बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं-७ : एमाले नेता रामवीरको स्वतन्त्र उम्मेदवारी, गठबन्धनबाट मानुसी

काठमाडौं-७ : एमाले नेता रामवीरको स्वतन्त्र उम्मेदवारी, गठबन्धनबाट मानुसी

नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उनलाई टिकट नदिएपछि रामविरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- काठमाडौं- नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उनलाई टिकट नदिएपछि रामविरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

National life

सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको बताए। देशको संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताएका छन्। 

उनले भने, ‘देशको राजनीतिक परिवेशलाई उजागर गर्नुपर्ने दिन आएको छ। संस्कार र संस्कृतिलाई व्यवस्थापन गर्न मेरो स्वतन्त्र उम्मेदवारी हो। म आत्मविश्वासका साथ भन्नसक्छु जनताले राम्रो मान्छे मन पराउँछ। जसले काम, विकास गरेको छ त्यसैलाई जिताउँछन्।’

२०७४ को निर्वाचनमा काठमाडौं-७ बाट नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उनी १८ हजार १०२ मत ल्याएर विजयी भएका हुन्। उनले २०७४ को निर्वाचनमा निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले पराजित गरेका थिए। 


Shivam cement

 त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराईले पनि काठमाडौं-७ मा उम्मेदवारी दर्ता गरेकी छन्।

माओवादी केन्द्रको चुनाव चिह्न लिएकी उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्। यो क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङ उम्मेदवार छन् ।


प्रकाशित: Oct 09, 2022| 18:42 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...