शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टी-२० विश्वकप छनौट तालिका सार्वजनिक : नेपालको पहिलो खेल म्यान्मारसँग 

टी-२० विश्वकप छनौट तालिका सार्वजनिक : नेपालको पहिलो खेल म्यान्मारसँग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-ट्वान्टी-ट्वान्टी विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने सातौँ संस्करणको ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक भएको हो । 

नेपाल सहभागी समुह ‘बि’ उप-क्षेत्रिय छनौट (पूर्वी) प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो । समुह ’बि’ मा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चीन, सिंगापुर, र थाईल्याण्ड रहेका छन् । यस उपक्षेत्रबाट शिर्ष ३ टोली एसियाली क्षेत्रिय छनौट प्रतियोगिताकालागि अगाडी बढ्नेछन् ।

एसियाली क्षेत्रिय छनौट प्रतियोगिताकालागि यसअघिनै एसिया ’ए’ उप-क्षेत्रबाट (पश्चिमी) युएई, कुवेत र कतार छनौट भैसकेका छन् । एसिया ‘बि’ उप-क्षेत्रिय छनौट मलेसियामा ३ अक्टोबरबाट सुरु हुनेछ । प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नु पर्नेछ ।

नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यान्मारको सामना गर्नेछ । पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् । उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन् । ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृण्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) कोे नीति अनुरुप कुल ६२ देशले उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउने छन् । सहभागी टोली मध्येका २५ देशले क्षेत्रिय छनौटको फाइनल चरणमा स्थान बनाउने छन् । लामो क्षेत्रिय छनौट पार गरेर शिर्ष ७ टोलीले छनौट प्रतियोगिता खेल्नेछन् । 

नेपालको खेल तालिका

पहिलो खेल - नेपाल भर्सेस म्यान्मार, अक्टोबर ३
दोस्रो खेल - नेपाल भर्सेस मलेसिया, अक्टोबर ६
तेस्रो खेल - नेपाल भर्सेस थाइल्याण्ड, अक्टोबर ७
चौथो खेल - नेपाल भर्सेस भुटान, अक्टोबर ९
पाँचौ खेल - नेपाल भर्सेस चाइना, अक्टोबर १०
छैठौं खेल - नेपाल भर्सेस सिंगापुर, अक्टोबर १२
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।