिक १, २०७९

बुटवल– चुनावी पारो तात्दै जाँदा पाल्पामा यतिखेर सोमप्रसाद पाण्डेय र ठाकुरप्रसाद गैरेको चर्चा चोक–चोकमा हुन थालेको छ। पाण्डेय र गैरे एमालेमा हुँदा एउटै गुटमा थिए। अर्थात् यी दुवै जना एमालेमा माधव नेपाल गुटका सक्रिय र विश्वासिला नेता थिए। तर, यो पटक यिनै दुुई नेता एक अर्काका प्रतिस्पर्धी छन्। गठबन्धनबाट पाण्डेय र नेकपा एमालेबाट गैरे आमनेसामने भएका हुन्। 

triton college

एमाले युवा नेता गैरे कांग्रेस महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री सँगसँगै विद्यार्थी राजनीतिमा उदाएका  हुन्। थापा दुई पटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महामन्त्रीमा पदमा पुगिसक्दा गैरे पहिलो पटक संसदीय राजनीतिमा होमिँदैछन्। 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा पाण्डेय भन्दा  गैरेको विरोधको स्वर चर्को थियो। संसद् विघटनको विरोधमा गैरेले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्ति अहिले पनि भेटिन्छ। संसद् विघटनकै विषयलाई लिएर एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि भने गैरे १० भाइसँगै नेकपा एमालेमा रहेका हुन्। पाण्डेय एमाले विभाजन गरी बनेको नेकपा एकीकृत समाजवादीमा बसे। पाण्डेय नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष समेत हुन्।

लामो समयसम्म पाण्डेयको चुनावी कमाण्डर बनेका गैरे आगामी मंसिर ४ गतेको निर्वाचनमा भने आफैँ चुनौती बनेर उभिएका छन्। पाल्पा–२ मा पूर्व सहयोद्धा र सहकर्मी नै छैटौं पटक उम्मेदवार बनेर मैदानमा उत्रिएका पाण्डेयका चुनौती बनेर उभिएका छन्। संसदीय राजनीतिमा पहिलो पटक मैदान ओर्लेका एमाले पोलिटव्यूरो सदस्य समेत रहेका गैरे र नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता पाण्डेयबीचको प्रतिस्पर्धा रोचक हुनेछ। 

गठबन्धनका उम्मेदवार पाण्डेयलाई कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको साथ छ। संसदीय राजनीतिको अनुभव सहित पाल्पाको विकासमा योगदान पुुर्याएका पाण्डेयका लागि जति सहज छ, संसदीय चुुनावमा पहिलो पटक होमिएका गैरेका लागि चुनावी मैदान चुनौतीपूर्ण नै देखिन्छ। पाल्पामा २०७० सालसम्म तीनवटा निर्वाचन क्षेत्र थिए। २०५१, २०५६, २०६४, २०७० मा लगातार पाण्डे पाल्पा–२ बाट उम्मेदवार हुँदै आएका छन्।

corrent noodles
Metro Mart

स्थानीय तह पुनः सरचनापछि २०७४ मा बनेको यो निर्वाचन क्षेत्र बनेपछि पाल्पामा २ वटा निर्वाचन क्षेत्र कायम भएको हो। पाण्डेयले २०७० मा पनि यो क्षेत्र पाल्पा–२ कायम भएको यहीँ क्षेत्रबाट टिकट ल्याएर चुनाव जिते। पाण्डेय २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लिला सोमैसँग पराजित भएका थिए। पाण्डेयले पाल्पामा चारपटक जित हासिल गरेको अनुुभव छ।  तीन दशकदेखि राजनीतिमा सक्रिय पाण्डे मन्त्री भएका नेता हुन्। पाण्डेयले जिल्लाबासीहरुसँग निरन्तर सम्पर्कमा रहने र अप्ठ्यारोमा साथ दिने नेतामा पर्छन्। 

राजनीतिमा राम्रो सम्भावना भएर पनि अवसरबाट बञ्चित नेताका रुपमा गैरेलाई लिने गरिन्छ। नेकपा एमालेमा नेपाल गुटमा रहेकै कारण पछाडि परेका गैरेले यो पटक पाल्पाली जनताको साथको अपेक्षा राखेका छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो। वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ६६ मत पाएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा पाण्डेय भन्दा  गैरेको विरोधको स्वर चर्को थियो। संसद् विघटनको विरोधमा गैरेले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्ति अहिले पनि भेटिन्छ। संसद् विघटनकै विषयलाई लिएर एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएपछि भने गैरे १० भाइसँगै नेकपा एमालेमा रहेका हुन्। 

कांग्रेसले २९ हजार ३९, माओवादीको ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मतमात्रै पाएको देखिन्छ। यसरी वडाध्यक्षहरुले पाएको मतको परिणामलाई जोड्ने हो भने गठबन्धन एमालेभन्दा ३ हजार २ सय १९ मतले अगाडि देखिन्छ। मतका हिसाबले एमाले एक्लै ठूूलो देखिएको छ। गठबन्धनको मत र आफूूले पाल्पाको विकासमा पुुर्याएको योगदान नै जितको प्रमुुख आधार रहेको गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेको तर्क छ। ‘पाल्पाको विकासमा मैलै गरेको काम सबै सम्झिएका छन्, त्यसैले मैलै सहजै जित्छुु,’ उनले भने। 

उनले पाल्पाका उद्योगी–व्यवसायी  तथा ग्रामीण भेगका जनताले आफूूलाई मत दिने विश्वास व्यक्त गरे। त्यसो त निर्वाचनको दौरानमा दुवै नेता मतदातामाझ पुुगिरहेका छन्। पाण्डेयले विगतमा आफूूले गरेका कामहरुको फेहरिस्तसँगै नयाँ योजना लिएर पुुगिरहेका छन् भने गैरे मुलुकले नयाँ अनुुहार खोजेको र पाल्पाको विकासको रोल मोडल परिवर्तन गर्ने अठोट सहित मतदातामाझ पुुगिरहेका छन्। 

नेकपा एमालेका प्रभावशाली नेताहरु क्रमशः एमाले छाड्दै आफूहरुको पार्टीमा आउने क्रम बढेकाले सहज रुपमा पाण्डेयले जित्ने नेकपा एकीकृत समाजवादीका पाल्पा अध्यक्ष कमल पाण्डेयले दाबी गरे। ‘दिनप्रतिदिन समर्थन गर्नेहरु बढ्ने क्रम छ, विगतमा गरेका काम र गठबन्धनको मतले सजिलै जित्न सकिन्छ,’ अध्यक्ष पाण्डेयले भने। स्थानीय तहको निर्वाचन लगत्तै तानसेन नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार शाहीको नेतृत्वमा नेताहरुले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए। केही दिनअघि मात्रै एमाले प्रदेश कमिटिका सदस्य कृष्ण जिसिको नेतृत्वमा २५ जना नेताहरु समाजवादीमा आएको जिल्ला अध्यक्ष पाण्डेयले बताए।

कांग्रेसले २९ हजार ३९, माओवादीको ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मतमात्रै पाएको देखिन्छ। यसरी वडाध्यक्षहरुले पाएको मतको परिणामलाई जोड्ने हो भने गठबन्धन एमालेभन्दा ३ हजार २ सय १९ मतले अगाडि देखिन्छ। 

उनका अनुसार प्रभावशाली नेतासहित ५० भन्दा बढी नेताहरुले एमाले त्यागेका छन्। तर, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्र घिमिरेले भने कुनै पनि नेताले एमाले छाड्दैमा आफूहरुको जितलाई रोक्न नसक्ने बताउँछन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० पालिकामध्ये ६ वटामा आफूहरुले जितेको दाबी गर्दै सोमप्रसाद पाण्डे, अशोक शाही र लक्ष्मी पाठकलाई एमालेले सांसद, मेयर उपमेयर बनाएको जिकिर गरे। ‘सोमप्रसाद पाण्डेलाई पटक पटक संसदमा पुुर्याएको नेकपा एमालेले हो, अब उहाँको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउनेछ,’ उनले भने। पाल्पामा २०५१ सालदेखि एमालेको संगठन मजबुुद भएको र अहिले पनि आफूहरु सांगठनिक रुपमा बलियो भएकाले २ वटै प्रतिनिधिसभा र ४ वटै प्रदेशसभामा विजयी हासिल गर्ने अध्यक्ष घिमिरेको भनाइ छ। 

पाल्पा–२ मा विगतमा सोमप्रसादलाई आफूहरुले नै जिताएको र अहिले युवा नेता गैरेको आगमनले उत्साह थपेको उनले बताए। २०७४ अघि पाल्पाको क्षेत्र नम्बर ३ हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको थियो। त्यसबाहेक २०५१ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, २०५६ मा यादवबहादुर रायमाझी, २०६४ मा कुलप्रसाद नेपालले एमालेबाट निर्वाचन जितेका थिए। तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए। साविकको पाल्पा–३ मा कांग्रेस र एमालेबीच झिनो मतान्तरमा चुनाव जित–हार हुने क्षेत्र हो। संघीयतापछि भने जिल्लाको साविक पाल्पा–२ केही भागलाई १ र २ मा मिलाएर दुईवटा क्षेत्र बनेको छ। 

पाल्पा–२ मा प्रदेशसभातर्फ २ (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका विरबहादुर राना र नेकपा एमालेका तर्फबाट पर्शुराम भट्टराईबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी प्रदेशसभातर्फ २ (ख) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर (वसन्त) र नेकपा एमालेका ओमबहादुर घर्तीबीच चुनावी भिडन्त हुुँदैछ। वसन्त २०७४ सालमा प्रदेशसभामा निर्वाचित सांसद हुन् भने ओमबहादुर तिनाउ गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। 

पाल्पाको प्रतिनिधिसभा १ मा गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका ज्ञानबहादुर बहादुर गाहा र नेकपा एमालेबाट नारायण प्रसाद आचार्यको उम्मेदवारी परेको छ। प्रदेशसभा तर्फ १ (क) मा गठबन्धनबाट  कांग्रेसका श्यामकान्त खनाल र नेकपा एमालेबाट राजुु प्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ। त्यसैगरी १ (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका शंकरप्रसाद खनाल र नेकपा एमालेका खेमबहादुर सारुबीच चुनावी भिडन्त हुनेछ। 

प्रकाशित: Oct 18, 2022| 13:31 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।