काठमाडौं– अन्तर्राष्ट्रिय फुटबलमा नेपालको इतिहास धेरै पुरानो छैन। किनभने ५० वर्ष त भएको छ नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा चीनसँग प्रतिस्पर्धा गरेको। सन् १९७० मा फिफाको सदस्य बनेपछिको त्यो खेलमा नेपालले ६–२ को हार बेहोरेको थियो। अनि फुटबलमा त्यतिबेलाका आफूभन्दा बलिया टिमसँग हार्ने र कमजोर केही टिमलाई हराउने शृंखला आजसम्म पनि जारी छ।
यसैबीच पर्छन् नेपालले दक्षिण कोरियासँग सन् २००३ मा बेहोरेको १६–० को हार र भुटानलाई ७–० (सन् १९९९) ले हराएको क्षण। तर नेपाली फुटबल सुरुमा जस्तो थियो त्यस्तै नै रह्यो। यसको कहिल्यै विकास नै भएन। यसको पुष्टि पछिल्लो नतिजाले पनि गरिरहेकै छ।
नेपालले भुटानलाई सधैं हराइरहेकै छ भने अष्ट्रेलिया, जोर्डनजस्ता देशसँग उसैगरी हारिरहेको छ। इन्डोनेसियासँग ७–० को ठूलो गोल अन्तरले हारेर नेपाल फर्किएको त हिजोअस्ति मात्रै हो। अझ रमाइलो कुरा त के छ भने पछिल्लो समय यू २०, यू १७ र यू १५ टिम निर्माणका लागि नेपाली फुटबलको सञ्चालक संघ एन्फाको मातहतमा कुनै खेलाडी नै थिएनन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनोट गरेर नेपाली टिमलाई साफ र एसिया कपमा समावेश गराएको अवस्था ताजै छ। अझैसम्म पनि त्यसैगरी खेलाडी छनोटको शृंखला चलिरहेकै छ। यसरी नै एन्फाले उमेर समूहका महिला खेलाडी पनि छानिरहेको छ।
पछिल्लो समय नेपालले उमेर समूहको चार साफ च्याम्पियनसिप र दुई पटक एसिया कप छनोट खेलेको छ। सिनियरहरुको प्रतिस्पर्धा पनि उत्तिकै भइरहेको छ। महिला र पुरुषतर्फ नै नेपाल फेरी एकपटक उपविजेता भएको छ भने एसिया कप छनोटमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो।
नेपालले भुटानलाई सधैं हराइरहेकै छ भने अष्ट्रेलिया, जोर्डनजस्ता देशसँग उसैगरी हारिरहेको छ। इन्डोनेसियासँग ७–० को ठूलो गोल अन्तरले हारेर नेपाल फर्किएको त हिजोअस्ति मात्रै हो।
यू १७ को एसिया कप छनोटमा नेपालले भियतनामको सामना गरेको थियो र ५–० को लज्जास्पद हार बेहोर्यो। ‘खेलमा लाग्थ्यो, हाम्रा खेलाडीले विपक्षीलाई पास मिलाइदिइरहेका छन्,’ हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भनेका थिए। लामो समय बन्द प्रशिक्षण र अभ्यास नगरेका खेलाडी भएपछि हुने यस्तै नै हो।
यसको समाधानको उपाय पनि प्रशिक्षक श्रेष्ठले बताएका छन् र अब राम्रो तयारी नगरी भियतानमजस्तो देशसँग खेल्नै नहुने पनि निष्कर्ष निकालेका छन्। ‘हामीले हाम्रो तयारीका बारेमा पनि सोच्ने बेला भएको छ,’ उनले भने।
त्यसपछि त्यो टिम नेपाल फर्किसकेको छ। अब एन्फाले भने ती सबै हार बिर्सिएर संघको दूषित राजतनीतिमा एन्फाका पदाधिकारी व्यस्त छन्। प्रशिक्षक श्रेष्ठले भनेजस्तै अब नेपालले आउँदो प्रतिस्पर्धाका लागि दरिलो अभ्यास सुरु गर्नुपर्ने हो। तर त्यस्ता कार्यक्रम सुरु गर्नुभन्दा पनि कार्यसमितिभित्रको लडाइँमा एन्फाका पदाधिकारी व्यस्त छन्।
के भइरहेको छ एन्फाको कार्यसमितिमा?
गत असार ६ गते पंकजविक्रम नेम्बाङ एन्फाको अध्यक्ष हुँदा धेरै पदाधिकारी उनकै साथमा थिए। सिईओ राख्ने अथवा फिफाबाट प्रतिबन्धमा परेका गणेश थापाका छोरा गौरव थापालाई एन्फाको महासचिव बनाउने विषयमा कुरा नमिलेपछि थापा पक्ष पंकजसँग रुष्ट भयो। त्यसैले अहिले एन्फामा तीन गुट छन्। अनि अध्यक्षसमेत रहेका पंकजसँग आफ्नो पक्षमा एक उपाध्यक्ष छन्। बाँकी निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षधर र थापा पक्षधरका पदाधिकारी छन्। यसरी नेपालको फुटबल संघ एउटा संघजस्तो भन्दा धेरै फुटबल राजनीतिकर्मीको गुटजस्तो भएर चलिरहेको छ।
नेपालले हरेक पटक जित्ने गरेको भुटानविरुद्ध पनि गएको यू २० को एसिया कपमा बेहोरेको हार अनि यू १७ मा चाइनिज ताइपेईसँगको हारले समेत एन्फालाई झकझक्याउन नसक्नु कहाँसम्मको गैरजिम्मेवारीको पराकाष्ठ होला त? अहिले एन्फाका अध्यक्ष नेम्बाङले एएफसीको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनले कतार गएर फर्किएको केहि समयमै एएफसी कंग्रेसमा हुने निर्वाचनमा उम्मेदवारी दिएका हुन्। तर एन्फाका एक तिहाई पदाधिकारीले सल्लाह विना नै उम्मेदवारी दिएको भन्दै तत्काल कार्यसमितिको बैठक बोलाएका छन्।
गत असार ६ गते पंकजविक्रम नेम्बाङ एन्फाको अध्यक्ष हुँदा धेरै पदाधिकारी उनकै साथमा थिए। सिईओ राख्ने अथवा फिफाबाट प्रतिबन्धमा परेका गणेश थापाका छोरा गौरव थापालाई एन्फाको महासचिव बनाउने विषयमा कुरा नमिलेपछि थापा पक्ष पंकजसँग रुष्ट भयो।
त्यो बैठक बोलाउनुअघि नै एन्फाका १४ पदाधिकारीले एएफसीलाई पत्र पठाएर नेम्बाङको उम्मेदवारी खारेजको माग पनि गरिसकेका छन्। कार्यकारी समितिको सदस्य पदमा मनोनयन गर्ने विषयमा आवश्यक प्रक्रिया पूरा नभएको भन्दै एन्फाका १४ पदाधिकारीले खारेजीको माग गरेको पनि बताइसकेका छन्। बैठकको माग गरिसकेको अवस्थामा अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने हुन्छ। बैठकका एजेन्डाहरुमा फिफाको कंग्रेसमा नेपालको उपस्थिति, कतार विश्वकपको टिकट, पदाधिकारी नियुक्तिजस्ता विषयले नै प्राथमिकता पाएका छन्। अन्तिम बुँदामा राष्ट्रिय लिग र ए डिभिजन लिग राखिएको छ।
यो कार्यसमिति निर्वाचनको समयमा राष्ट्रिय लिग गर्ने भनेर मत मागिएको थियो। त्यहि कारण अहिलेको कार्यसमितिले राष्ट्रिय लिग आयोजनालाई एजेन्डामा राख्ने गरेका छन्। तर त्यसको ठोस निर्णय भने कुनै पनि बैठकमा हुने गरेको छैन। ए डिभजिन क्लब र मोफसलका क्लबको तालमेल, व्यवस्थापन, स्पोन्सर, आयोजना स्थल लगायत थुप्रै कुरालाई ध्यानपूर्वक व्यवस्थापन गर्न सके मात्र राष्ट्रिय लिग गर्न सकिने अवस्था छ।
त्यसैले यो प्रतिस्पर्धा अहिले एन्फा पदाधिकारीको राजनीति गर्ने ठूलो विषयमा सीमित भएको छ। अहिले माग गरिएको बैठकमा राष्ट्रिय लिगलाई एजेन्डाका रुपमा राख्नुको कारण राजनीतिक खिचातानी बाहेक केहि देखिँदैन।
दक्षिण एसियामा फिफाको प्रतियोगिता
हिजो (मंगलबार) बाट भारतको यू १७ महिला फिफा विश्वकप सुरु भएको छ। गोवा, मुम्बई र भुवनेश्वरमा हुने विश्वकपमा भारत आफैं पनि सहभागी भएको छ। यो विश्वकपमा दक्षिण एसियामा पहिलो पटक भीएआरको प्रयोग हुँदैछ।
त्यति मात्र होइन, विश्वकै फुटबलका शक्तिराष्ट्रका यू १७ महिला खेलाडी भारतमा जम्मा भएका छन्। अहिले भारतीय फुटबल समर्थकले घरेलु मैदानमा फिफाको विश्वकप आयोजना गर्न पाउनु फुटबल विकासको लागि धेरै ठूलो कुरा हो।
त्यसमाथि भारतले अहिले ब्राजिल, मोरक्को र अमेरिकाजस्ता देशसँग फुटबल खेल्न पाएको छ। अमेरिका र ब्राजिल दुवै देश यो विश्वकपको उपाधि दावेदारमा पर्छन्। ति देशभन्दा भलै भारत कमजोर देश हो। तर उसले जर्मनी, स्पेन, फ्रान्स, जापानजस्ता टिमका खेलाडीलाई घरेलु मैदानमा देख्न पाउने छ।
यसले स्थानीय खेलाडीको हौषला बढाउने पक्का छ। ६ वर्षअघि एसिया कप खेल्न पाएको बंगलादेशले त्यहाँ ठूलो देशसँग फुटबल खेल्न पाएको थियो। त्यहि अनुभवलाई संगालेर उसले अहिले महिला फुटबलमा दक्षिण एसियामै राज गरिरहेको छ। भारतले त झन् आफ्नै भूमिमा विश्वकप खेल्न पाएको छ। यसले भारतका महिला फुटबललाई कहाँसम्म पुर्याउला? सँगैका देशले फुटबलमा ठूलो फड्को मारिसक्दा पनि नेपाल भने जहाँको त्यहिँ छ।