शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

प्रतिबन्ध, संघर्ष र अनिश्चिततापछि भारतमा विश्वकप फुटबलको अपार खुसी

विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, कात्तिक १, २०७९

काठमाडौं– भारतमा महिला यू–१७ फिफा विश्वकपको सातौं संस्करण चलिरहेको छ। रंगशालाको विषयलाई लिएर केही आलोचना भए पनि भारतले विश्वकपको अयोजना गर्न पाउनु नै धेरै ठूलो कुरा थियो। आयोजनाअघि नै प्रतिबन्ध भोगेको भारतले संघर्ष र अनिश्चिततासँगै प्रतियोगिताको आयोजना गर्न भने सफल भएको हो।

triton college

भारतको फुटबल टिमले विश्वका ठूला देशका उत्कृष्ट टिमसँग विश्वकपमा प्रतिस्पर्धा गर्न पाएको छ। कुनै पनि देशमा ठूला प्रतियोगिताको आयोजनाले त्यहाँको खेलकुदकै भविष्य निर्धारण हुने गर्छ। नयाँ बनेका रंगशाला र मानिसमा जागेको खेल संस्कृतिले नै किन नहोस्, यो विश्वकपको आयोजनाले भारतमा धेरै कुराहरुको विकास अवश्य गरेको छ।

‘घरेलु मैदानमा विश्वकप खेल्न पाउँदा भारतका युवा खेलाडीले धेरै भाग्यमानी महसुस गरेका छन्,’ भारतीय सिनियर टिमकी कप्तान आशालता देवीले भनेकी छन्। किनभने उनलाई पनि थाहा छ, भारतले पहिलो पटक फिफा विश्वकप खेलिरहेको छ– त्यो पनि आयोजक देशका हिसाबले। फिफाको फाइनल प्रतियोगितामा भारतले खेलेको यो नै पहिलो प्रतियोगिता समेत हो।

दक्षिण एसियामा भीएआरले प्रवेश पाउँदै
फुटबलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग धेरै पुरानो भइसकेको छैन। युरोप र दक्षिण अमेरिकाबाहेक त भीएआरको प्रयोग अझैसम्म नौलो नै छ। दक्षिण एसियामा यो प्रयोग झनै नौलो हो। यद्यपि भारतमा यो दोस्रो पटक प्रयोग भइरहेको छ। यसअघि गएको जनवरी–फेब्रुअरीमा एएफसी महिला एसिया कपको क्वार्टरफाइनलबाट प्रयोग गरिएको थियो। अहिले पनि हुँदैछ र यो प्रतियोगितामा एसियाका १४ जना रेफ्रीले सहभागी छन्।

‘यू १७ विश्वकपमा खेलभित्रका विभिन्न पाटाहरुको गुणस्तर कायम राख्नका लागि खेल अफिसियललाई अभिभारा दिइएको छ। भारतमा पहिलो पटक भीएआरको प्रयोग भइरहँदा हामी खुसी छौं,’ फिफा महिला रेफ्री हेड करि सेइजले भनेकी छन्। उनले यो प्रोेजेक्टले आउँदो दिनमा अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने प्रतियोगिताका लागि सहज हुने बताएकी छन्। भारतमा भइरहेको यो प्रतियोगिता समग्र महिलाहरुको प्रतियोगितामा भीएआर प्रयोग गर्ने तेस्रो प्रतियोगितासमेत हो। यसअघि फ्रान्सको फिफा विश्वकप र कोस्टारिकाको यू २० विश्वकपमा यो प्रयोग भएको थियो। 

corrent noodles
Metro Mart

अनिश्चिततापछिको विश्वकप
महिना दिन अघिमात्र त हो, भारतको फुटबल संघ फिफाको प्रतिबन्धमा परेको। सर्वोच्च अदालतले फिफाको विधानविपरीत हस्तक्षेप गरेपछि फिफाले भारतको फुटबल संघलाई प्रतिबन्ध लगाएको थियो। त्यसको प्रभावले भारतको सिनियर टिमले नेपालमा भएको साफ महिला च्याम्पियनसिपमा पनि राम्रो खेल प्रदर्शन गर्न सकेन। फलतः उसले साफमा पहिलो पटक हार हार बेहार्यो। पहिलो बंगलादेशसँग हारेको भारतले पछि नेपालसँग हारेको थियो।

यस्तै प्रभाव जुनियर टिममा पनि पर्न गयो। उनीहरु विश्वकप नै खेल्ने कि नखेल्ने भन्ने भन्ने दुविधामा रहे। फिफाले विश्वकप आयोजना नै खोस्ने हो कि भन्ने सम्भावना पनि रह्यो। अनिश्चितकालको निलम्बनले तत्कालै प्रभाव पारेको थियो। आफ्नो क्लब गोकुलमले पनि एएफसीको प्रतियोगिता खेल्न नपाएपछि यू १७ को विश्वकपको लागि राष्ट्रिय टिममा नाम परेकी लाभन्या वर्माले यसको दोष एआईएफएफ (अल इन्डिया फुटबल फेडेरेसन) लाई दिएकी थिइन्। ‘यो प्रतिबन्धको मुख्य कारण कमजोर अनुशासन कारण हो तर यसको असर हामी निर्दोष खेलाडीहरुलाई परिरहेको छ,’ १७ वर्षे खेलाडीले भनेकी थिइन्, ‘तर मलाई अझैसम्म आशा छ विश्वकप भारतमा नै आयोजना हुनेछ।’

त्यसो त विश्व फुटबलको आँखा नै नपर्ने दक्षिण एसियाली देशले फुटबल विश्वकप आयोजना गर्न पाउनु चानचुने कुरा पनि त होइन। पछिल्लो समय भारतले घरेलु फुटबललाई थप मजबुत बनाउँदै लगेपछि उसले यसको अवसर पाएको हो।

भारतको टिममा कप्तानको चर्चा
पहिलो पटक यू १७ को विश्वकप खेल्न पाएपछि अहिले भारतीय टिमको देशभर चर्चा भइरहेको छ। खासगरी भारतीय टिमकी कप्तान बनेकी अस्तम ओराओनको चर्चा अहिले चुलीमा छ। माओवादी विद्रोही गतिविधिले ग्रसित झारखण्डको गुम्ला जिल्लाको अव्यवस्थित आदिवासी गाउँमा जन्मिएकी उनले कुनै दिन विश्वकप खेल्छु भन्ने सपना देखेकी थिइनन्। उनले भुवनेश्वरको कालिंगा रंगशालामा राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेकी छन्। अहिले उनलाई र उनका गाउँलेलाई खुसी हुनका लागि धेरै कुरा छन्।

गुम्ला जिल्लाले उनको नाममा रंगशाला बनाउनका लागि दुई करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ। उनकै नाममा सडक बनिरहेको छ। गाउँका अन्य केटाकेटीलाई पनि खेलतर्फ प्रेरित गर्न सकोस् भनेर त्यसो गरिएको गुम्लाका उपआयुक्त सुशान्त गौरवले बताएका छन्। उनलाई लाग्छ अब गुम्लाका केटाकेटीले पनि ठूलो सपना देख्न सक्नेछन्।  अन्तिम टिममा परेपछि बधाई दिनका लागि सुशान्त उनको घर पुगेका थिए। भोकको समस्याबाट पार पाउन संघर्ष गरिरहने परिवारबाट आएर विश्वकपसम्म पुग्नु उनका लागि सजिलो पक्कै थिएन।

भारतविरुद्ध भारतीय मूलकै खेलाडीको गोल
संयुक्त राज्य अमेरिका आप्रवासीले बनेको देश हो। त्यहि देशको टिमसँग आयोजक भारतले पहिलो खेल मंगलबार खेलेको थियो। तर ८–० को लज्जास्पद हार बेहार्यो। अमेरिकाको त्यहि टिममा थिइन् भारतीय मूलकै खेलाडी मिया भुटा। १६ वर्षको उमेरमा अमेरिका गएका वयोम भुटाकी छोरी हुन् उनी। दुई वर्षअघि हजुरबा–आमालाई भेट्न भारत आएकी उनले दुई वर्षपछि भारतविरुद्ध विश्वकपमा गोल गरिन्।

रंगशालाको कुनै कुनामा उनको परिवारका सदस्य भारतको समर्थनमा बसिरहेका थिए। मियाले उनीहरुलाई खोजिन्। तर मानिस यति धेरै थिए कि उनले पत्तै लगाइनन्। ‘मैले मेरो भारतीय संस्कृतिबाट धेरै सिकेको छु। सँगै हार्डवर्क पनि गरेपछि मेरो विश्वकप सपना पूरा भएको छ,’ भारतविरुद्ध गोल गरेपछि उनले भनेकी छन्, ‘म तिनीहरू (परिवार)लाई खोज्ने क्रममा भीड हेर्दै थिएँ तर यहाँ धेरै मानिसको गजबको भीड थियो।’

उनले यो प्रतियोगिताको सहयोगमा भारतमा महिलामा खेल भावनाको विकास गर्न चाहेको पनि बताएकी छन्। उनले खेलको ६२ औं मिनेटमा गरेको गोलचाहिँ हजुरबालाई समर्पण गरकी छन्। परिवार आएर हेरिरहँदा चाहिँ कस्तो लागेको थियो भन्ने प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘यस्तो कुराहरुले सधै उत्साह जगाउँछ। आज पनि धेरै खुसी लागेको थियो।’

भारत अहिले समूह ए मा छ। उसकै समूहमा छ पहिलो पटक विश्वकप खेल्दै गरेको मोरक्को पनि। तर समूह ए कै ब्राजिल र अमेरिका चाहिँ विश्वकपका दावेदार नै हुन्। लगातार तेस्रो पटक खेलिरहेको अमेरिका अघिल्लो संस्करण (२०१८) को उपविजेता पनि हो। अमेरिका उत्तर अमेरिकी प्रतियोगिताको विजेता भएर विश्वकपमा पुगेको हो भने ब्राजिलचाहिँ दक्षिण अमेरिकामा पहिलो भएर विश्वकपमा पुगेको हो।

प्रकाशित: Oct 18, 2022| 10:51 मंगलबार, कात्तिक १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।