बुधबार, असार ३, २०८३

प्रचण्डसँग एमालेबाट २८ वर्षीय अब्दुस मियाँ भिड्ने

गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन्। मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। 

२८ वर्षीय मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। एमालेको तर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत, क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा सुरेन्द्र थापा, सोही क्षेत्रको ‘ख’ प्रदेशसभामा मोहन भट्टराई, क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभामा राजु राना र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशसभामा वसन्त गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका अब्दुस असोज पहिलो सातामात्रै नेकपा एमाले प्रवेश गरेका हुन्। मियाँले स्वतन्त्र उठ्ने भन्दै विवेकशील साझा पार्टी छाडेका थिए। उनी विवेकशील साझाको केन्द्रीय सदस्य र युवा संगठनको अध्यक्ष छाडेर स्वतन्त्र उठ्ने घोषणा गरेका थिए।

प्रकाशित: Oct 09, 2022| 15:04 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...