बुधबार, पुस १६, २०८२

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय संकटमा

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर, अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ।
 |  शनिबार, असोज २९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २९, २०७९

भोजपुर- इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर, अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ। 

National life

स्थानीयबासीका साथै दक्ष  कालीगढसमेत विस्थापित हुन थालेपछि टक्सारमा अहिले चार पाँच घरले मात्र धातुको व्यवसाय गर्दे आइरहेका छन्। विगतमा भोजपुरको टक्सारमा बनेका धातुका सामग्री बिक्रीका लागि अन्यत्र जाने गरेको भए पनि अहिले जिल्ला बाहिर बनेका धातुका सामग्री भोजपुरमा बिक्रीका लागि आउने गरेको व्यवसायी नवराज श्रेष्ठले बताए। 

अहिले बजारमा बिक्रीका लागि राखिएका धातुका सामग्री धेरै मात्रमा धरानबाट आउँछ। अहिले केही घर बाँकी रहेका टक्सारका व्यवसायी पनि माग अनुसारका सामग्री मात्र उत्पादन गर्ने गरेको स्थानीय साजुकाजी शाक्यको भनाइ छ। शाक्यले भने, 'विगतमा जस्तो धातु व्यवसाय अहिले छैन, ऐतिहासिक टक्सार बजार अहिले नाममा मात्र सीमित बन्न पुगेको छ।'

टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचाँैरा, डबका नेपालभित्र मात्र नभएर विदेशमासमेत प्रसिद्ध रहेको थियो। ऐतिहासिक कलामा पोख्त कालीगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको हो। 

कालीगढको अभावसँगै कच्चापदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन। स्थानीयस्तरमा खानी सञ्चालन नभएकोले तराईबाट आवश्यक कच्चापदार्थ र कोइला ढुवानी गर्दा महँगो हुने भएकाले पनि टक्सारबाट कालीगढको विस्थापन हुने क्रम बढेको स्थानीयवासी बिमल शाक्यले बताए। 

Laxmi sunrise bank

टक्सारमै रहेको घरेलु विकास कार्यालयका अनुसार विगतमा दर्ता भएका धातु उद्योग अहिले केही मात्र सञ्चालनमा देखिएका छन्।

यहाँ निर्मित हस्तकलाका सामग्री नेपालमा मात्र होइन, चीनको तिब्बत् र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि निर्यात हुने गरेको स्थानीयवासीको भनाइ छ। टक्सारबाट विस्थापन हुने क्रम नरोकिएकाले पनि यो बजारको धातु उद्योग पनि सङ्कटमा परेको स्थानीयवासी बिमल रणपहेलीको भनाइ छ। 

प्रकाशित: Oct 15, 2022| 21:40 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।