बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दाङबाट उम्मेदवार बन्ने हल्लापछि गोविन्द पोखरेलले भने– म उम्मेदवार बनेको छैन

दाङबाट उम्मेदवार बन्ने हल्लापछि गोविन्द पोखरेलले भने– म उम्मेदवार बनेको छैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले आगामी निर्वाचनमा आफू उम्मेदवार नरहेको बताएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले आगामी निर्वाचनमा आफू उम्मेदवार नरहेको बताएका छन्। पोखरेल एमालेको सहयोगमा दाङ–१ बाट उम्मेदवार बन्ने चर्चा चलेपछि पोखरेलले आफू उम्मेदवार नरहेको बताएका हुन्। 

दाङ–१ मा पोखरेलले स्वतन्त्र उम्मेदवारी दिने र एमालेले सघाउने सहमति बनेको समचार बाहिरिएका थिए। त्यसका लागि एमालेले शान्ता चौधरीलाई ब्याक गराएको चर्चा समेत चलेको थियो। तर, पोखरेलले ती चर्चाको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म २०७९ को संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार भएको छैन।’

पोखरेल २०७४ सालको निर्वाचनमा प्यूठानबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। यसपटक पनि उनी प्युठानबाट चुनाव लड्ने तयारीमा थिए। तर, सत्ता गठबन्धनको भागवण्डामा प्युठान जनमोर्चाको भागमा परेको छ। 

प्रकाशित: Oct 09, 2022| 14:47 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...