शुक्रबार, साउन १, २०८३

नेयमार बने ब्राजिल फुटबल टिमको कप्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ब्राजिल- विश्व फुटबलका महँगा स्ट्राईकर नेयमार ब्राजिलीयन राष्ट्रिय फुटबल टिममा स्थायी कप्तान बनेका छन्।

मुख्य प्रशिक्षक टिटेले पालैपालो कप्तानी गर्ने परम्परालाई तोड्दै नेयमारलाई ब्राजिली टिमको स्थायी कप्तानको जिम्मेवारी सुम्पिएका हुन्। न्यु जर्सीमा अमेरिकाविरुद्ध मैत्रिपुर्ण खेल अघि मुख्य प्रशिक्षक टिटेले नेयमारलाई कप्तानमा नियुक्त गरेका हुन्। 

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमारले कप्तानको जिम्मेवारीसंगै ब्राजिललाई नेतृत्व गर्न पाउनु आफ्नालागि सुखद हुने प्रतिक्रिया दिएका छन्। नेयमारले पछिल्लो पटक ब्राजिलकालागि रुसी विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। 

विश्वकपको क्वार्टरफाईनलमा बेल्जियमसंग पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो। २६ बर्षिया नेयमारले चोटबाट मैदान फर्कदै विश्वकपमा दुई गोल गरेका थिए। तर अनावश्यक रुपमा फलको अपिल गर्दै लडेको आरोपमा नेयमारको ठुलो आलोचना भएको थियो। 

कप्तानको जिम्मेवारी लिंदै नेयमारले भने, ‘मैले धेरै कुरा सिके। मैले धेरै कुरा सिक्न अझै बाँकी छ। जिम्मेवारी मेरालागि सहि सावित हुनेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।