शुक्रबार, साउन १, २०८३

बार्सामा बुस्केटको नयाँ सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–स्पेनिस डिफेन्सीभ मिडफिल्डर सर्जिओ बुस्केटले बार्सिनोनामा यसै महिनाको अन्तिम भन्दा पहिले नयाँ सम्झौतामा हस्तारक्षर गर्ने बताइएको छ । 

३० बर्षीय बुस्केटले २०२१ सम्मका लागि बार्सामा सम्झौता गरेका थिए । जसमा उनलाई २०२१ सम्मका लागि जम्मा १८० मिलियन पाउण्डको हाराहारीमा शुल्क पाउने सम्झौता गरिएको थियो । 

तर, यस नयाँ सम्झौतामा उनको सुल्कमा समेत बृदि गरिने छ । क्लबमा अनुबन्ध गर्दा निर्धारण गरेको शुल्कमा थपगरी नयाँ सम्झौता अनुसार ४५० मलियन पाउण्ड पुग्ने बताइएको छ । 

यससँगै उनी बार्सिलोनामा २०२३ सम्मका लागि अनुबन्ध हुने छन् । मुन्डो डिपोर्टोका अनुसार उनका एजेन्ट जोसेप मारिया आरोबिटले बार्सिलोनासँग एक नयाँ सम्झौताका लागि कुरा गरेको छ र आउने केहि हप्तामा नयाँ सम्झौताको बरेमा घोषणा हुने बताइएको छ । 

बुस्केट क्याम्प नाउमा युवा अवस्थामा नै बार्सिलोनामा आबद्द भएका थिए र सबै खाले प्रतियोगिता गरी उनले बार्सिलोनाका लागि ५०७ खेल खेलेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।