आइतबार, चैत १, २०८२

भक्तपुरमा धमाधम बन्दैछन् तिहारका पाला [तस्बिरहरू]

तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन्।
 |  आइतबार, असोज ३०, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, असोज ३०, २०७९

भक्तपुर– नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदै छ। बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ।

National life

तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन्। बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ। 

अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन, सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन्।

तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ। तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरन्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ।


Laxmi sunrise bank
kumari