काठमाडौं- पुर्व रियल मड्रिड विंगर स्टेभ म्याकमानमानले रियलमा रोनाल्डोको स्थानमा केलियन एमबाप्पेले लिन सक्ने बताएका छन् ।
तर, फ्लोरेन्टिनो पेरेजले नेयमारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छा व्यक्त गरेका छन् । म्याकमानमान पेरेजलाई रोनाल्डोको स्थानका लागि एमबाप्पेलाई अनुबन्ध गर्न आग्रह गरेका छन् ।
पाँच पटकका विश्वकप विजेता रोनाल्डो यसै सिजन रियलले गुमाएको थियो । उनी रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । उनी सिरी–ए मा सबै भन्दा बढी कमाइ गर्ने खेलाडीको शिर्ष स्थानमा समेत छन् ।
रियलले रोनाल्डो बिक्री गर्ने बित्तीकै नेयमार, एमबाप्पे वा इडेन हाजार्डलाई अनुबन्ध गर्न सक्ने अनुमान गरिएको थियो । तर, यस ट्रान्सफर विन्डोजमा भने अनुबन्ध गर्न असफल रह्यो । रियलले रोनाल्डोको ७ नम्वर जर्सि यसै सिजन रियल अनुबन्ध भएका मारियानो डिअजलाई दिएको छ ।
कसैलाई पनि शंका नहोला की रियल नेयमार र एमबाप्पेलाई आफ्नाो क्लबमा अनुबन्ध गर्न चाहन्न भनेर । म्याकमानमानका अनुसार फ्रान्स विश्वकप विजेता एमबाप्पे धेरै राम्रा छन् । तर पनि पेरेजको नजर ब्राजिलियन नेयमारप्रति छ ।
उनले भने, ‘यदि नेयमार क्लबमा भित्रिए स्थिती मुस्किल हुनेछ । किनकी उनले पहिले बार्साका लागि खेलेका थिए । मलाई थाहा छ की पेरेज वास्तवमा उनीलाई चाहन्छन् ।’ उनले थपे, ‘तर जब आफुलाई आउने १० बर्ष सम्मका लागि एक विश्वनसनीय स्टारको आवस्यकाता छ भने मलाई लाग्छ एमबाप्पे जस्तो खेलाडी अनुबन्ध गर्नु पर्छ । किनकी उनी १९ बर्षीय एक राइजिङ स्टार युवा खेलाडी हुन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४