मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं–४ मा उम्मेदवारी दर्ता गरेपछि गगनले भने– यहीँबाट पहिचान पाएकोले अन्त जान सकिनँ

काठमाडौं–४ मा उम्मेदवारी दर्ता गरेपछि गगनले भने– यहीँबाट पहिचान पाएकोले अन्त जान सकिनँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई यही क्षेत्रले पहिचान दिएका कारण अन्त नगएको प्रतिक्रिया दिए। ‘यो ठाउँबाट प्रतिनिधित्व गर्न पाउँदा मलाई गौरव लाग्छ। यहाँको माटोले मलाई बाँधेको छ। यो क्षेत्रका लागि मैले गर्ने भन्दा पनि यो ठाउँले नै मलाई धेरै पहिचान दिएको छ। हुर्कन दिएको छ। त्यसैले अन्तबाट निमन्त्रणा हुँदा पनि गइनँ,’ थापाले भने।

आफूमाथि विश्वास र भरोसा गरेर उम्मेदवार सिफारिस गरेको भन्दै उनले सप्तरी क्षेत्र नम्बर १, कास्की क्षेत्र नम्बर १ र सर्लाही क्षेत्र नम्बर ४ का पार्टी कमिटीलाई धन्यवाद दिए। पार्टीको नेतृत्व तहमा रहेको र अब ड्राइभिङ सिटमा आफैं रहेको भन्दै उनले काठमाडौं क्षेत्र नम्बर ४ को विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।

सत्ता गठबन्धनमा आवद्ध दल र सचेत नागरिकको साथ रहेको भन्दै थापाले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।

प्रकाशित: Oct 09, 2022| 16:37 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...