शुक्रबार, साउन १, २०८३

प्रदिप र लक्ष्मण राखेपको उत्कृष्ट कर्मचारी घोषित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्राविधिकतर्फ सुटिङ्गका प्रशिक्षक प्रदिप खाती र प्रशासनतर्फ पश्चिमाञ्चल खेलकुद बिकास समितिका प्रशासकिय अधिकृत लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित भएका छन्।

राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सवको अवसरमा उनीहरुलाई उत्कृष्ट घोषणा गर्दै नगद २५ हजार र सम्मान पत्र सम्मान गरे। यस्तै उत्कृष्ट कर्मचारीमा प्राविधिक तर्फ तेक्वान्दो सहायक प्रशिक्षक नोर्वु लामा र प्रशासन तर्फ प्रशासकिय अधिकृत कमल दाहाल रहे। 

उनीहरुले सम्मान पत्रका साथै नगद १५ हजार प्राप्त गरे। यसै गरि प्राविधिक तर्फ कराते सहायक प्रशिक्षक कुन्ति गुरुङ्ग र प्रशासन तर्फ ना.सु. गोपाल बस्नेत परिषद् सेवा सम्मानबाट सम्मानित भए। उनीहरुले जनही १० हजारका साथै सम्मान पत्र प्राप्त गरे।

त्यस्तै खेलकुद दिवसको अवसरमा आयोजना गरिएको महिला-पुरुष युगल ब्याडमिन्टन प्रतियोगिता, महिला पुरुष टेबल टेनिस तथा म्युजिकल चियर महिला÷पुरुषका बिजयी खेलाडीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरियो। 

विजेतालाई क्रमश पहिलो हुनेलाई ५ हजार, दोश्रोलाई ३ हजार तथा तेश्रो हुनेलाई नगद २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो। बिजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पुरस्कार बितरण गरेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।