शुक्रबार, साउन १, २०८३

एशिया कप छनोट खेलेर नेपाली टिम स्वदेश फर्कियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एशिया कप छनोट क्रिकेट खेलेर नेपाली टिम शुक्रबार स्वदेश फर्किएको छ। 

मलेसियामा भएको छनोट प्रतियोगिता खेलेर नेपाली टोली मध्यान्न सवा १२ बजे काठमाडौंको अन्तराष्ट्रिय बिमान स्थलमा आइपुगेका थियो। 

नेपाली टिमसंगै युवा लेग स्पिनर सन्दिप लामिछाने समेत काठमाडौं फर्केका छन्। एशिया कपको निराशाजनक प्रर्दशनसंगै नेपाली टिम स्वदेश फर्केको हो। 

पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित नेपाल दोस्रो खेलमा युएईसंग ७८ रनको फराकिलो हार बेहोरेको थियो। 

तेस्रो खेलमा मलेसियालाई १९ रन र चौथो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै छनोटका दुई जितेको नेपालले आफ्नो निर्णायक खेलमा हङकङसंग ३ विकेटले पराजित भएके थियो। त्यसपछि नेपाली टिम प्रतियोगिताबाट बाहिरिएको थियो। अन्तिममा उपाधि भिडन्तमा युएईलाई हराउदै हङकङ एशिया कपकालागि छनोट भएका थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।