मंगलबार, साउन १९, २०८३

कांग्रेसले बल्ल टुंग्यायो उम्मेदवार [सूचीसहित]

नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। देशभर उम्मेदवारी दर्ता चलिरहँदा कांग्रेसले आफ्नो भागमा परेका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको हो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। देशभर उम्मेदवारी दर्ता चलिरहँदा कांग्रेसले आफ्नो भागमा परेका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण गरेको हो।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये सत्ता गठबन्धनबाट ८६ निर्वाचन क्षेत्र कांग्रेसले पाएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा प्रत्यक्षतर्फ चुनाव लड्दैछन्। 

कांग्रेसले प्रदेश १ मा १९ सिटमा उम्मेदवारी दिनेछ। मधेश प्रदेशमा १५, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवारी दिनेछ।

यी हुन् कांग्रेसका उम्मेदवार

प्रदेश १

मोरङ ६ – शेखर कोइराला

झापा १ – विश्वप्रकाश शर्मा

पाँचथर – भिष्मराज आङदेम्बे

सुनसरी ३ – विजयकुमार गच्छदार

झापा ३ – कृष्णप्रसाद सिटौला

धनकुटा – सुनिल थापा

सोलुखुम्बु – बलबहादुर केसी

मोरङ २ –  सुजाता कोइराला

सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

उदयपुर–१ नारायण खड्का

तेह्रथुम – सीता गुरुङ

संखुवासभा – दीपक खड्का

ओखलढुंगा – रामहरि खतिवडा

इलाम २ –  डम्बर खड्का

झापा ४ – देउकुमार थेबे 

झापा ५ – खगेन्द्र पाण्डव अधिकारी

मोरङ १ – डिगबहादुर लिम्बु

मोरङ ३ –  सुनिल शर्मा

सुनसरी २  – सिताराम मेहता

मधेश प्रदेश

धनुषा ४ – महेन्द्र यादव

बारा १ – उमाकान्त चौधरी

सिरहा २ – चित्रलेखा यादव

सप्तरी १ – रामदेव साह

सप्तरी ३ – दिनेशकुमार यादव

सप्तरी ४ – तेजुलाल चौधरी 

सिरहा १ – पद्मनाराण चौधरी

धनुषा २ – रामकृष्ण यादव

पर्सा ४ – रमेश रिजाल

महोत्तरी ४ – महेन्द्रकुमार राय यादव

सर्लाही – ४ नागेन्द्र कुमार राय

रौतहट २ – रित्तोद आलम

रौतहट ४ – देवप्रसाद तिमिलसिना  

पर्सा – २  अजयकुमार चौरासिया

पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

बागमती प्रदेश

काठमाडौं ४ – गगन थापा 

मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं १ – प्रकाशमान सिंह

नुवाकोट २ – अरजुननसिंह केसी

सिन्धुली १ – श्यामकुमार घिमिरे

सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत

काठमाडौं ५ –  प्रदीप पौडेल

चितवन २ – उमेश श्रेष्ठ

ललितपुर १ – उदयशमशेर राणा

काभ्रे २ –  शिवप्रसाद हुमागाईँ

भक्तपुर २ – दुर्लभ थापा

काठमाडौं ३ – सन्तोष चालिसे

काठमाडौं ६ –  भीमसेनदास प्रभान

काठमाडौं १० – राजेन्द्र कुमार केसी

रसुवा – मोहन आचार्य

धादिङ २ – रामनाथ अधिकारी 

चितवन १ –  विश्वनाथ पौडेल

रामेछाप – कान्छाराम तामाङ

गण्डकी प्रदेश

तनहुँ १ – रामचन्द्र पौडेल

स्याङजा २ – धनराज गुरुङ

नवलपुर १ – शशांक कोइराला

तनहुँ २ – शंकर भण्डारी

पर्वत – अर्जुन जोशी

स्याङ्जा–१ राजु थापा

मनाङ  – टेकप्रसाद गुरुङ 

कास्की १ – किशोरदत्त बराल

गोरखा १ – राजेन्द्र बजगाईं

लुम्बिनी प्रदेश

बाँके ३ – किशोरसिंह राठौर

रुपन्देही ३ – बालकृष्ण खाण

दाङ ३ – दिपक गिरि

बर्दिया १ – सञ्जय गौतम

नवलपरासी-२  देवेन्द्र कँडेल

नवलपरासी – १ विनोद चौधरी

अर्घाखाँची – पुष्पा भुसाल

गुल्मी १ – चन्द्र भण्डारी 

रुपन्देही ४ – प्रमोद  यादव

रुपन्देही ५ – भरतकुमार शाह

कपिलवस्तु–२  सुरेन्द्र आचार्य

कपिलवस्तु ३ –  अभिषेकप्रताप साह 

कर्णाली प्रदेश

सुर्खेत १ – पूर्णबहादुर खड्का

सुर्खेत २ – हृदयराम थानी

मुगु – ऐन बहादुर शाही

दैलेख २ –  दिक्पाल शाही

सुदूरपश्चिम प्रदेश

डडेल्धुरा – शेरबहादुर देउवा

बाजुरा  – बद्री पाण्डे

दार्चुला – दिलेन्द्र बडू

कञ्चनपुर २– एनपी साउद

कञ्चनपुर ३ – रमेश लेखक

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली १ – रामजनम चौधरी

अछाम २ – पुष्प शाह

कैलाली ५ – डिल्लीराज पन्त

प्रकाशित: Oct 09, 2022| 14:35 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...