बुधबार, असार ३, २०८३

खरो बहसमा उत्रिने यी नेता हुनेछैनन् आगामी संसद्‍मा

केही नेताहरु पार्टीको टिकट नपाएर प्रतिनिधिसभा प्रवेशको बाटो बन्द भएको हो भने केहीले आफैं चुनावी मैदानमा नजाने घोषणा गरेका छन्। अरु केही नेताहरु अघिल्लो पटक समानुपातिक सांसद बनेकाले यो पटक संसद् प्रवेशको ढोका बन्द भएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। आउँदो प्रतिनिधिसभामा केही सिनियर नेताहरुलाई भने आम नागरिकले संसद्मा देख्न नपाउने भएका छन्। प्रतिनिधिसभाका बहसहरुमा खरो उत्रिने केही नेताहरुलाई आगामी प्रतिनिधिसभाले गुमाउने भएको छ। 

National life

केही नेताहरु पार्टीको टिकट नपाएर प्रतिनिधिसभा प्रवेशको बाटो बन्द भएको हो भने केहीले आफैं चुनावी मैदानमा नजाने घोषणा गरेका छन्। अरु केही नेताहरु अघिल्लो पटक समानुपातिक सांसद बनेकाले यो पटक संसद् प्रवेशको ढोका बन्द भएको छ। 

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र एमाले नेता भीम रावल पार्टीले टिकट नदिएपछि प्रतिनिधिसभा प्रवेशको ढोका बन्द भएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी नेता एवं सभामुख अग्नि सापकोटाले आफैँ चुनाव नलड्ने घोषणा गरेपछि उनीहरुलाई पनि संसद्मा नदेखिने भएको हो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही पनि पछिल्लो समय संसद्मा खरो उत्रने सांसदमा पर्दथे। उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। तर यो पटक प्रत्यक्षमा टिकट नपाउने र समानुपातिक नदोहोर्याउने मापदण्डका कारण स्नेही पनि संसदमा देखिने छैनन्। 

मीनेन्द्र रिजाल संसद्मा खरो बहसमा उत्रने नेतामा पर्दथे। तर, रिजाल आगामी प्रतिनिधिसभामा सहभागी हुने छैनन्। रिजालले २०७४ सालमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्दा पनि कांग्रेसलाई प्रतिपक्षीय भूमिकामा देखाउने गरी संसदमा प्रस्तुत हुने गरेका थिए। रिजाल अर्थ, राजनीति, विदेश नीति मात्र नभएर आम नागरिकका मुद्दामा समेत सरकारलाई सुन्न बाध्य पार्ने गरी संसदमा प्रस्तुत हुने गर्दथे। तथ्य र तथ्यांकमा आधारित रहेका संसद्मा प्रस्तुत हुने नेतामा पर्ने गर्दथे। रिजाल २०६४ यता लगातार संसद्मा थिए। संसदमा उनी सधैं आर्कषणको केन्द्रमा रहे। 

Shivam cement

संसद्‍मा भीम रावल।
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि २०६४ यता सधै संसदमा आकर्षणको केन्द्रमा रहने गर्दथे। उनी पनि अर्थ राजनीति, परराष्ट्र नीति मात्र नभएर जनजीविकाका सवालमा सरकारलाई सुनाउने गरी संसदमा बहसमा उत्रने नेतामा पर्दछन्। उनी यो पटक प्रत्यक्ष र समानुपातिकतर्फ कतै पनि उम्मेदवार नबन्दा अगामी संसद्मा बाबुरामको बहस खड्कने छ। 

संसदका बैठकहरुमा जमेर बहसमा उत्रने नेतामा एमालेका भीम रावल पनि पर्दछन्। तर रावललाई यो पटक एमालेले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार नबनाएपछि उनको पनि अभाव आगामी संसद्मा खड्कनेछ। रावल पनि अर्थ राजनीतिका साथै राष्ट्रियताका सवालमा खरो बहसमा उत्रने नेतामा पर्दथे। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही २०७४ सालपछि संसदमा कांग्रेस पनि छ भनेर चिनाउने मध्येका सांसदमा गनिन्छन्। उनी संसदमा खरो बहसमा उत्रने पछिल्लो पुस्ताका नेतामा पर्दछन्। तर स्नेहीले यो पटक संसदमा प्रवेश पाउनेछैनन्। अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद भएका र उनको जिल्ला बझाङ गठबन्धनमा नेकपा एसको भागमा परेका कारण उनले टिकट पाएनन्। जसका कारण प्रकाश स्नेही आगामी संसदमा आफ्नो थप क्षामता देखाउने पाउनेछैनन्। 

दुई सभामुख पनि छुटे 
नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि सो पार्टीका तर्फबाट तीन जना सभामुख भए। सबैभन्दा पहिलो सभामुख ओनसरी घर्ती हुन्। उनी काठमाडौं २ बाट प्रत्यक्ष चुनाव लड्दैछिन्। तर उनीभन्दा पछाडिका सभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा भने यो पटक चुनाव लडेनन्। जसका कारण दुई पूर्व सभामुख महरा र सापकोटा आगामी संसदमा देखा पर्ने छैनन्। 


प्रकाशित: Oct 09, 2022| 16:11 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...