मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गरे मनोनयन दर्ता

काठमाडौं २ बाट स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले गरे मनोनयन दर्ता

काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अधिकारीको प्रस्तावकमा कृष्ण मुरारी रिजाल र समर्थकमा केदारनाथ दाहाल रहेका छन्। 

यस क्षेत्रमा एमालेले पूर्वप्रदेश सांसद मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घतीमगर उम्मेदवार बनेकी छन्। यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस क्षेत्रबाट चुनाव लड्दै आएका थिए। 

उम्मेदवारी दर्ता गराउँदै अधिवक्तासमेत रहेका उनले राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने बताए। उनी यस क्षेत्रका स्थानीय हुन्।

प्रकाशित: Oct 09, 2022| 13:43 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...