शनिबार, वैशाख २२, २०८१

नवौं राष्ट्रिय खेलकुदको उत्साहप्रद उद्घाटन [तस्बिरहरू]

व्यवस्थापनमा धेरै कमजोरी, आलोचनासँगै खेलाडीको उत्साहसाथ पोखरामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सम्पन्न भएको छ।
 |  शनिबार, असोज २९, २०७९

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असोज २९, २०७९

पोखरा- व्यवस्थापनमा धेरै कमजोरी, आलोचनासँगै खेलाडीको उत्साहसाथ पोखरामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको उद्घाटन सम्पन्न भएको छ। पोखरा रंगाशालास्थित फुटबल स्टेडियममा एक भव्य समारोहबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरिएको हो। 

triton college

यसअघि नै तीनपटक मिति सरिसकेको प्रतियोगिता यो पटक भने सञ्चालन भएको छ। खेलकुदको उद्घाटन शुक्रबार मात्र भए पनि धेरै खेल सकिएका छन्। उद्घाटन अघि नै आर्मीले पाँच स्वर्णसहित  १८ पदक जितिसकेको छ भने चार स्वर्णसहित आठ पदक जितेको बागमती दोस्रो स्थानमा छ। बागमतीकी शिक्षा नापितले दुई स्वर्णमा आफ्नो नाम लेखाइसकेकी छन्।

खेलकुदमा एपीएफले दुई र सुदूरपश्चिमले पनि एक स्वर्ण जितिसकेको छ। यति खेल भइसकेपछि असोज २८ गते साँझ प्रतियोगिताको उपराष्ट्रपति नन्द किशोर पुन पासाङले उद्घाटन गरेका हुन्। सो अवसरमा उपराष्ट्रपति पुनले खेलकुद विकासका लागि लगानी गर्न जोड दिएका थिए। 

उनले भने, 'खेलकुद विकासको पहिलो सर्त भने पूर्वाधारको विकास नै हो। यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नु नै हो । तर, पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति देखिरहेको छैन।'

पूर्वाधार निर्माणमा मात्र होइन खेलाडी छनोटमा पनि कतिपय खेल संघ उदासीन रहेका छन्। प्रदेशले १ ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेको खेलाडी नै समावेश गरेन। खेलाडी समावेश नगरेपछि उनीहरूले अहिले एनआरएनएको टिमबाट खेलिरहेका छन्। त्यसरी खेल्नेमा विशाल राई, संयोजक राई, अनन्त तामाङ, विमल घर्ती मगरलगायतका खेलाडी छन्।

corrent noodles
Metro Mart

धेरै जसो प्रदेश १ कै खेलाडी राखेर टिम बनाएको थियो एनआरएनले। तर, उसले पहिलो खेलमा नै आफ्ना प्रतिद्वन्द्वी प्रदेश १ लाई नै पाएको थियो। त्यसपछि द्वन्द्व भएर खेल नै आधा घण्टा पछि सुरु भयो।

राष्ट्रिय खेलकुदमा सबैभन्दा पहिलो स्वर्ण जित्ने टिम चाहिँ पुलिस क्लब भएको छ। उसले काठमाडौंमा नै आयोजना भएको पुरुष क्रिकेटमा स्वर्ण जितेको हो।

त्यस्तै, हिजो(शुक्रबार) को खेलमा मात्र जर्सी नभएपछि हक्कीका खेलहरू रोकिएका थिए। त्यस्तै, कतिपय खेलस्थलका लागि बजेट नपुगेपछि स्थानीय सरकारले अग्रसरता लिएर खेल आयोजना गरिरहेका छन्। बागलुङमा यस्तै भएको छ। आईटिएफ तेक्वान्दोका लागि बागलुङमा नगरपालिकाले जिम्मा लिएको हो। त्यहाँ राखेपबाट अझैसम्म बजेट पुगेको छैन। 

वर्षौंअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरू अझै अलपत्र रहेको र खेलाडीले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको तथ्य अघि सार्दै उपराष्ट्रपति पुनले सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न नसकेको बताए।

उनले खेलकुदको विकासमा लगानी आवश्यक रहेको बताउँदै भने, 'सरकार, राखेप, खेल सम्बद्ध संघ संस्था, खेलाडी र सरोकारवाला सबैले यो राष्ट्रिय खेलकुदमा हामी संकल्प गरौँ, खेलकुदमा लगानी वृद्धि गर्नेछौं, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौं, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौं, राष्ट्रलाई सर्वोपरिमा राखेर खेल प्रदर्शन गर्ने छौ। साझा प्रयासविना यसको विकास कठिन छ।'

यस्ता वृहत् प्रतियोगिताले खेलाडी उत्पादन र खेलकुदको भौतिक निर्माण हुने हुँदा हरेक दुई/दुई वर्षमा प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड थियो। उनले खेलकुदमा भौतिक निर्माणको कुरा गरे पनि यो खेलकुदमा पोखरा वा गण्डकी प्रदेशले कुनै पनि पूर्वाधारको निर्माणको अवसर भने पाएन। यसरी राष्ट्रिय खेलकुद हुँदा पनि कुनै पूर्वाधार नथपिनुले स्थानीय खुसी चाहिँ छैनन्।

नेपालमा वि. सं. २०३८ सालबाट राष्ट्रिय खेलकुदमा आयोजना भएको हो। पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण (२०४०) पोखरामा आयोजना भएको थियो।

त्यसै वर्ष पोखरा रंगशालाको निर्माण भएको हो। त्यसलाई स्मरण गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले ४० वर्षको अन्तरालमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुदको जगलाई स्थापित बनाउन सहयोग पुग्ने बताएका छन्।

मन्त्री गहतराजले कार्यक्रममा नवौं राष्ट्रिय खेलकुदको झण्डोत्तलन गर्दै  खेलकुद विश्वको उदाउँदो अर्थतन्त्र र उद्योगको रूपमा विकास भई रहेको तर्फ सबैको गहिरो ध्यान पुग्नु पर्ने उल्लेख गर्दै खेलकुदको विकास र विस्तारमा सरकारी प्राथमिकता र कार्यक्रम हुनु स्वाभाविक हुने उल्लेख गरे।  

यसै गरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पर्यटन मन्त्री जीवनराम श्रेष्ठले ओलम्पिक अभियानले यस्ता प्रतियोगिताले सहयोग पुर्‍याउने बताए। उनले, खेलकुदले राष्ट्रिय एकता र सौहार्दता कायम गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताए।

त्यसो त २०४० मा पोखरामा राष्ट्रिय खेलकुद आयोजना भएपछि यहाँको पर्यटनले बढवा पाएको स्थानीय बताउँछन्। नेपाल समयसँगको कुराकानीमा स्थानीय खेलकर्मी खेमबहादुर तामाङले पनि २०४० सालअघि पोखराको आन्तरिक पर्यटक ज्यादै न्यून भएको बताएका थिए। सो खेलकुदपछि पोखरामा आन्तरिक पर्यटकको विकास भएको हो। यही कुरा मनमा लिएका गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पनि पोखरामा पर्यटन विकासले अर्को दिशा लिने बताउँछन्। उनले भने, 'देशको विषम परिस्थितिमा पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुनुले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने छ।'

राखेपको आयोजनामा ३९ वर्ष पछि गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद ३६ खेलका लागि ६१५७ खेलाडी विभिन्न ३६ खेलमा प्रतिस्पर्धा गरिरहेको सदस्य सचिव टंकलाल घिसिङले बताए। यसैबीच लुम्बिनीबाट ल्याइएको ओलम्पिक टर्च गण्डकी प्रदेशका ओलम्पियन पोखरा रंगशालामा प्रज्वलन गरेका थिए।

यस अघि उक्त टर्च पोखरा नगर परिक्रमा गराइएको ओलम्पियन दीपक विष्टले बताए। उद्घाटन समारोहमा आतिशवाजी गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम, मार्च पास, विभिन्न जनजाति भेसभुसामा झाँकी प्रदर्शन गरिएको थियो।


 





प्रकाशित: Oct 15, 2022| 08:18 शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।