शनिबार, वैशाख २२, २०८१

सैनिक बन्न सुरु गरेको दौडले दिलायो स्वर्णसहितको कीर्तिमान

सेनाको जागिरे बन्ने प्रयास चौथो पटकमा सफल भएपछि २०७० बाट एथ्लेटिक्समा पाइला राखेका कुमालले स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
 |  मंगलबार, कात्तिक १, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक १, २०७९

पोखरा– एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएका छन्। रेकर्ड बनाउने खेलाडी थिए, सोमबहादुर कुमाल। कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जितेका हुन्।

triton college

२०७० बाट एथ्लेटिक्समा पाइला राखेका कुमालले स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले लामो समयपछि रेकर्ड तोड्न सफल भएकामा खुुसी व्यक्त गरे। ‘प्रतियोगिता धेरै नहुँदा रेकर्ड तोडिन समय लागिरहेको छ। हामी ट्रयाक एन्ड फिल्डका खेलाडी हौं। यसका प्रतियोगिता कम भएर थन्किएर बस्नु परिरहेको छ,’ खेलपछि कुमालले भने।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष÷महिला दौडमा २ कीर्तिमान बन्दा एक कीर्तिमान कुमालको थियो। उनले सन् १९९० मा चीनको बेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन्। चौधरीले ४८.३२ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान कायम गरेका थिए।

त्यसो त, उनले यो स्वर्ण र कीर्तिमानका लागि धेरै कोसिस गरेका छन्। ‘रेकर्ड ब्रेक गर्नेबित्तिकै मैले संघर्ष र मिहिनेत सम्झिएको थिएँ,’ उनले भने, ‘यसको श्रेय म आफैंलाई दिन चाहन्छु। आफैंले नगरी सफल भइँदैन रहेछ।’

आर्मीमा प्रवेश गर्न सुरु गरेको दौड उनले  जागिर खाइसकेपछि पछि छाडेनन्। निरन्तर दौडिरहे। ‘२०७० बाट खेल सुरु गरेको हो। त्यसपछि वाहिनी, पृतनाबाट क्लबमा आएको हो। मैले एउटा प्लेटफर्म पाएजस्तो भयो,’ 

उनी सानैदेखिका खेलाडी भने होइनन्। उनलाई आर्मीको जागिरले खेलाडी बनाएको हो। उनको आर्मीमा आउनुको कारण पनि चाखलाग्दो रहेछ। पहिलो पटक आर्मीमा भर्ना हुन उनी सफल भएनन्। दोस्रो, तेस्रो पटकमा पनि उनी आर्मी भएनन्।

corrent noodles
Metro Mart

‘आर्मीमा चार पटकमा मात्र भर्ना भएको हुँ। निरन्तर प्रयासपछि मात्र सफल भएको हो। म १५ असार २०७९ मा मात्र आर्मीमा प्रवेश गरेको हुँ,’ उनले विभागीय यात्राबारे सुनाए।

आर्मीमा प्रवेश गर्न सुरु गरेको दौड उनले  जागिर खाइसकेपछि पछि छाडेनन्। निरन्तर दौडिरहे। ‘२०७० बाट खेल सुरु गरेको हो। त्यसपछि वाहिनी, पृतनाबाट क्लबमा आएको हो। मैले एउटा प्लेटफर्म पाएजस्तो भयो,’ उनले भने।

तर नेपालमा धेरै खेल नै हुँदैनन्। उनले धेरै खेल्न पाएका पनि छैनन्। त्यसैले असन्तुष्ट छन्। खेलका लागि सम्बन्धित संघहरूले प्रयास गरिदिनुपर्ने उनको माग छ।

भन्छन्, ‘खेल्न नपाए हाम्रो स्तर नै ‘माइनस’ भएर जान्छ। दक्षिण एसियाली, एसियन च्याम्पियनसिपमा पुग्न लगातार अभ्यास गर्नुपर्छ। तर हाम्रो दुई, तीन वर्ष ग्याप भइरहेको छ।’

उनलाई लाग्छ, देशले गर्नुपर्ने काममा केही मानिस लागेर मात्रै हुँदैन। यसका लागि योजनासहित अघि बढ्नुपर्ने रहेछ। 


कुमालले स्वर्ण जितेको खेलमा सशस्त्र प्रहरी बल एपीएफका आशीष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दूरी पूरा गर्दै काँस्य जिते।

यी सबै खेलाडी अभ्यास गरेर मात्र सफल भएजस्तो लाग्छ उनलाई। भन्छन्, ‘देश लाग्नुपर्नेमा हामी खेलाडी मात्र लागिरहेका छौं। हामी एक्लो भएका छौं। थोरै खेलाडी र थोरै प्रशिक्षक लागेर हुँदैन। देशै लाग्नुपर्नेमा व्यक्ति मात्र लागेका कारण हाम्रो खेल स्तर राम्रो छैन।’

उनले प्रतियोगिता गराउने सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको बताए। घरेलु प्रतियोगिता कम भए पनि तीन वर्षअघि दक्षिण एसियाली खेलकुद नेपालमै भएको थियो।

नेपालले लामो समयदेखि दक्षिण एसियाली खेलकुदमा ४०० मिटरतर्फ पदक जितेको थिएन। त्यसमा उनले तीन वर्षअघि भएको १३औं सागमा मेडल जितेका हुन्। उनले भने, ‘त्यो प्रतियोगिताअघि मैले मेडल हेरेको थिएँ। आएको थिएन। किन आएन भनेर बुझें अनि ल्याउन सकिने हरेछ भनेर अभ्यास गरें र पदक जितिछाडें। २०१६ मा छैटौं भएको थिएँ अनि सफल भएँ। २०१८ मा धनीराम चौधरीको लामो समयको रेकर्ड ब्रेक गरें।’

एथ्लेटिक्समा लागेको निकै समयपछि उनले दुई पटक रेकर्ड तोडे। रेकर्ड बनाउने सवालमा उनी एउटा घटना सम्झन्छन्। एक पटक उनी प्रतिस्पर्धाका लागि पोखरा आएका थिए। उतिबेला उनको टाइमिङ २ मिनेट १३ सेकेन्ड थियो।

त्यो प्रतियोगितामा उनले बनाएको रेकर्डलाई आज सुधार गरेका हुन्। यसै विधामा मंगलबार महिलातर्फ एपीएफकी रमिताकुमारी थारुले ५८.१० सेकेन्डमा ४ सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन्। उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन्। तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्।

आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले काँस्य जित्न सफल भए। थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दूरी पूरा गर्दै पदक जिते।

मंगलबारको खेलपछि सोमबहादुर कुमालले नेपालीहरू प्राकृतिक रूपमै बलिया रहेको प्रतिक्रिया दिए। उनले भने, ‘हामीसँग विदेशी पनि डराइरहेका हुन्छन्। तर हाम्रो खेलको वातावरणले गर्दा केही गर्न नसकेको हो। विदेशी खेलाडीको मनोबल उच्च छ।’

एथ्लेटिक्समा लागेको निकै समयपछि उनले दुई पटक रेकर्ड तोडे। रेकर्ड बनाउने सवालमा उनी एउटा घटना सम्झन्छन्। एक पटक उनी प्रतिस्पर्धाका लागि पोखरा आएका थिए। उतिबेला उनको टाइमिङ २ मिनेट १३ सेकेन्ड थियो।

उनले धनीरामलाई सोधे, ‘हजुरको समय कति थियो?’ ‘१ मिनेट ५० सकेन्ड,’ उनले जवाफ पाए। 

‘मैले पहिला २ मिनेट १३ सेकेन्डमा दौडिएको थिएँ। उहाँको समय २३ सकेन्ड कम थियो। एक पज दुई पज गर्दै घटाएर जित निकालेको हो। चार–पाँच गर्दै रेकर्ड ब्रेक गर्ने धोको थियो। पूरा भयो,’ उनले भने।

जुनसुकै दौडमा पनि आफैंलाई जित्ने धोको राख्ने गरेको उनले सुनाए। ‘त्यसैले म यहाँसम्म आइपुगेको हो। म बिदामा घर जाँदा पनि दौडिरहेको हुन्छु। बिहान ३–४ बजे दौडिरहेको हुन्थें। आर्मी भएपछि पनि म लगातार दौडिरहें।’

उनी बिदामा घर जाँदा पनि अभ्यास र प्रतियोगिता छाड्दैनन्। 

‘जब हामी नेपालको झन्डा बोकेर जाँदा त्यहाँ सोमबहादुर कुमाल भनेर चिनिँदैन, नेपाल भनेर चिनिन्छ। मलाई देशको झन्डा बोकेर खेल्न मन छ,’ उनले भने।

प्रकाशित: Oct 18, 2022| 12:14 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।