काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्ष नेपालले रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्। नेपाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। मनोनयन दर्ता गर्न नेपाल शुभचिन्तक तथा कार्यकर्ता सहित निर्वाचन कार्यालय पुगेका थिए।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव जितेको नेपाल यसपटक रौतहट क्षेत्र नम्बर १ बाट उठेका हुन्।