शुक्रबार, वैशाख १४, २०८१

दुई गठबन्धनका दुई राणाको घेराबन्दीमा इश्तियाक राई

यसअघि आकलन गरिएको समीकरणमा उथलपुथल आएपछि बाँके क्षेत्र नम्बर २ यतिबेला थप चर्चामा छ। गठबन्धनबाट मो. इस्तियाक राईले टिकट पाउने चर्चा भइरहेको बेला एक्कासि जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भई एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मोहम्मदको सत्ता गठबन्धनसँगको समीकरणमा धक्का लाग्यो।
 |  मंगलबार, असोज २५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

मंगलबार, असोज २५, २०७९

नेपालगञ्ज- वर्तमान सत्ता गठबन्धनको शक्तिशाली छाता भित्रबाटै टिकट पाउने निश्चिन्त बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईका लागि रातारात राजनीतिक कोर्स परिवर्तन भयो। जनता समाजवादी पार्टीको राजनीतिक गणितको हिसाबकिताबले बाँके-२ को मैदानमा तम्तयार देखिएका मन्त्री मोहम्मद सबैभन्दा बढी मारमा परे। तर निर्वाचनबाट पछि हटेनन्, पाँच वर्षे लामो तयारीबाट हात धोएनन्। मन्त्री मोहम्मद इश्तियाक राईले प्रतिनिधिसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराए। 

triton college

यसअघि आकलन गरिएको समीकरणमा उथलपुथल आएपछि बाँके क्षेत्र नम्बर २ यतिबेला थप चर्चामा छ। गठबन्धनबाट मो. इस्तियाक राईले टिकट पाउने चर्चा भइरहेको बेला एक्कासि जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भई एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मोहम्मदको सत्ता गठबन्धनसँगको समीकरणमा धक्का लाग्यो। एमालेसँग चुनावी तालमेलको चर्चा हुँदा पनि बाँके क्षेत्र नं. २ मा एमालेकै समर्थनमा राई क्षेत्र नं. २ मा प्रतिनिधिसभा उम्मेदवार बन्ने चर्चा चल्यो। तर, उम्मेदवारीको अघिल्लो दिनमात्रै जसपासँगको तालमेलमा बाँके क्षेत्र नं. २ परेन। 

सत्ता गठबन्धनबाट उछिट्टिएको जसपा एमालेमा पुगे पनि मन्त्री मोहम्मद इश्तियाक राईले एमालेको साथ नपाउने त भए नै, उनकै कडा प्रतिस्पर्धी मानिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका महासचिव डा. धवलशमशेर राणालाई सघाउने भएपछि मन्त्री राईको चुनावी यात्रामा अर्को पहिरो गयो। बाँके क्षेत्र नं. २ मा एमालेले राप्रपासँग चुनावी तालमेल गर्दै राप्रपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेपालगञ्जका निवर्तमान मेयर राणालाई सघाउने भएको छ। 

धवलशमशेर राणा। फाइल तस्बिर
एकातर्फ सरकारमा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी सहितको बलियो गठबन्धनको साथ पाउने विश्वासमा चुनावी रणनीति बनाएर मन्त्री मोहम्मद इश्तियाक राईले सरकारमा बसेर सत्ताकै सहभागी दलका उम्मेदवारसँग भिड्नुपर्ने समीकरणमा आइपुगेका छन्। अर्कोतर्फ डा. राणा उनका निकटतम प्रतिस्पर्धी हुन्। उनलाई थप बलियो बनाउन वर्तमान प्रतिपक्षी दल नेकपा एमाले आइपुगेको छ। 

यसअघि आकलन गरिएको समीकरणमा उथलपुथल आएपछि बाँके क्षेत्र नम्बर २ यतिबेला थप चर्चामा छ। गठबन्धनबाट मो. इस्तियाक राईले टिकट पाउने चर्चा भइरहेको बेला एक्कासि जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भई एमालेसँग चुनावी तालमेल गर्न पुगेपछि मोहम्मदको सत्ता गठबन्धनसँगको समीकरणमा धक्का लाग्यो।

गठबन्धनबाट नेपाली कांग्रेसले क्षेत्र नं. २ मा सुदीपनरसिंह राणालाई टिकट दिएको छ। राणा संस्थापन निकट नेता हुन्। तर मोहम्मद इस्तियाक राई र राणाको प्रतिस्पर्धाको बीचमा सुदीपनरसिंह राणा कमजोर सावित हुने भनेर बजारमा चर्चा हुने गरेको छ। किनकी २०७४ सालको निर्वाचनमा एकातर्फ बाम गठबन्धन र अर्कोतर्फ कांग्रेस-राप्रपा गठबन्धनको बीचबाट मोहम्मद इस्तियाक राईले विजयको माला लगाएका थिए। यस पटक पनि झण्डै समीकरण दोहोरिने अवस्थामा आइपुगेको मन्त्री राईको विश्लेषण छ। 

corrent noodles
Metro Mart

तर इस्तियाकको विश्लेषण जस्तो सहज छैन, त्यसको एकमात्र कारण यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका महासचिव डा. धवल शमशेर राणा आफैं मैदानमा छन्। दुई पटक नेपालगञ्जको मेयर भएर यहाँको विकासलाई सहजीकरण गरेका राणालाई नेपालगञ्जले अहिलेसम्म हराएको छैन। २०७४ सालको निर्वाचनमा प्राप्त मत परिणामलाई आधार मान्दा मन्त्री राईको तराजु कमजोर छैन। उनले २१ हजार पाँच सय ७५ मत लिएर विजय भएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मात्र मत पाएका थिए। राप्रपा र नेपाली कांग्रेस गठबन्धनका साझा उम्मेदवार ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत लिएका थिए। 

मोहम्मद इश्तियाक राई (सेतो सर्टमा)
लामो समयदेखि चुनावी तयारी गरेका मन्त्री मोहम्मद राई चौतर्फी घेरामा परेका छन्। तर पनि जितको सुनिश्चित हिसाब बोकेर प्रचारमा रहेका राईलाई नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्ताहरूबाटै सहयोग मिल्न थालेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर हुसेन फारुकी र प्रदेश कमिटी सदस्य आदेश अग्रवालसहितका नेता-कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेपछि मन्त्री राई थप उत्साहित भएका छन्। 

अग्रवाल जनता समाजवादी पार्टीबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि उम्मेदवार पनि बनिसकेका छन्। अग्रवाल उद्योग वाणिज्य संघ बाँकेका उपाध्यक्ष समेत हुन्। त्यस्तै माओवादी निकट मुस्लिम समुदायको नेतृत्व गरिरहेका फारुकीको पार्टी प्रवेशले नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ। प्रदेशसभा सदस्यको टिकट दिने वाचा माओवादी केन्द्रले अन्तिम समयमा आएर तोडेपछि अग्रवाललाई टिकट सुरक्षित गरेर राईले आफ्नो पार्टीमा प्रवेश गराएका हुन्।  

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई सत्ता गठबन्धनकै उम्मेदवारविरुद्ध मैदानमा छन्। एउटै पार्टीका नेताहरू एकातिर गठबन्धन सरकारमा बसेर सरकारी सुविधा उपभोग गरिरहेका छन् भने अर्कोतर्फ भने त्यही सत्ता गठबन्धनविरुद्ध उम्मेदवार बनेको भन्दै टिप्पणी भइरहेको छ। एउटा गठबन्धनबाट सरकारमा बस्ने र अर्कोतर्फ विपक्षी गठबन्धनबाट चुनावमा सहभागी भएर दोहोरो चरित्र देखाएको टिप्पणी हुन थालेको छ। प्रतिपक्षी दलसँग चुनावी तालमेल गरेपछि सरकारमा सहभागी मन्त्रीहरू निरन्तर पदमा रहने कि बाहिरिने भन्ने विषयमा जसपा अन्योलमा परेको छ।

प्रकाशित: Oct 11, 2022| 14:06 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।