मंगलबार, साउन १९, २०८३

विनोद चौधरीले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। 

उनको प्रस्तावकमा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं संविधानसभा सदस्य विक्रम खनाल रहेका छन् भने समर्थकमा कांग्रेसको प्रतापपुर गाउँपालिका सभापति उमेशचन्द्र यादव रहेका छन्। चौधरी सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन्। 

नवलपरासी–१ मा प्रतिनिधिसभा र दुई वटै प्रदेशसभा कांग्रेसले पाएको छ। प्रदेश सभा क बाट कांग्रेसका विश्वप्रेम पाठक उम्मेदवार बनेका छन् भने प्रदेशसभा ख तर्फ देवकरण कलवार सन्तु उम्मेदवार बनेका छन्। सन्तु दोस्रो संविधानसभा सदस्य हुन् भने अघिल्लो निर्वाचनमा कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार थिए। 

प्रकाशित: Oct 09, 2022| 15:55 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...