काठमाडौं– प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्माबीच सोमबार बुझबुझारथ सम्पन्न भएको छ। जंगीअड्डामा सोमबार आयोजित समारोहमा बुझबुझारथ भएको हो। प्रधानसेनापति थापा आजदेखि घरबिदामा बसेका छन्।
साउन १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन्। सरकारको सिफारिसमा शर्मालाई कायममुकायम प्रधानसेनापति तोकिएको थियो। प्रधानसेनापति पूर्णचन्द्र थापाले २४ भदौबाट अनिवार्य अवकाश पाउँदै छन्।
थापा बिदामा बस्ने भएपछि ज्येष्ठता क्रममा रहेका शर्मालाई कायममुकायम प्रधानसेनापति तोक्नका लागि सरकारले सिफारिस गरेको थियो।
शर्मालाई २६ साउनदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापति तोकिएको थियो। प्रधानसेनापति अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बस्ने चलन छ।