मंगलबार, साउन १९, २०८३

चुनावी घरदैलोमा प्रदीपसँग जम्काभेट भएपछि बालेनले दिए शुभकामना

सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले सोमबार काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका थिए।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले सोमबार घरदैलो सुरु गरेका छन्। हिजो आइतबारमात्रै उम्मेदवारी दर्ता गराएका पौडेलले भोलिपल्टै घरदैलो सुरु गरेका हुन्। 

सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेलले सोमबार काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका थिए। प्रदीपले घरदैलो गरिरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जम्काभेट भएको छ। मेयर बालेनसँगै उपमेयर सुनिता डंगोल पनि थिइन्। जम्काभेट भएपछि बालेन र प्रदीपबीच सामान्य भलाकुसारी भएको थियो। भेटमा प्रदीपलाई बालेन र सुनिताले जितको शुभकामना दिएका थिए। 

‘उहाँसँग जम्काभेट भयो। बालेनजी र सुनिताजीले मलाई शुभकामना दिनुभयो, मैले धन्यवाद दिएँ,’ प्रदीपले भने, ‘हुलमुलमा भेट भएका कारण लामो कुरा हुन सकेन।’ काठमाडौं–५ मा सत्ता गठबन्धनबाट पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन्।





प्रकाशित: Oct 10, 2022| 16:28 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...